निर्णय नं. ४०८० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८० - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/३० २९२४ निर्णय नं. ४०८० ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको रि.नं. १५०५ आदेश भएको मिति : २०४६।१२।३०।५ मा निवेदक : रा.वा.बैंक नेपालगंज शाखाका लेखा अधिकृत निर्मलप्रसाद शर्मा विरुद्ध विपक्षी : श्री सञ्चालक समिति रा.वा.बैंक के. का.समेत विषय : उत्प्रेषण (१) नियमावलीलाई संशोधन गर्दा जुन तरीका एवं कार्यविधि अपनाई मूल नियमावली बन्यो सोही तरीका एवं कार्यविधि अपनाई संशोधन हुनु पर्ने । (प्रकरण नं. ११) (२) वाणिज्य बैंक कर्मचारी सेवा शर्त नियमावली, २०४३ मा रहेको कानुनी व्यवस्थालाई लो.से.आ. को सामान्य सिद्धान्तले स्वतः निष्कृय तुल्याउन नसक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला र विद्वान अधिवक्ता श्री सुरथबहादुर राउत आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको जिकिर यस प्रकार रहेछ । २. निवेदकलाई विपक्षी रा.वा. बैंकले ०४४।२।२३ को निर्णयले सेवाबाट अवकाश दिएकोले सो निर्णय बदर गरिपाउँ भनी दर्ता गरेको रिटनिवेदन यस अदालतबाट २०४५।६।१६ गते निर्णय बदर भएकोले विपक्षी कार्यालयमा हाजिर भई रा.वा. बैंक कर्मचारी शर्त नियमावली, २०४३ को नियम १७ र ७२ बमोजिम तलब भत्ता र ग्रेड वृद्धि समेत पाउन निवेदन दिएकोमा रा.वा. बैंक शाखा कार्यालय नेपालगंजले ०४६।२।१८ गते लो.से.आ. सामान्य सिद्धान्त, ०४३ लाई श्री ५ को सरकार अर्थ मन्त्रालयको ०४३।४।८ को पत्रानुसार लागू गर्ने भनी निर्णय भएकोले उक्त सिद्धान्तसंग बाझिएको नियमहरु स्वतः निस्कृय भएकोले रा.बा.बै. कर्मचारी (सेवा शर्त) नियमावली, ०४३ को परिच्छेद ३, को नियम १७ स्वतः निष्कृय भएकोले उक्त मिति पश्चात यस नियम अन्तर्गत तलब भत्ता दावी गर्न नपाउने देखिएकोले ०४४।२।२३ देखिको तलब भत्ता नदिने भनी यस बैंकको संचालक समितिको ०४५।११।११ मा निर्णय भएकोले सोही निर्णय बमोजिम उक्त अवधिको तलब भत्ता नपाउने बिदाको हकमा कर्मचारी नियमावलीको नियम ७२ बमोजिम ०४४।२।२३ देखिको कुनै पनि सुविधा नपाउने भएकोले उक्त अवधिको बिदा संचित नहुने हुँदा उक्त अवधि भन्दा अगाडिको संचित बिदा मात्र पाउने उल्लेख रहेछ । ३. निवेदकलाई ०४४।२।२३ मा अवकाश दिएको निर्णय स.अ. को ०४५।६।१७ को निर्णयले बदर भई निवेदक बहाली भएपछि रा.वा.बैं. कर्मचारी सेवा शर्त नियमावली, २०४३ को नियम १७ बमोजिम तलब भत्ता ग्रेड पाउने छ भन्ने कानुनी व्यवस्था छ । विपक्षी निकायले लो.से.आ. को सामान्य सिद्धान्त, ०४३ लागू भएपछि नियम १७ स्वतः निस्कृय देखिएको भनी निर्णय गरेको छ । सामान्य सिद्धान्त मार्ग दर्शन मात्र हो । संस्थानको नियमावली र सामान्य सिद्धान्त मध्ये संस्थान ऐन अन्तर्गत बनेको नियमावली नै लागू हुने भन्ने कुरा ने.का.प. ०४०, पृ. ७९९ मा सम्मानीत अदालतबाट सिद्धान्त प्रतिपादन भएको छ । नियम ७२ च.नं. ८४ मिति २०४५।७।१५ को पत्रले मात्र संशोधन भएको छ सो भन्दा अघि नियमावली संशोधन भएको छैन । भूतलक्षित असर हुने गरी नियमावली संशोधन गर्न र त्यसलाई स्वीकृत गर्न अर्थ मन्त्रालयले मिल्दैन । नियम ७२ संशोधन भए पनि नियम १७ आजसम्म संशोधन भएको छैन । नोकरीबाट अवकाश दिने निर्णय बदर भई पुनः बहाल भएपछि तलब भत्ता नदि