निर्णय नं. ७६१३ - दोहोरो लिखत दर्ता बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६१३ - दोहोरो लिखत दर्ता बदर । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१०/१७ ३२३२ निर्णय नं.७६१३ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्बत् २०५९ सालको दे.पु.नं.८९९६ फैसला मितिः २०६२।१०।१७।२ मुद्दा : दोहोरो लिखत दर्ता बदर । पुनरावेदक /प्रतिवादीः मोरङ जिल्ला भौडाही गा.वि.स.वडा नं.१ बस्ने कमलेश विश्वास थारु बिरुद्ध विपक्षी वादीः ऐ.ऐ.कटहरी गा.वि.स.वडा नं.३ बस्ने लालवती विश्वास थारु § हकै नपुगेको जग्गा दाताले अरु व्यक्तिलाई हालैदेखिको वकसपत्र( को लिखत गरिदिएपनि सो लिखत बदरमा दावी गर्न वादीको हकदैया नपुग्ने । (प्रकरण नं. १३) § शेषपछिको बकसपत्रको लिखत दाताले चाहेमा आफ्नो जीवनकालभरी जहिलेसुकैपनि बदर गराउनसक्ने । § शेषपछिको वकसपत्रमा उल्लेखित सम्पत्तिमा दाताको जीवन रहेसम्म पाउनेको हक प्राप्त हुनसक्ने अवस्था नभएकोले दाताले कुन समयमा शेषपछिको बकसपत्र बदर गराएको हो सो कुराले तात्विक असर नपार्ने । (प्रकरण नं. १४) § हालैदेखिको बकसपत्रको लिखत तत्कालै क्रियाशील हुने भएकोले लेनदेन व्यवहारको २७ नं. को कानूनी व्यवस्थाबमोजिम समेत वादीले प्राप्त गरेको लिखत भन्दा प्रतिवादीले प्राप्त गरेको लिखतले प्राथमिकता र कानूनी मान्यता प्राप्त गर्ने । (प्रकरण नं.१५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री हरिकृष्ण काकी विपक्षी वादी तर्फवाटः विद्धान अधिवक्ता श्री महम्मद इद्रीस अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत विराटनगरको २०५४।६।२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा दोहोराउने निस्सा प्राप्त भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. विपक्षी चमरु विश्वासको २ छोरा जेठो वंगाली लाल र कान्छा पुरनलाल विश्वास भएकोमा वंगालीको जेठो छोरा गणेश विश्वासको म पत्नी भई चमरुको म नातिनी वुहारी भएकी, चमरुले आफ्ना छोराहरुलाई २०३८।१।१२ गते अंशवण्डा पारित गरी दिनु भएको, चमरु विश्वास दर्ता रहेको झापा वैजनाथपुर गा.वि.स.वडा नं.८(ख) कि.नं.१७५ को ०–१७–१७ जग्गा म नातिनी बुहारीलाई २०४७।८।१७ गते पारित गरी दिनु भएको कुरा कमलेश समेतलाई जानकारी भइरहेको, चमरुले म वादीलाई २०४७।८।१७ मा गरिदिएको शेषपछिको बकसपत्रमा उल्लेखित जग्गा प्रतिवादी चमरुले प्रतिवादी मध्येका कमलेशलाई लिखत गरी दिनु भएको कुरा सुनीपत्रा लगाउँदा मलाई बकसपत्र गरी दिएको कुरा गुम गरी जालसाजी व्यहोराबाट प्रतिवादीहरुले मिलोमतो गरी मलाई बकसपत्र गरी दिनु भएको जग्गा दोहोरो पारी प्रतिवादी कमलेश विश्वासलाई २०५२।६।३० मा लिखत गरी लिनु दिनु गरेको कुरा २०५२।७।१४ मा नक्कल लिंदा जानकारी हुन आएकोले उल्लेखित तवरबाट दोहोरो पारी कानून विपरीत २०५२।६।३०मा पारित गरी लिनु दिनु गर्नु भएको लिखत र सो लिखतको आधारमा प्रतिवादी कमलेश विश्वासका नाममा दर्ता भएको जग्गाको दर्ता समेत बदर गरिपाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षीले म चमरुलाई ललाई फकाई स्याहार सम्भार गरी पाल्छु भनी विश्वास दिलाई जग्गा शेषपछिको बकसपत्र गरी दिनु होस् भनेको हुँदा विश्वासमा परी दावीको कि.नं.१७५ को जग्गा मेरा नामबाट २०४७।८।१७ मा शेषपछिको वकसपत्र गरी दिएपछि विपक्षीले मलाई स्याहार सम्भार हेरविचार समेत कुनै कुरा नगरेको हुँदा दावीको उक्त जग्गा र