निर्णय नं. ७६११ - जवर्जस्ती करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६११ - जवर्जस्ती करणी । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/०६/०९ ४३६३ निर्णय नं.७६११ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री तपवहादुर मगर सम्वत् २०६१ सालको फौ.पु. नं. ३३६१ फैसला मितिः २०६२।६।९।१ मुद्दाः– जवर्जस्ती करणी । पुनरावेदक/प्रतिवादीः जिल्ला कैलाली धनगढी न.पा.वडा न.२ घर भई हाल कारागारशाखा कैलालीमा थुनामा रहेका वमवहादुर कठायत विरुद्ध प्रत्यर्थी र वादीः विष्णु साहुको जाहेरीले श्री ५ को सरकार § महिलाको अस्मितालाई सम्वेदनशिल रुपमा लिइने हाम्रो समाजमा आफ्नी छोरीलाई उनाउ व्यक्तिले जवर्जस्ती करणी गरेको भनी वावुले जाहेरी दर्खास्त दिएको तथ्यलाई सामान्य रुपमा लिन नसकिने । § पहिले वारदात भएको वास्तविक तथ्यलाई जाहेर गरी घटनावाट पीडित एवं अन्य सम्वन्धित व्यक्तिहरुले वास्तविकता लेखाई दिएकोमा समयको अन्तरालमा सो घटनावाट आफ्नो परिवार र आफु माथि भएको सामाजीक वेइज्जती पीडा र दागलाई कम गर्नुपर्ने महसुस गरी अन्य किसिमका प्रलोभनमा पारी अदालतमा आई वकपत्र गर्दा आफ्नो पहिलेको भनाई विरुद्ध हुने गरी वकी लेखाई दिने प्रचलन पनि पाइने । § जवर्जस्ती करणी जस्तो अपराधमा अन्य मुद्दामा जस्तो अंक गणितिय हिसाववाट हेर्नु भन्दा पनि नारीको अस्मितामा गम्भिर आँच आउने विषय भएकाले अदालतले संवेदनशिल रुपमा विचार गर्नुपर्ने । § १३ वर्षकी पीडितले आफ्नो इज्जत प्रतिष्ठा र नारी अस्मितामा आँच आउने गरी प्रतिवादी माथि जवर्जस्ती करणी गरेको भनी पोल्नुपर्ने कुनै कारण देखिन नआउंदा प्रतिवादीले जवर्जस्ती करणीको कसूरको उद्योग गरेको ठहराई जवर्जस्ती करणीको महलको ५ नं. अनुसार ३ (साढे तीन वर्ष) कैद सजाय हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिने । (प्रकरण नं.२८) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री चक्रविक्रम शाह प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत दिपायलवाट भएको मिति ०६०।११।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ :– २. मिति २०५९।६।१२ गते दिउसो २ वजे मेरो सहोदर जेठी छोरी वर्ष १३ की मन्जु साहु र माहिली छोरी रन्जु वजार गएका र गुडभेली किन्ने पसलमा पदमवहादुर कठायत संग भेट भै म तिम्रो अंकल हुँ वुवालाई राम्ररी चिन्दछु भनि हात समाती त्यहाँवाट सुनसरी होटलमा लगी जवरजस्ती नास्ता खुवाई हातपात गरी आनन्द होटेलको पुर्वपटी जोडिएको रिमझिम होटेलमा लगी जवरजस्ती करणी गरेको हुंदा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त । ३. रिमझिम होटलको माथिल्लो उत्तर पट्टीको कोठामा जवरजस्ती करणी गरेको भन्ने घटनास्थल प्रकृति मुचुल्का । ४. योनी झिल्ली च्यातिएको यौन सम्पर्क भएको विर्य नभेटिएको भन्ने पीडित मन्जु साहुको मेडिकल रिपोर्ट । ५. वाह्य चोट पटक नभएको सवै सामान्य रहेको भन्ने प्रतिवादी वमवहादुर कठायतको मेडिकल रिपोर्ट । ६. मिति ०५९।६।१२ गते दिउसो १.०० वजेतिर म पैदल हिडी रहेको अवस्थामा सुनसरी होटल नजिक पुग्दा पीडित मन्जु र निजकी वहिनी गुडभेली किन्न लागेकी देखि भेली किन्न रु १५। कम भएकोले मेले दिएर नास्ता गर्छौ भन्दा मानेकीले सुनसरी होटलमा गई तिनै जनाले नास्ता गरी घुम्न जाने हो भनी सोध्दा हुन्छ भनेपछि निजको साइकिल नजिकको