निर्णय नं. ४०७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०७९ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०१/०६ २३६० निर्णय नं. ४०७९ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको रि.नं. ७६८ आदेश भएको मिति : २०४७।१।६।५ मा निवेदक : का.न.पं. वा.नं. ३ महाराजगंज बस्ने मुकुन्दहरी नेपाल विरुद्ध विपक्षी/प्रत्यर्थी : पर्सा जिल्ला चोरनी गा.पं. वा.नं. ४ बस्ने गोविन्दराज जोशीसमेत विषय : उत्प्रेषण (१) अञ्चलाधीश कार्यालयले हक हस्तान्तरण दानदातव्य इत्यादि गर्न नपाउने गरी रोक्का राख्न पाउने कानुनले अधिकार दिएको पाइन्न, त्यसरी रोक्का राख्न पाउने अधिकार म मा निहित छ भनी अञ्चलाधीश कार्यालयले आफ्नो लिखितजवाफमा भन्न लेख्न सकेको पाइन्न । नेपालको संविधानको धारा १५ मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको सम्पत्ति अपहरण हुने छैन भन्ने उल्लेख भएको र सम्पत्ति भोग गर्न सक्ने अधिकार निवेदकलाई संविधानले नै प्रदान गरेको छ । (प्रकरण नं. १२) (२) सम्पत्ति भोग गर्न सक्ने अधिकारबाट वञ्चित गर्ने अधिकार कुनै कानुनले पनि अञ्चलाधीशलाई प्रदान गरेको नदेखिँदा निवेदकले उक्त सम्पत्ति हक हस्तारन्तरण गर्न राजीनामा दान दातव्य इत्यादि गर्न नपाउने गरी रोक्का राख्न दिएको अञ्चलाधीश कार्यालयको आदेशपत्र र सो बमोजिम माल कार्यालयले रोक्का राखेको समेत सम्पूर्ण कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२ र १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रविन्द्रजंग थापा विपक्षी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. नुवाकोट जिल्ला थानसिं गा.पं. बस्ने यज्ञदत्त पन्तलाई मैले नै परिआएको काम काजमा रेखदेख गरी रिझाएकोले सोही रिझ वापत मलाई निजको नाउँमा दर्ता रहेको पर्सा जिल्ला चोर्नी गा.पं. वा.न. ४ र ५ समेतको विभिन्न कित्ताको क्षेत्रफल १२–५–७ जग्गाको मोल रु. १,१३,०००।– रुपैयाँ पर्ने जग्गा अरु कसैको हक नलाग्ने खास मेरो मात्र हक भोगको वार्षिक मालपोत रु. ५५५।४५ लाग्ने जग्गा हालैको बकसपत्रको कागज लेखी मिति ०४५।४।२६ गते र.नं. ४७४ बाट पर्सा मालपोत कार्यालयबाट आफ्नो सगोलको जेठो छोरा विष्णुकुमार पन्तलाई समेत साक्षी राखी मलाई रजिष्ट्रेशन पास गरी दिनु भएको छ । सोही मिति देखि मेरो हक भोग भई मेरो रेखदेखमा भएको जग्गा हो माथि उल्लेखित कित्ता मध्ये हाल कि.नं. १९२, १, ६, ९, ५७ का जग्गाहरु अरुलाई नै हक हस्तान्तरण गरी सकेको छु । उपरोक्त जग्गा हालसम्म मैले भोगी आएकोमा विपक्षी नं. १ गोविन्दप्रसाद जोशीले मेरो मामा यज्ञदत्त पन्तको नाउँमा जग्गा राख्न दिएको थिएँ । ०४५।४।२६ गते हालैको बकसपत्र गरी दिएको हुनाले उक्त मुकुन्द हरी नेपालको नाउँमा रहेको जग्गाहरु रोक्का गरिपाउँ भनी नारायणी अञ्चलाधीशको कार्यालयमा निवेदन दिएको रहेछ । ३. निजको निवेदन बमोजिम मेरो प्रतिवाद बेगर विपक्षी अञ्चलाधीश कार्यालयले मेरो नाउँको जग्गा रोक्का राख्नु भनी मालपोत कार्यालय पर्सामा ०४५।१२।१८ मा पत्र लेखी उक्त पत्र बमोजिम विपक्षी मालपोत कार्यालयले पनि बिना कारणै रोक्का राखेको जग्गा फुकुवा गरी दिनु होस् भनी मालपोत अधिकृतलाई भन्दा अञ्चलाधीश कार्यालयको आदेशानुसार रोक्का राखेकोले फुकुवा गर्न मिल्दैन भनी जवाफ पाइयो । विपक्षी अञ्चलाधीश कार