निर्णय नं. ४०८८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०२/०७ २९३४ निर्णय नं. ४०८८ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको रि.नं. १३२८ आदेश भएको मिति : २०४७।२।७।२ मा निवेदक : वीरगंज न.पं. वा.नं. १६ बस्ने विजयप्रताप राणासमेत विरुद्ध विपक्षी : कृषि विकास बैंक, शाखा कार्यालय वीरगंजसमेत विषय : उत्प्रेषण (१) विपक्षीका कानुन व्यवसायीले बहसको सिलसिलामा बैंकको सम्पूर्ण ऋण चुक्ता गरेमा निजको सम्पत्ति फिर्ता दिन बैंक मन्जूर छ भनी स्वीकार समेत गर्नु भएको, बैंकलाई ऋण तिर्नमा निवेदक कानुन व्यवसायीले इन्कार नगर्नु भएबाट समेत कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ (संशोधन सहित) को नियम १४(२) अनुसारको कार्यविधि पूरा गरी धितो रहेको सम्पत्ति लिलाम गर्ने गरेको कृषि विकास बैंकको निर्णय कानुन अनुरुप नै देखिन आएको हुँदा प्रस्तुत रिट निवेदन जारी गरी रहनु नपर्ने । (प्रकरण नं. ८) रिट निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्षी कृषि विकास बैंक शाखा कार्यालय वीरगंजबाट हामीले धान उखु खेती समेतको लागि लिएको ऋण वापतमा म विजयप्रताप राणाको नाउँमा दर्ता रहेको पर्सा जिल्ला सुरजाहा गा.पं. वडा नं. ४ कि.नं. १७८ को विगहा ०–९–० र ऐ. कि.नं. १९५ को विगहा ३–१४–१० र बानु राणाको नाउँमा दर्ता रहेको पर्सा जिल्ला वीरगंज न.पं. वडा नं. १ को हाल १६ कायम भएको कित्ता नं. २३० को विगहा ०–३–७१२ घर जग्गा धितो लेखी दिएका थियौं । विजयप्रताप राणाको नाउँमा रहेको ऋणको हकमा सुर्जाहाको जग्गाको मूल्यांकन हुनु भन्दा अगावै मेरी दिदी रेखादेवी पालले आफ्नो नाउँको वारा जिल्ला मनहरा पञ्चायतको जग्गा समेत जमानी सरहको लेखत गरी कृषि विकास बैंकमा दिनु भएको थियो । खेतीको काममा दैवी प्रकोप समेत परी ऋण तिर्नू समेत अनुकूल नपरेकोमा उक्त धितोको जग्गा लिलाम गर्ने भनी २०४५।१।१९ र २०४५।१।२० को दैनिक समाजमा प्रकाशित भएको रहेछ । उक्त ऋण चुक्ता गर्ने आवश्यक प्रबन्धमा लागेको कुरा समेत उल्लेख गरी विजयप्रतापले विपक्षी शाखामा अनुरोध गर्दा सो लिलाम स्थगित गरी २०४५।४।२ को दिन धितो लिलाम गर्ने सूचना २०४५।३।२० मा बैंकले दिएको थियो । उक्त लिलाम पनि स्थगित रहेकोमा ग्राहकले रुपैयाँ बुझाउन नसकेकोले २०४५।७।११ सम्म अर्को समय पाउँ भनी म विजयप्रतापले बैंकमा निवेदन दिएको हुँदा २०४५।४।२ मा लिलाम स्थगित भएको थियो । पुनः ०४५ सालको चैत्र महीनाको मसान्त सम्मको समय पाउँ भनी विपक्षी शाखा कार्यालयमा हुलाक मार्फत निवेदन दिएकोमा कुनै निर्णयको सूचना मलाई दिइएन मैले दिएको निवेदनमा म्याद दिन नमिल्ने भनी कुनै प्रकारको निर्णयको सूचना मलाई नदिई लिलाम हुने दिन निश्चित गरी समय र स्थान समेत तोकिएको कुनै सार्वजनिक सूचना नै प्रकाशित नगरी सरोकारका व्यक्ति हामीलाई कुनै सूचना जानकारी नै नदिई २०४५।७।११ का दिन हामी निवेदक रेखादेवी पालको जग्गा विगहा १८–४–१५ समेत रु. ५,७५,९७५।– मा विपक्षी बैंकले लिलाम सकार गरेको कागज खडा गरेको रहेछ बैंकले कारोवार गर्दा तीनजना छुट्टाछुट्टै ऋण इकाई कायम गरी छुट्टा छुट्ट्रै कागज गराई व्यवहार गरेको र लिलामी गर्दा एउटै संय