निर्णय नं. ४०८६ - जग्गा हक सफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०८६ - जग्गा हक सफा भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०१/२५ ३२३१ निर्णय नं. ४०८६ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ८३९ फैसला भएको मिति: २०४७।१।२५।३ मा पुनरावेदक/प्रतिवादी: पो.न.पं. वा.नं. ९ बस्ने जगतमान माकाजू विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने हरिकृष्ण बास्तोला मुद्दा : जग्गा हक सफा (१) जग्गा के कति कारणले सन्धीसर्पन पर्दछ भन्ने सम्बन्धमा सबूद प्रमाण बुझी निर्णय गरी ल्याउनु भनी अदालतमा जान सुनाउनु पर्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने फैसला न्या.पृथ्वीबहादुर सिंह १. न्या.प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(७) अन्तर्गत पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट यस प्रकार छ । २. पिता टिकाराम आमाहरु खिमकुमारी, सीतादेवी, छोराहरु म हरिकृष्ण, श्यामकृष्ण, रामकृष्ण, अनुज, असिम समेतका आठ अंशियार मिति २०३९।४।६ मा छुटी भिन्न भई जग्गा जमीन बण्डा गर्दा पिता टिकारामका नाउँमा दर्ता पूर्जा भएको आवा गा.पं. वार्ड नं. २ को कि.नं. ९५९ को पाटनवेशी भन्ने खेत म समेतका ५ भाइको अंशमा परेको सो कि.नं. ९५९ कित्ताफोड भई मुहान देखि क्रमश कि.नं. १०४१ रामकृष्ण कि.नंं १०४२ हरिकृष्ण, कि.नं. १०४३ श्यामकृष्ण, कि.नं. १०४४ अनुज र कि.नं. १०४५ असीमका बण्डामा ठाडा चिरा मिलाई कित्ताकाट भएका छन् । म हरिकृष्ण बास्तोला सामाजिक सेवा र व्यवसायका कारणले काठमाडौं बाहिर बाहिरै धेरै बस्ने हुँदा पोखरा घरमा नआएको धेरै समय भएको थियो यही ०४४ साल भाद्र महिनामा चाड पर्व परेकोले पोखरा आएको थिएँ भाई रामकृष्णले बाबु आमा र दाजुभाइसंग रिसाई निजको अंशबण्डामा परेको पाटनवेशी भन्ने खेत उक्त कि.नं. १०४१ क्षेत्रफल ३–०–२–० को मुहानैको खेत कित्ता जग्गा विक्री गरे अरे भन्ने कुरा २०४४।५।१० गते दाजु भाइ इष्ट मित्रले भनेकाले हो हैन भनी मिति ०४४।५।११ मा मालपोत कार्यालय कास्कीमा गई बुझी राजीनामाको नक्कल सारी लिएपछि मात्र भाई रामकृष्णले आफ्नो बण्डाको खेत जग्गा जगतमान माकाजुलाई बिक्री गरी रु. १,३००००।– एक लाख तीस हजार समेत अंक राखी ०४४।१।११।६ मा राजीनामा पास गरेको कुरा थाहा हुन आयो । साविक कि.नं. ९५९ को जग्गामा भाइ रामकृष्णको कि.नं. १०४१ को जग्गा र त्यसपछि अरु भाइहरुको जग्गा परेकोले कि.नं. १०४१ को जग्गाबाट हामी सबैले मुहान खोली समुच्चै जग्गा सिंचाई गरी आएका छौं र गर्नु पर्दछ । आजसम्म साझा गोस्वारा खेती गरी आएका छौं र एउटै कम्पाउण्ड पर्खाल भित्र छ र मुहान पनि एउटै छ । मुहानकै खेत तेश्रो अर्को व्यक्तिले लिई दिंदा मेरो खेतमा कुलो पानी लैजान बाधा पर्ने कम्पाउण्ड पर्खाल भत्काई दिएमा खेती लगाउन र वस्तु भाउबाट जोगाउन बाधा पार्ने भई सन्धीसर्पन गरी अत्यन्तै मर्का पर्ने भएकोले २०४४।५।११ गते थाहा पाएपछि जगतमान माकाजुसंग गई भाइ रामकृष्णबाट तपाइले राजीनामा गरी लिनु भएको खेत हकसफा गर्न दिनुहोस भन्दा हक सफा गर्न नसक्ने गरी ३ रोपनी खेतको एकलाख तीस हजार राखी लिखत गरेको छु बुझ्दिन तिमीलाई सन्धीसर्पनमा अप्ठयारो परे पूरै खेत म किनी दिनेछु भनी कुटील कुरा गर्नु भयो । विपक्ष जगतमान माकाजुले घरसारमा थैली बुझी हक सफा गरिरदिन मन्जूर नगर्नु भएकोले मुलुकी ऐन रजिष्ट्रेशनको ३५ नं. बमोजिम रु एकलाख तीस हजारको