निर्णय नं. ४०८९ - कर्मचारीलाई सजायँ गरी दर्ता बदर गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८९ - कर्मचारीलाई सजायँ गरी दर्ता बदर गरिपाउँ भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०२/०१ २३८८ निर्णय नं. ४०८९ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको दे.पु.नं. ८६८ फैसला भएको मिति : २०४७।२।१।३ पुनरावेदक/वादी : का.न.पं. वा.नं. ३२ बस्ने जुक्तिजंग लामिछाने विरुद्ध विपक्षी/प्रतिवादी : श्री ५ को सरकार भू.सु. मन्त्रालय ८ नं. नापी गोस्वारा पर्वतका प्रमुख नापी अधिकृत प्रकाश महरा क्षेत्रीसमेत मुद्दा : कर्मचारीलाई सजायँ गरी दर्ता बदर गरिपाउँ (१) जानकारी पाए अनुसार सम्बन्धित जिल्ला अदालतमा उजूर गर्ने अधिकार पुनरावेदकलाई प्राप्त भएको देखिन्छ तर सम्बन्धित जिल्ला अदालतमा उजूर नगरी सरकारी कर्मचारी समेतलाई प्रतिवादी बनाएको आधार लिई बा.अं.अ. मा उजूर गर्न गएको देखियो । ८ नं. नापी गोस्वाराबाट पाएको जानकारी अनुसार सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न जानु पर्नेमा कानुनी बाटो छोडी बा.अं.अ. मा दिएको उजुरी क्षेत्राधिकार भित्र नपर्ने हुनाले वादीको फिराद खारेज गर्ने गरेको बा.अं.अ. को इन्साफलाई सदर गर्ने गरी गरेको म.क्षे.अ. को इन्साफ मिलेको देखिने । (प्रकरण नं. १३) वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।८।२।५ को फैसला उपर पुनरावेदन अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्न अनुसार छ । २. २००५ साल देखि तिरो तिर्ने गरी पिता ख.रत्नबहादुरका नाममा दर्ता भएको सिरान डाँडा आवादी खेत सम्म जाने खनदको किल्लाको बाटो र सिरान डाँडा आवादी खेत देखि पूर्व महाभिरका खोला देखि पश्चिम औडारको दर्ता देखि उत्तर विश्रुकको आवादी देखि दक्षिण यति ४ किल्ला भित्रको पर्वत मालमा तिरो रु. १।६ जाने सिरान डाँडा घिम्रुकको कान्लो भन्ने जग्गा बाबुको शेषपछि अंशबण्डाबाट २ खण्ड जग्गा मेरो हक भोगको भई चलन गरी आएको थिएँ । उक्त जग्गा ०३९ सालमा नापी हुँदा विपक्षीहरु आपसमा अनाधिकार नापी दर्ता गर्न गराउने गरेकोले विपक्षी कृष्णबहादुर क्षेत्रीले दर्ता गरेको चित्रे गा.पं. वडा नं. १ कि.नं. ९२९ क्षेत्रफल ९–१–१–१ को पश्चिम पट्टिबाट ५–११–३–१ विपक्षी भोलानाथ जैसीले दर्ता गरेको ऐ.ऐ. कि.नं. ९३० को ७–७–२–३ को पश्चिमबाट ४–१५–३–० विपक्षी खड्गेश्वरी क्षेत्रीनीले दर्ता गरेको कि.नं. ६५९ को ५–१३–०–१ को पश्चिम पट्टिको क्षेत्रफल ३–१४–०–० जग्गामा विपक्षीहरुले गरेको दर्ता बदर गरी खिचोला मेटाई मेरो हक कायम गरी चलन समेत चलाई विपक्षी प्रकाश महरालाई दण्ड सजायँको १२ नं. बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादी जुक्तिजंग लामिछानेले बा.अं.अ. मा मिति ०४३।३।२२।१ मा दायर गरेको फिरादपत्र । ३. प्रस्तुत मुद्दा जग्गा सम्बन्धी भएकोले अ.बं. २९(८) आकर्षित हुन सक्ने होइन अ.बं. २९(१) ले जग्गा भएकै इलाकामा मुद्दा दायर गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको हुँदा बागमती अंचल अदालतमा दायर गरेकोले इन्साफ गर्नुपर्ने होइन खारेज हुनुपर्छ साथै म कृष्णबहादुर खड्गेश्वरीले क्रमशः ९२९, ६५९ मा बाबु बाजेका पालादेखि बाबु बाजेले र हाम्रा अंशमा हक भएका समय हाल देखि हामीले त्यस्तै म भोलानाथ जैसीले राजीनाबाट हक भएकै साल देखि अविछिन्न भोग चलन गर्दै आएको जग्गामा विपक्षीले झुठ्