निर्णय नं. ४०८४ - रकम दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८४ - रकम दिलाई पाउँ भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०७/३० २८७१ निर्णय नं. ४०८४ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६४१ फैसला भएको मिति : २०४६।७।३०।४ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. ३२ डिल्लीबजार स्थित गुणस्तर निर्धारण समितिमा कार्यरत शकुन्तला राई विरुद्ध विपक्षी/वादी : त्रिभुवन विश्वविद्यालयका तर्फबाट ऐ. का रजिष्ट्रार मुद्दा : रकम दिलाई पाउँ (१) प्रतिवादी काठमाडौं फर्केको मितिलाई मुद्दा गर्नु पर्ने कारण परेको मान्ने हो भने विपक्षी त्रि.वि.वि. प्रतिवादी फर्केको थाहा नभएको अवस्थामा सदैव म्याद गुज्रन जाने स्थिति पर्छ । अतः त्रि.वि.वि.ले उपस्थित हुन आउनु भनी ७ दिनको म्याद तोकी सूचना दिएपछि सो पत्र पाई उपस्थित हुन नसकेको मितिले मुद्दा गर्नु पर्ने कारण भएको मान्नु पर्ने । (प्रकरण नं. १४) (२) मुद्दा गर्नु पर्ने कारण परेको मितिले हदम्याद नाघेको प्रस्तुत फिरादको लेखाइबाट देखिँदा यस्तो फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी/वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री वद्रीनरसिंह राजभण्डारी फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. यस त्रि.वि. अन्तर्गत विज्ञान अध्ययन संस्थान डिन कार्यालयबाट सुश्री शकुन्तला राईले त्रि.वि. को खर्चमा अध्ययन पूरा गरी फर्के पछि कम्तीमा ५ वर्षसम्म विश्वविद्यालयले अराए खटाएको ठाउँमा गई कामकाज गर्ने तोकिएको ठाउँमा नगएमा वा अध्ययन पूरा नगरेको खण्डमा विश्वविद्यालयले निजको निमित्त पढाईमा व्यहोरेको सबै खर्च निजबाट असूल उपर गर्ने शर्त अनुसारको छात्रवृत्तिको निमित्त मनोनीत भई उक्त बमोजिमको कबूलियत गरी मराथवाडा कृषि विश्वविद्यालयमा (बी.एस.सी.एग्री टेक्नोलोजी) कोर्ष पास गरी गत २०३६ साल मार्ग महीनामा काठमाडौं आउनु भएछ । अध्ययन समाप्त गरी नेपाल आएपछि त्रि.वि. संग सम्पर्क राखी खटाएको ठाउँमा गई कामकाज गर्नु पर्नेमा त्रि.वि. संग सम्पर्क नराखी श्री ५ को सरकार गुणस्तर निर्धारण समितिमा काम गर्नु हुन्छ भन्ने सुनेकोले सो समितिसंग सम्पर्क राख्दा निज राई २०३६।११।९ देखि त्यस समितिको टेक्नोलोजिष्ट पदमा स्थायी नियुक्ति पाई काम गरिरहनु भएको व्यहोरा अवगत हुन आयो । त्यसपछि त्रि.वि. ले बराबर पत्रद्वारा सम्पर्क राख्दा सम्पर्क राख्ने प्रयास गर्नु नभएकोले त्रि.वि. बाट रु. २४,८०६।५५ खर्च व्यहोरिएको रेकर्डबाट देखिएकोले निज शकुन्तला राईसंग उक्त रकम दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको त्रि.वि. को तर्फबाट नेत्रबहादुर बस्न्यातले दिएको फिराद । ३. मैले निर्धारित कोर्ष समाप्त गरी भारतबाट २ डिसेम्बर १९७६ मा काठमाडौं फर्केको र त्यसको २।३ दिनपछि डीन लगायतका सम्पूर्ण अधिकृतलाई भेटी जानकारी गराएको थिएँ । त्यसबेला डिनज्यू समेतले अहिले तपाइले हासिल गर्नु भएको पोष्टको ठाउँ छैन, मलाई भेट्दै गर्नु भन्ने मौखिक जवाफ दिएको र पुनः मैले भेट्दै आइरहेकी थिएँ, त्यस बखत डिनज्यूले तपाइले हासिल गर्नु भएको डिग्रीलाई यस विश्वविद्यालयबाट मान्यता दिएको छ छैन सो कुरा बुझेर तपाईलाई खबर पठाई दिने छौं, तपाई आ