निर्णय नं. ७६१२ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६१२ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/०३/१४ २८८१ निर्णय नं.७६१२ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी सम्बत् २०६१ सालको रिट नं. ....२९७० आदेश मितिः २०६२।३।१४ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । निवेदकः ल.जि.ल.पु.उप.न.पा वडा नं. १८ बस्ने वर्ष ६१ को घनश्यामराज कर्णिकार विरुद्ध बिपक्षीः ल.पु.जि. सैवु गा.वि.स. वडा नं. ४ बस्ने अ.वर्ष ७८ को कृष्णलाल महर्जन समेत § मुलुकी ऐन अदालती वन्दोवस्तको ११० नं. वमोजिम तामेल भएको भन्ने जिकिर लिएतापनि सो म्याद वदर गराउनेतर्फ अ.वं. २०८ नं. बमोजिम कुनै प्रक्रिया नचलाई म्याद नबुझेको प्रतिवेदन पश्चात मात्र हकदावी सम्बन्धी सार्वजनिक सूचना गोरखापत्र दैनिकमा प्रकाशित भएको देखिंदा भूमिसम्बन्धी ऐनमा व्यवस्था गरेअनुसारको कार्यविधि पुरा नभएको भनी भन्न नमिल्ने । § निवेदकले नरमगरम नमिलेको सम्बन्धमा आधारयुक्त प्रमाण पेश गर्न नसकेवाट भूमिसम्बन्धी ऐनले तोकेको सम्पूर्ण कार्यविधि पुरा गरी भूमिसुधार कार्यालयबाट जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गरेको कार्यलाई कानून विपरीत भएको भन्न नमिल्ने । § मोही लागेको जग्गा जग्गाधनी र मोही वीच वांडफाँड गर्नुपर्ने अवस्था आएमा जग्गा वाँडफाँड गर्ने अधिकार भूमिसुधार कार्यालयलाई हुने । (प्रकरण नं.१५) निवदेक तर्फवाटः विद्वान अधिवक्ताद्वय शिवराज अधिकारी र पदमवहादुर श्रेष्ठ विपक्षी तर्फवाटः विद्वान सहन्यायाधीवक्ता श्री नारायणप्रसाद श्रेष्ठ, विद्वान अधिवक्ताद्वय लोकभक्त राणा र चोमराज दाहाल अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- २. ल.पु.जि. सैवु गा.वि.स. वडा नं. ३ ख को कि.नं. ११९ को क्षे.फ. ०–१२–२–० र ऐ.ऐ. को कि.नं. १२० को क्षे.फ. ०–५–१–० समेत जम्मा क्षे.फ. १–१–३–० जग्गा म निवेदकको नाउँमा दर्ता कायम भएको सो दुवै कित्ता जग्गाको मोही बिपक्षी कृष्णलाल महर्जन कायम भएकोमा बिपक्षीले बिपक्षी भूमिसुधार कार्यालय ललितपुरमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(घ) बमोजिम मोही र जग्गाधनीको बीचमा जग्गा बाँडफाँड गरिपाऊँ भनि मिति २०६०—१२—६ गते कि.नं. ११९ को क्षे.फ. ०–१२–२–० मध्ये पश्चिमतर्फवाट आधा अर्थात क्षेत्रफल ०–६–१–० (छ आना एक पैसा) जग्गा मोहीलाई र कि.नं. ११९ को बाँकी क्षे.फ. ०–६–१–० जग्गा र ऐ. को कि.नं. १२० को क्षे.फ. ०–५–१–० जग्गा जग्गाधनीलाई पुरै दिने माग दावी साथ भूमिसुधार कार्यालयमा बिपक्षी कृष्णलाल महर्जनको निवेदन दिनु भएको र सो कुरा मिति २०६०—१२—१० गतेका दिन मैले बिपक्षीको मागदावी निवेदनको नक्कल सारी लिई प्रतिवाद नगरी सो बिपक्षीको दावीलाई स्वीकार गरी वसेकोमा कुनै पनि जानकारी नआएकोले के कसो भएछ भनि मिति २०६१—४—८ गतेको दिन बिपक्षी भूमिसुधार कार्यालय गई मिसिलको नकल्ल सारी हेर्दा बिपक्षीले दावी गरे उपर मिति २०६०—१२—२७ गते बिपक्षी भूमिसुधार कार्यालयवाट मेरो नाउँमा म्याद सूचना जारी भएको रहेछ । सो म्याद सूचना मेरो घरदैलामा नआएको र वडा कार्यालयमा पनि टाँस नभई मिति २०६१—१—२८ गतेका दिन सो म्याद सूचना फिर्ता आएको रहेछ । बिपक्षीले मिति २०६१—१—२८ गते दोस्रो बाँडफाँडसम्बन्धी संशोधित निवेदन भनि मुल दावीलाई संशोधन गर्ने गरी ज.ध. लाई कि.नं. १२० को ०–५–१–० पुरै र कि.नं. ११९ को