निर्णय नं. ४०८२ - निर्णय बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८२ - निर्णय बदर भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/१२ २५५६ निर्णय नं. ४०८२ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ७२४ फैसला भएको मिति: २०४६।१२।१२।१ मा पुनरावेदक/वादी : भ.पु.न.पं. वा.नं. ४ बस्ने मालिकाप्रसाद बासिंछुयाकसमेत विरुद्ध विपक्षी/प्रतिवादी : भ.पु.न.पं. वा.नं.४ बस्ने बद्रीमान वासिंछुयाकसमेत मुद्दा : निर्णय बदर (१) कानुनले वादीहरुलाई संयुक्त दर्ता गरी पाउन प्रस्तुत फिराद गर्ने हकदैया प्राप्त छ भने त्यस्ता वादीहरुलाई अदालतले अंश बण्डाको १८ नं. बमोजिम आउनु पर्ने भनी उपचारको बाटो तोक्न मिल्दैन । कानुनले निर्धारित गरेका २ बाटो छन् भने वादीहरु उक्त २ बाटो मध्ये कुनै एक उपचारको बाटो समाती आउन सक्ने । (प्रकरण नं. १८) (२) कानुनले बन्देज नलगाएको कुरा अदालतले बन्देज लगाई वादीहरुलाई अंशबण्डाको १८ नं. बमोजिम आउनु पर्छ भनी बाध्यता गर्न नमिल्ने । (प्रकरण नं. १८) (३) अंशियार देखि बाहेकको परिवारमा विवादको घर पसल दर्ता भएपछि त्यस्तो अंश मुद्दा परेमा निरोपण हुन्छ भन्ने तर्क मिल्दो नदेखिने । (प्रकरण नं. १८) विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी फैसला न्या.त्रिलोकप्रताप राणा १. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई आएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न बमोजिम रहेछ । २. अन्यायवाला सुरेन्द्रमान वासिंछुयाक १, बद्रीमान ऐ. १, केदारमान ऐ. १ समेत जना ३ ले हामी फिरादी ३ जवानलाई निम्न लेखिए अनुसार अन्याय गरेकाले निजहरुका नाउँमा भक्तपुर ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीबाट हामीहरुलाई मिति ०४२।२।२५।१ मा दिएको जानकारीमा निज विपक्षीहरुका नाउँमा अस्थायी दर्ता गरी दिने गरी सो नापी गोश्वाराले निर्णय गरेकोले चित्त नबुझे ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न जानु भनी जानकारी दिएकोले नालिश गर्न आएका छौं हामीहरुले सो झगडा परेको पसल घर जग्गा सगोलको भन्ने प्रमाणहरु दिई राखेको सर्भेको मिसिल छँदा छँदै उक्त नापी टोलीले भ.पु.न.पं. ३ वडा कि.नं. ४५ बाट नाप भएको तल लेखिए बमोजिम हामीहरुको सगोल हक भएको पूर्व सडक पश्चिम सार्वजनिक पोखरी उत्तर बाटो दक्षिण कृष्णगोपाल वासिंछुयाकको घर पसल यति ४ किल्ला भित्रको नाप ठहर रोपनी ०–०–१–३ भएको मोल बिगो रु. ५०००।– जाने १ तले झिंटी छाना भएको १ नाले चार कवले हामी ३ जना र निज अन्यायवाला बाबु गोविन्द एकजना समेत ४ जनाको ५ हिस्सा लाग्ने हामी ३ जना मध्ये म मालीकाप्रसादको माहिलो बाबु जगतलालको पत्नी माहिली आमा विष्णुमायाले गरिदिनु भएको मिति २०१३।७।२० गतेका शेषपछिका बकसपत्र बाटै निज माइली आमाका शेष पछि म मालीकाको हक भोग भएको सो एक हिस्सा र म मालीकाकै बाबु सन्तकुमार तर्फका १ हिस्सा समेत २ हिस्सामा मालीका म प्रसादको सगोल हक भएको सो घर जग्गा हो बाँकी ३ भागमा अन्यायवालाहरुको बाजे गणेशलालको छोरा निजहरुको बाबु गोविन्दको १ हिस्सा र माहिला जगतबहादुरको छोरा म मोतीलालको हिस्सा १ र कान्छा गणेशलालको छोरा म रामहरिको १ हिस्सा समेत त्यस किसिमबाट हामीहरुको सगोलबाट हक भोगको जम्मा ५ भाग लाग्ने सो घर पसल भएकाले सो बमोजिम जीवितैमा निजलाई नदेखाई निजहरुले गरेको निवेदनबाट सो नापी गोश्वाराले निज अन्यायवालाहरुका नाउँमा अस्थायी दर्ता गरी दिने भन्ने निर्णय गरेकाले हामीहरुका नाउँमा माथि लेखिए अनुसार हक का