निर्णय नं. ४०८१ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८१ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/३० २५०५ निर्णय नं. ४०८१ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रि.नं. १२८६ आदेश भएको मिति : २०४६।१२।३०।५ मा निवेदक : जि.झापा पाँचगाछी गा.पं. वा.नं. ८ बस्ने भोगेन्द्र ताजपुरीया विरुद्ध विपक्षी : जिल्ला कार्यालय चन्द्रगढी झापासमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) जिल्ला कार्यालयलाई कानुन बमोजिम स¬ट्टापट्टा भएको जग्गाको कानुन बमोजिम नामसारी दाखिल खारेज गर्नमा कानुनले रोक्का राख्न पाउने अधिकार प्रदान गरेको नपाइने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्षी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. निवेदक नेपालको नागरिक हुँदा सम्पत्ति बेचबिखन गर्न तथा भोग गर्न स्वतन्त्र छु । निवेदकले विपक्षी नं. ४ को निजको नाउँमा दर्ता रहेको जि.झापा चन्द्रगढी गा.पं. वार्ड नं. ८ को कि.नं. ७९३ र ७९५ को क्रमशः ज.वि. ०–१–११२ र ०–०–१८१२ जग्गा म निवेदकको नाउँमा दर्ता रहेको पाँचगाछी गा.पं. वार्ड नं. ८ को कि.नं. १३६ र १३७ जग्गा सट्टापट्टा गर्ने कुरा भई रजिष्ट्रेशनको १८ नं. बमोजिम सप्तरी मा.पो.का. बाट ०४५।८।१५ मा सट्टापट्टाको लिखत रजिष्ट्रेशन पास भएको छ । ३. जग्गा पजनीको २(क) तथा रजिष्ट्रेशनको ३२(क) बमोजिम जहिले सुकै पनि दाखिल खारेज गर्ने हक निवेदकमा सुरक्षित छ । मिति २०४५।१२।३ मा झापा मा.पो.का. मा दाखिल खारेज गर्नलाई श्रेस्ता हेर्दा विपक्षी नं. १ र २ ले ०४५।९।२१ मा गैरकानुनी पत्र लेखी सोही पत्रको आधारमा विपक्षी नं. ३ ले रोक्का राखेको रहेछ । दाखिल खारेज गरिदिनु होस भन्दा दा.खा. गर्न मिल्दैन भनी जवाफ दिई रोक्का राखेको पत्रको नक्कलसम्म लिन दिइयो । सो जग्गा रोक्का राख्न पाउने अधिकार विपक्षीहरुलाई कुनै पनि कानुनले दिएको छैन । ४. विपक्षी नं. ४ बाट मिति ०४५।८।१५ मा सट्टापट्टाको लिखत पास गरी लिएको जग्गा विपक्षी नं. १ का वरिष्ठ प्रशासकीय अधिकृतको मिति २०४५।९।२१ को रोक्कापत्रको आधारमा विपक्षी नं. ३ ले गरेको कार्यले वञ्चित गरेको निवेदकको हक, नेपालको संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषणको वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी रोक्का राखेको सम्पूर्ण काम कारवाही बदर प्रचलन गरी पाउँ भन्ने व्यहोराको रिटनिवेदन जिकिर । ५. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ६. जि.का. झापाबाट दा.खा. गर्ने जग्गा रोक्का रहेको देखिँदा फुकुवा भई नआएसम्म दा.खा. गर्न नमिल्ने हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने मा.पो.का. झापाको लिखितजवाफ । ७. जुरोपानी गा.पं. वार्ड नं. २ बस्ने तोरणप्रसाद ताजपुरीयाले ०४४।६।२७ मा यस कार्यालयमा निवेदन दिएकोले अशान्ति हुने सम्भावना भएकोले निवेदक नाबालक हुँदाको अवस्थाको जग्गा हो होइन बुझी मिलेसम्म मिलाई दिने उद्देश्यबाट उक्त जग्गा रोक्का राखिदिन झापा मा.पो.का. मा पत्र लेखी प्रहरीमा पत्र पठाएको अवस्थामा फागुलाल ताजपुरीयाले भोगेन्द्र ताजपुरीयासंग साँठगाँठ गर