निर्णय नं. ७६१० - करार बमोजिम गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६१० - करार बमोजिम गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१०/०४ ४५९६ निर्णय नं.७६१० ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०६० सालको दे.पु नं. ९५०१ फैसला मितिः २०६२।१०।४।३ मुद्दाः– करार बमोजिम गरिपाऊँ । पुनरावेदक/प्रतिवादीः का.जि.का.म. न.पा.वडा नं. १३ वाफलटोल वस्ने नानीछोरी महर्जन विरुद्ध प्रत्यर्थी / वादीः का.जि.का.म.न.पा.वडा नं. १२ ब्रम्हटोल वस्ने रहिन्द्र महर्जन समेत § विवादको लिखतवाट सिर्जना भएको हक र दायित्व निजी योग्यताका आधारमा पूरा गर्नुपर्ने खालका नदेखिएको अवस्थामा स्वास्नी छोराले करारीय दायित्व पूरा गर्नुपर्ने होइन भन्ने पुनरावेदन जिकीर कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं.२२) § करारनामा नै रजिष्ट्रेशन गर्ने वारेमा कुनै शर्त उल्लेख नभएकोले सो करारनामाको लिखत रजिष्ट्रेशन हुन अनिवार्य नदेखिंदा ६ महीना भित्र रजिष्ट्रेशन नगरि दिए सोही मितिवाट मुद्दा गर्नुपर्ने कारण परेको मान्नुपर्ने भनी अर्थ गरी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान हुंदा लिइएको आधारसंग सहमत हुन नसकिने । § भनेका दिन लिखत पारित गरिदिने शर्त भएपछि सो अनुरुप पारित गर्न जुन दिन इन्कार गरिन्छ सोही दिनलाई नै मुद्दा गर्नुपर्ने कारण परेको मान्नुपर्ने । (प्रकरण नं.२३) § विवादमा रहेको लिखतवाट पक्षहरु बीच कानूनी रुपवाट करारीय दायित्व सिर्जना भएको पाइएको र वादीको फिराद करार ऐन, २०२३ को दफा १८(२)(ग) को हदम्यादभित्रै परेको देखिंदा लिखतका शर्तबमोजिम वादीका नाममा उक्त घर जग्गा प्रतिवादीहरुले रजिष्ट्रेशन पास गरि दिनुपर्ने। (प्रकरण नं.२५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री राजन अधिकारी र श्री सिद्धप्रसाद लामिछाने अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पाटनवाट २०५८।६।२६।६ मा भएको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने आदेश भै दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. हामी फिरादीका पति तथा पिता धनभाई महर्जन प्रतिवादी मध्येका नानी छोरीको पति साहिला महर्जन १, प्रतिवादी मचा भाई महर्जन १, वुद्धि नारायण महर्जन १, र कृष्ण भन्ने शुभ महर्जन १ समेत ५ जनाको संयुक्त हक भोगमा रहेको का.जि.का.म.न.पा.वडा न.. १२ कि.नं. ६९५ क्षे.फ. ०–०–२–२ को जग्गामा वनेको साझा घर भत्केर खतरा पुग्ने अवस्थामा रहेको र सोको मर्मत गर्न सवैको सहमति नभएकोमा का.म.न.पा. वडा नं. १२ मा घर भत्काउने सम्वन्धमा छलफल हुंदा उक्त जग्गाको पन्च कृर्ते मोल रु १,००,०००। कायम भै सो मोलमा हाम्रो पति पिताले लिन मन्जुर भै अन्य भाईको भागमा पर्ने जनही २०,०००। का दरले रु ८०,०००। को आधा प्रत्येकलाई १०,०००। का दरले रु ४०,०००। दिई वांकि रकम घर जग्गाको लिखत रजिष्ट्रेशन पास गरी दिने गरी मिति ०४४।४।२१ मा मन्जुरनामा (संम्झौतापत्र) भएकोमा उक्त घर जग्गामा हाल हामी वसोवास गरी रहेका छौ । पतिको मृत्यु पश्चात सम्झौता बमोजिम वाँकी रकम लिई विपक्षीहरुले उक्त घर जग्गा हाम्रो नाउंमा रजिष्टेशन पास गरी दिनुपर्नेमा सो बमोजिम गर्न ईन्कार गरेको हुंदा वाँकी आधा रकम रु ४०,०००। धरौटी राख्न आएको छौ उक्त रकम विपक्षीहरुलाई दिलाई सम्झौता पत्र बमोजिम का.जि.का.म.न.पा.वडा न.. १२ कि.नं. ६९५ को