निर्णय नं. ४०९० - घर भत्काई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०९० - घर भत्काई पाउँ भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०१/२३ २५३६ निर्णय नं. ४०९० ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ९७५ फैसला भएको मिति: २०४७।१।२३।१ मा पुनरावेदक/प्रतिवादी: का.न.पं. वा.नं. ४ बस्ने प्रेमकुमारी पहाडी विरुद्ध विपक्षी/वादी: का.न.पं. वा.नं. १ बस्ने साम्राज्य शमशेर ज.ब.रा.समेत मुद्दा : घर भत्काई पाउँ (१) वादी र प्रतिवादीहरुको विवादको कुरामा सो प्राप्त सबूद प्रमाणको मूल्यांकन गरी वादीको फिराद घर बनाउनेको ११ नं. को हदम्याद भित्रको नदेखिएको भनी खारेज हुने ठहर्‍याई फैसला भए उपर आफू कहाँ पुनरावेदन परी आएपछि शुरु र अञ्चल अदालतबाट भएको सबूदको मूल्यांकन ठीक छ छैन आवश्यक भए थप सबूद समेत आफैंले बुझी सो कुरामा ठहर गर्नु पर्नेमा सो घर कहिले बनेको हो वादी प्रतिवादीबाट खुलाई कानुन बमोजिम ठहर गर्नु भनी शुरु जि.अ. मा पठाउने गरेको मिलेको नदेखिएकोले म.क्षे.अ. को सो फैसला बदर हुने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/वादी तर्फबाट: विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।१।९ को फैसला उपर पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. का.न.पं. वार्ड नं. २३ कि.नं. ८६ रोपनी १ जग्गा हामीहरुको दर्ता ज्ञानबहादुरले कमाउन नसक्ने भनी छोडपत्र गरेबाट प्रतिवादी प्रेमकुमारीले कमाई आएको २०३८ साल फाल्गुण ५ गते सो जग्गामा घर बनाई रहेको बुझिएकोले सो घर भत्काई पाउँ भन्ने वादीको फिराद दावी । ३. वादीले दावी गरेको जग्गा वादीको होइन केशर शमशेरको जग्गा हो । वादीको कथन अनुसार कि.नं. ८६ को जग्गा २०३८ साल चैत्र ५ गते जग खनी घर बनाएको भन्ने कुरा असत्य हो सो जग्गामा जोडिएको कि.नं., ८७, ८८ मा घर हुने मेरो बहिनी श्रीमती मिनाकुमारी शाहलाई निजको घर मर्मत गर्दा मेरो समेत निजले खर्च लगाई मर्मत गरी निजैलाई बस्नु भनी २०३५ सालमा लिखित मन्जूरनामा दिई वडा अध्यक्षसंग २०४५।९।१५ गते स्वीकृत समेत लिई मर्मत गरी बसी आएको हो वादीको दावी झुठ्ठा हुँदा दावी खारेज गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर । ४. प्रतिवादीले पेश गरेको वडा अध्यक्षले गरी दिएको कागज तथा साक्षी बकपत्र अनुसार घर २०३५ साल अघि नै बनिसकेको भन्ने कुरालाई खण्डन गर्ने आधार नहुँदा प्रस्तुत फिराद घर बनाउनेको ११ नं. बमोजिमको म्याद १ वर्ष भित्र परेको देखिन नआएकोले इन्साफ तैकात गर्न नमिल्ने भएकोले अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको २०४०।३।१९।१ को फैसला । ५. का.जि.अ. बाट हदम्यादको प्रश्न उठाई फिराद खारेज गर्ने गरेको फैसला उपर चित्त नबुझेकोले पुनरावेदन गर्न आएका छौं । फिराद दावी अनुसार गरी पाउँ भन्ने समेतको वादीको अञ्चलमा परेको पुनरावेदन । ६. प्रतिवादीको घर २०३५ साल अगाडि नै बनी सकेको भन्ने देखिन आएबाट शुरुले मुलुकी ऐन घर बनाउनेको ११ नं. बमोजिम म्याद भित्र वादीको फिराद नपरेको भनी प्रस्तुत मुद्दा खारेज गर्ने गरेको खारेजी फैसला मिलेकै हुँदा प्रस्तुत खारेजी फैसला मनासिब छ पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. ले २०४०।१२।२३ को फैसला । ७. बा.अं.अ.