निर्णय नं. ८६२६ - कालोबजार केही सामाजिक अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६२६ - कालोबजार केही सामाजिक अपराध भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/११/३० ३९२४ ने.का.प. २०६८, अङ्क ०५, निर्णय नं. ८६२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की संवत् २०६४ सालको २०६४-CR- ०६४४ फैसला मितिः २०६७।११।३०।२ मुद्दाः कालोबजार केही सामाजिक अपराध । पुनरावेदक वादीः जिल्ला प्रशासन कार्यालय, झापाको पत्र जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः मित्तल सिमेन्ट इण्डष्ट्रिजका मुख्य सञ्चालक जिल्ला झापा भद्रपुर न.पा. ४ बस्ने सुरेशकुमार मित्तल शुरु निर्णय गर्नेः– प्र.जि.अ.श्री भोलाप्रसाद शिवाकोटी पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री एकराज आचार्य मा.न्या. श्री पुरुषोत्तम भण्डारी § मुद्दा दर्ता गर्ने नगर्ने सम्बन्धमा स्वीकृति लिने कार्यविधि नतोकेको अवस्थामा त्यस्तो कार्यविधि जिल्ला सरकारी वकीलबाट नै निर्धारण र कार्यान्वयन हुने मान्नुपर्ने । § मुद्दा दायर गर्न स्वीकृति दिने अधिकारी र मुद्दा चलाउन निर्णय गर्ने अधिकारी एकै व्यक्ति वा कार्यालयलाई तोकिएको अवस्थामा तथा दुबै कार्यको परिणाम एकै हुने देखिएकाले आफैले आफैंसँग स्वीकृति लिनु पर्छ भन्न नमिल्ने । § मुद्दा चलाउने निर्णय गर्दाको निर्णयमा मुद्दा दायर गर्ने स्वीकृति अप्रत्यक्ष रुपमा निहीत (Indirectly Implied) रहेकाले मुद्दा दायर गर्न स्वीकृति दिने अधिकारी र मुद्दा चलाउन निर्णय गर्ने अधिकारी एकै व्यक्ति रहेको र मुद्दा चलाउन स्वीकृति दिने अधिकारीबाट नै मुद्दा दायर भएको अवस्थामा कालो बजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा १४(१) बमोजिम स्वीकृति नलिएको आधारमा मात्र अभियोग खारेज गर्न नमिल्ने । (प्रकरण नं.५) वादी पुनरावेदक तर्फबाटः विद्वान उपन्यायधिवक्ता खेमराज ज्ञवाली प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री विश्वप्रकाश सिग्देल, श्री रुद्रप्रसाद पाखरेल, श्री हरेकृष्ण कायस्थ अवलम्बित नजीरः सम्बद्ध कानूनः § कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६, ९, १४(१), १५(१), २० फैसला न्या.वैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मिति २०६२।४।२५ गते झापा चन्द्रगढीस्थित मित्तल सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. बाट उत्पादन भएको पशुपति दि सुपर विल्डर ब्राण्डको NS चिन्ह प्राप्त सिमेन्ट मिति २०६२।३।१ गतेमा उद्योगबाट भरिएको उद्योगले सिलाई गरेको बोरा लिई मिति २०६२।३।५ गतेमा उद्योगको प्रतिनिधिको रोहबरमा शिलबन्द गरी नमूना परीक्षण गर्न गुणस्तर तथा नापतौल विभाग, बालाजु काठमाडौ पठाइएकोमा उक्त सिमेन्ट परीक्षण गर्दा गुणस्तरयुक्त नभएको भनी परीक्षण नतिजा प्राप्त भएकोले उक्त उद्योगले कम गुणस्तरको सिमेन्ट उत्पादन गरी गुणस्तरीय सिमेन्ट हो भनी बिक्री वितरण समेत गरेको पाइएकोले उक्त उद्योगलाई कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत कारवाहीका लागि पेश गरेको छु भन्ने निरीक्षण अधिकृत रामबहादुर कुरुम्वाङ्गको प्रतिवेदन । मिति २०६२।३।६ च.नं. ९३६ को पत्रबाट गुणस्तर तथा नाप तौल विभाग, बालाजु, काठमाडौँलाई शिलबन्दी भएको भाँडो संख्या २ सिमेन्ट १०/१० के.जी. सांकेतिक संख्या ३९९, ३७७ प्लाष्टिकको भाँडोमा प्याकिङ्ग गरिएको मिति २०६२।३।१ गते नमूना लिएको बस्तुको गुणस्तर परीक्षण ग