निर्णय नं. ८६२४ - अंश हक कायम दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६२४ - अंश हक कायम दर्ता भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/११/०४ ५२९६ ने.का.प. २०६८, अङ्क ००९९, निर्णय नं. ८६२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६६ सालको CI –– ००९९ फैसला मितिः २०६७।११।४।४ मुद्दाः अंश हक कायम दर्ता । पुनरावेदक वादीः काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. ४ घर भई हाल जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं. १० बस्ने सुनीति राणा समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, का.म.न.पा., वडा नं. ९ बत्तीसपुतली घर भई हाल जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं. १० बस्ने रुकुम शम्सेर ज.ब.रा. शुरु फैसला गर्नेः– मा.न्या. श्री मोहनकृष्ण खनाल पुनरावेदन फैसला गर्नेः– मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या. श्री एकराज आचार्य · कुनै पनि लिखतको व्याख्या गर्दा त्यसमा कर्ताहरूको अभिप्राय निर्क्यौल गर्नुपर्ने हुन्छ । लिखतको व्यहोरा कर्ताहरूले व्यक्त गर्ने कुरा हो । कानूनअनुरूपका शर्त बन्देज लिखतमै लेखिने कुरा हुन् । लिखत यसरी नै लेखिनु पर्छ भन्न नमिल्ने । · राजीनामालगायतका घरायसी लिखतसमेतमा उल्लेख हुनुपर्ने विषयवस्तु केही कानूनले र केही प्रचलनद्वारा निर्धारित छन् । सामान्य रुपमा लेखिने लिखतमा उल्लेख हुने सामान्य व्यहोरा र कैफियत समेतका रुपमा उल्लेख हुने विशेष व्यहोरामध्ये कैफियत व्यहोराले लिखतका कर्ताहरूको खास उद्देश्य अभिव्यक्त गर्दछ । सामान्यभन्दा पृथक व्यहोरा कैफियतका रुपमा लेखिन पर्नाका खास कारण हुन्छन् । अदालतले कुनै लिखतको व्याख्या गर्नुपर्दा समग्र लिखतको अर्थ र उद्देश्य ठम्याउनु पर्ने हुन्छ । यसका लागि लिखतमा उल्लिखित कुनै पनि शब्द वा अभिव्यक्ति निरर्थक हुँदैनन् भन्ने कुरामा न्यायकर्ताले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने । · लिखतमा सामूहिक भाषा प्रयोग भई रकम पनि सामूहिक तवरले लिएको लेखिनु लिखतको सामान्य भाग हो भने कैफियत लेखी केही कुरामा विशेष जोड दिइनु विशेष भाग हुने । (प्रकरण नं.३) · कुनै पनि लिखतमा भएको कैफियत व्यहोरा उक्त लिखतको पेटबोलीमा भएका व्यहोरालाई थप स्पष्ट गर्न उल्लेख गरिने विशेष व्यहोराका रुपमा यसको प्रामाणिक बल बढी हुने । · संयुक्त दर्तावाला सबैको भागको जग्गा नै बिक्री गरेको भए कैफियत महलमा उल्लिखित व्यहोरा लेखी थप स्पष्ट गर्नुको औचित्यता समेत देखिन आउँदैनथ्यो भन्ने कुरा विशेष रुपमा हेक्का राख्नुपर्ने । (प्रकरण नं.४) · लिखतमा भएको समग्र व्यहोरालाई मनन् गरी अर्थ र प्रयोग गर्नुपर्नेमा आफ्नो सुविधा र असुविधाको आधारमा केही स्वीकार; केही अस्वीकार गर्न लिखतबाट हुने फाइदा लिई वेफाइदा हुने अवस्थामा अस्वीकार गर्न सिद्धान्ततः (Principle of Reprobate and Approbate) नमिल्ने । · एउटै लिखतमा उल्लिखित भएको केही कुरा स्वीकार र केही कुरा इन्कार गरी आफू अनुकूल व्याख्या गर्न मिल्दैन । यसो गरिन्छ भने त्यसले न्यायिक मान्यता पाउन नसक्ने । (प्रकरण नं.६) · जग्गाधनी प्रमाणपूर्जामा नाम जनिँदैमा सम्पत्तिमा सबैको बराबर हक हिस्सा रहेको अर्थ गर्न मिल्दैन । सम्पत्तिको प्रकृति, त्यसको हक हिस्साको स्वरुप र प्रमाणले कसको हक कति भन्ने कुरा यकीन हुने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा र विद्वान अधिवक्ता ईन्द्र खरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः वरिष्ठ अधिवक्ता हरिहर दहाल र अधिवक्ता रामप्रसाद भण्डारी अवलम्बित