निर्णय नं. ८२८९ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२८९ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/१२/१५ ३०४१ निर्णय नं. ८२८९ २०६६ चैत,अङ्क १२ एक न्यायाधीशको इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ रिट नं. : ०६६–WO–०८५० आदेश मितिः २०६६।१२।१५।१ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः दोलखा जिल्ला, झुले गा.वि.स.वडा नं. २ घर भई हाल जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जामा कार्यरत शंकरध्वज कार्की विरुद्ध विपक्षीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत § सरुवा निर्णय संशोधन गरी यथावत् कायम गर्ने कार्यले पेशा, रोजगारको हक वा रोजगारी तथा सामाजिक सुरक्षाको हकमा आघात पुग्ने अवस्था नरहने । § एउटै स्थानमा अवस्थित एउटा कार्यालयबाट अर्को कार्यालयमा भएको सरुवालाई संशोधन गरिँदा निवेदकलाई कुनै किसिमको अप्ठेरो पर्ने वा त्यसले निवेदकको रोजगारीमा कुनै पनि किसिमबाट बाधा अबरोध सिर्जना हुनसक्ने संभावना नदेखिने । (प्रकरण नं.२) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) ले यस अदालतलाई प्रदान गरेको असाधारण अधिकारक्षेत्रअन्तर्गत संविधानप्रदत्त मौलिक हक वा कानूनी हकको प्रचलनका साथै सार्वजनिक हक वा सरोकारको विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरुपण गर्ने समेतको अधिकारनिहीत रहेको देखिँदा नेपाल सरकार वा सो अन्तर्गतको कुनै निकाय वा अधिकारीबाट गरिएको नीतिगत निर्णयको विषय सो अधिकारक्षेत्रको दायराभित्र पर्ने अवस्था नरहने । (प्रकरण नं.३) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री दीपनारायण साह विपक्षी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च), १३(१), १८, १०७(२) § स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २० § स्वास्थ्य सेवा नियमावली, २०५३ को नियम ३०, ९३(१) आदेश नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) अनुसार यस अदालतमा दायर भई यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- मलाई मिति २०५९।१।२ को निर्णयअनुसार अधिकृत छैठौं तहमा तह कायम र सि.अ.हे.व. अधिकृत पदमा पदनाम प्रदान गरिएको थियो । त्यसपछि मिति २०६४।४।११ को निर्णयानुसार अधिकृत छैठौं तहबाट अधिकृत सातौं तहमा स्तरबृद्धि भई हालसम्म कार्यरत रहेको छु । मलाई मिति २०६६।९।२३ को निर्णयले जिल्ला अस्पताल स्याङ्जाबाट जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जामा सरुवा गरिएको थियो । तर विपक्षी स्वास्थ्य सेवा विभागले मिति २०६६।१०।२८ को निर्णयानुसार भनी मिति २०६६।११।५ को पत्रले मिति २०६६।९।२३ को सरुवा निर्णयलाई संशोधन गरी यथावत् राख्ने कार्य भएको छ । त्यसरी विपक्षी स्वास्थ्य सेवा विभागबाट सरुवा संशोधन गर्ने गरी भएको कार्यले आफूलाई हैरान तुल्याउने नियत राखिएको प्रष्ट भएको हुँदा सो निर्णय तथा सोका आधारमा भए गरेका कार्यहरू स्वतः बदरभागी रहेका छन् । सो निर्णय निजामती सेवा ऐन, २०४९ को दफा ३६ र दफा १८(३)(क) को कानूनी व्यवस्था प्रतिकूल हुनुका साथै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूबाट मिति २०६५।११।२० मा स्वीकृत सरुवासम्बन्धी नीतिको समेत प्रतिकूल रहेको छ । मिति २०६६।९।२३ को निर्णयले सरुवा भएबमोजिम आफूले रमानापत्र लिई सरुवा भएको कार्यालयमा हाजिर भै कामकाज समेत गर्दै आएको अवस्थामा हाल करिव एक महिनापछि पुनः मिति २०६६।१०।२८ को निर्णयबमोजिम भनी मिति २०६६।११।५ को पत्रले सरुवा वदर गर्ने कार्य नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २० तथा ऐ. नियमावली,