निर्णय नं. ४०९१ - अपुताली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०९१ - अपुताली भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०२/०२ २९५९ निर्णय नं. ४०९१ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.वि.वि.नं. ५६ फैसला भएको मिति: २०४७।२।२।४ मा निवेदक/प्रतिवादी: सल्याङ खलंगा गा.पं. वा.नं. ५ बस्ने मोहनकुमारी बस्नेत विरुद्ध विपक्षी/वादी: ऐ. वा.नं. ८ बस्ने जितबहादुर विष्ट मुद्दा : अपुताली (१) मामली तर्फको भाइलाई अपुतालीको ११ नं. मा व्यवस्था भएको दाजुभाइ मान्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.हिरण्येश्वरमान प्रधान १. म.प.क्षे.अ. को २०४४।३।२४।४ को फैसलामा इन्साफ जाँचको लागि प्रतिवादीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बाट पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. जयबहादुर थापाको जेठी स्वास्नी रेवती थपेनीबाट जन्मेको जेठी मोहनकुमारी कान्छी नेवी डमेनी समेत २ बैनी छोरी मात्र जन्मेका कान्छी स्वास्नी चन्द्रकलाबाट कुनै सन्तानै नहुँदै निज मोहनकुमारीको विवाह भई २०१४ सालमा जयबहादुर थापाको र २०३८ सालमा रेवती परलोक हुनुभयो । टोपबहादुर विष्टको स्वास्नी ठगीबाट जन्मेकी छोरी चन्द्रकली र छोरा म जन्मेको भई चन्द्रकली दिदी हुनुहन्थ्यो अरु अंशियार कोही नभएकी दिदी चन्द्रकलीलाई अन्यायीवालीहरुबाट हकवाला कसैले सम्भार नगर्दा निज चन्द्रकली मेरो घरमा आई बसी बिरामी भएको अवस्था म समेतले चन्द्रकलीलाई खान लाउन दिई सेवा गरेको र दिदी चन्द्रकली २०४०।६।३० गते मरेपछि निजको काजकृया समेत गरी दिएको थिएँ । दिदी चन्द्रकलीका नाउँमा दर्ता श्रेस्ता भएको सल्यान केजरी गा.पं. वार्ड नं. ६ कि.नं. ८६८ को सिम खेत रो. ६–४–२–० मध्ये आधा रोपनी ३–२–१–० मुलुकी ऐन अपुतालीको ११ नं. बमोजिम मैले पाउनेमा पाउँदैनौ भनी २०४१।९।८ गते मलाई सुनाएका हुँदा आधा अपुताली हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मेरो पिता जयबहादुर थापाको जेठी स्वास्नी रेवतीबाट म समेत २ बहिनी छोरी मात्र भई पिता परलोक भएपछि भएको जग्गा जमीनको आयस्ताको आमा रेवती र कान्छी आमा चन्द्रकलीलाई खान लाउन प्रशस्त पुगेको थियो आमा रेवती मेरै घरमा परलोक भएकी हुन् बहिनी नेवी दाङ भएकी र कान्छी आमा चन्द्रकलीको निकट म हुँदा चन्द्रकलीलाई मैले नै हेरचार गरेकी हुँ । फिरादी भेट गर्न भनी गएकी फिरादी कै घरमा सख्त विरामी भई परलोक भएकी चन्द्रकली मर्ने अवस्था सम्म गहना नगदी समेत थियो, चन्द्रकली मरेपछि फिरादीले राखेको माग्दा नदिएकोले उजूर पर्छ भन्ने चलाकीले उजूर गरेको हो । अपुतालीको १ नं. मा ७ पुस्ता बाहिर पुरुषतर्फको हागालाई दाजुभाइ भन्ने र माइती दाजुभाइ अपुतालीको ११ नं. ले सम्बोधन नगरेको हुँदा अ.बं. ८२ नं. ले दावा नपुग्ने फिरादीको उजूर खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. प्रतिवादी नेवी डंगेनीले २०४१।१०।११ गते तामेल भएको तामेलीको म्यादभित्र प्रतिउत्तर नदिई गुजारी बसेको । ५. अपुतालीको ११ नं. मा छोरा छोरीले संभार नगरेकोमा दाजुभाइले स्याहार संभार गरे चलमा सबै र अचलमा आधा स्याहार संभार गर्ने हकवाला वा दाजुभाइले पाउने व्यवस्था भएकोले उल्लेखित कानुनी आधारबाट वादी दावीको कित्ताको आधा जग्गामा वादीको हक पुग्ने ठहर्छ भन्ने सल्यान जिल्ला अदालतको फैसला । ६. अपुतालीको ११