निर्णय नं. ४०८३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८३ - अंश भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०२/२२ २६६६ निर्णय नं. ४०८३ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु.नं. ९४५ फैसला भएको मिति: २०४७।२।२२।३ मा पुनरावेदक/प्रतिवादी: जि.कपिलवस्तु हरनापुर गा.पं. वा.नं. ७ बस्ने कुदुस मुसलमानसमेत विरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने हसमती मुसलमाननीसमेत मुद्दा : अंश (१) ७ नं. फाराम भु.सु. ऐनको प्रयोजनको लागि भरिने हो त्यतिकै आधारबाट अंश भएको भन्न नमिल्ने । (प्रकरण नं. १८) (२) प्रमाणको अभावमा वादी प्रतिवादीको नाउँमा जग्गा रहेकै नाताबाट अंशबण्डा भएको भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास अवलम्बित नजीर : सहबुद अन्सारी मियाँ विरुद्ध प्रतिवादी हमिद अन्सारी मियाँ समेत भएको नि.नं. २०७० को अंश मुद्दामा सर्वोच्च अदालत संयुक्त इजलासबाट प्रतिपादित सिद्धान्त । फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी प्रतिवादी तर्फबाट पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासको मिति २०४५।२।१४ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. तालिकको सुकुर १, हसमुल गफुर १, समसुल १, कुट्टुस १, समेत ५ छोरा भएको कुट्टुसको छोरा सतार, असगर अली भई गफुरको श्रीमती म वादी हसमती, म वादी दोस महम्मद भएको ससुराको अघि नै मृत्यु भइसकेको छोरा स्वास्नी कोही नभएको सुकुरु, हसमुलका हांगाका व्यक्तिहरु अघि नै अंश लिई भिन्न भएको बाँकी हामी वादी प्रतिवादीहरु एकै सगोल सराकतमा बसी आएको आमाको पक्ष लिएको भनी हामीसंग झगडा वाद विवाद भएको खान लाउन नदिई घरबाट निकाला समेत गरेकोमा अंश माग्दा अंश समेत नदिएकोले नालिश दिन आएका छौं । नालेश परेको अघिल्लो दिन सम्मको फाँटवारी लिई सम्पूर्ण सम्पत्ति मध्ये आधी बाबु लोग्ने गफुरको अंश हक मध्ये ३ खण्डको २ खण्ड अंश छुट्याई दिलाई बण्डा गरी पाउँ भन्ने समेत वादीको दावी । ३. वादीहरुले देखाएको पुस्तेवारीमा भिन्नता छैन । परिवार सदस्यहरुमा चित्त नदुखोस भनी कुनै जग्गा कसैको नाउँमा र कुनै जग्गा कसैको नाउँमा दर्ता गराई व्यवहार चलाउँदै आएको म मुख्य भएकोले भाइ छोरा, स्वास्नीलाई बोल्नु भन्दा आफ्नो छोरा र स्वास्नीलाई डाँट फटकार गरी सबैलाई एक सगोलमा राखेकोमा २०४१।६।१ मा वादीहरुलाई डाँटफटकार गरेको कारणबाट वादीहरुले नालिश गरेको हो । कुश, सत्तार मुरत मीम, भानुल्ला अगसर अली समेतका व्यक्ति र अरु व्यक्ति समेत मिली मसँग करकाप गरी कागज गराई लिएको करकाप विषयमा समेत छुट्टै नालेश गरी सकेको गफुर, कदूसको हाँगाको व्यक्ति सगोल सराकत बसी आएकै हुँदा वादी सगोलमा नबसी अंश लिई भिन्न बस्न चाहन्छन भने मेरो कुनै विरोध छैन भन्ने समेत प्र.गफुर मुसलमानको प्रतिउत्तर जिकिर । ४. वादीहरुको फिरादमा लेखिए बमोजिम यी वादीहरुको सगोल सराकतमा बस्नु भएको होइन । २०४१।२।१ गते झगडा भएको होइन । खान लाउन बन्द गरी घरबाट निकाला गरेको होइन । वादीको समस्त दावा झुठ्ठा हो । सबै दाजुभाइ २००९ साल बैशाख १ गते खानो मानो छुट्टिई आ–आफ्नो अंश भाग लिई छुट्टै व्यवहार गरी आएकोले लिखत रजिष्ट्रेशन भएको छैन । भूमिसम्बन्धी ऐन लागू हुँदा जग्गाको फाँटवारी फाराम र अनिवार्य बचत समेत