निर्णय नं. ७६१४ - लेनदेन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६१४ - लेनदेन । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१०/२४ ४१५६ निर्णय नं.७६१४ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा संवत् २०५५ सालको दे.पु.नं.४८९०,५०३३, ५०३४ फैसला मितिः २०६२।१०।२४।२ मुद्दा :– लेनदेन । पुनरावेदक/प्रतिवादीः काठमाडौं जि.का.म.न.पा.वडा नं.२२ धर्मपथ स्थित नेपाल बैंक लिमिटेड प्रधान कार्यालयकोतर्फवाट अख्तियारप्राप्त ऐ.का महाप्रबन्धक गौरीलाल श्रेष्ठ विरुद्ध प्रत्यर्थी /वादीः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.५ मानभवन स्थित तुलसीमेहर युनेस्को क्लबका अध्यक्ष रुद्रलाल मुल्मी पुनरावेदक / वादी ललितपुर जिल्ला ललितपुर उपमहानगर पालिका वडा नं . ५ मानभवन स्थित तुलसीमेहर युनेस्को क्लबका अध्यक्ष रुद्रलाल मुल्मी विरुद्ध प्रत्यर्थी / प्रतिवादीः काठमाडौं जि.का.म.न.वा.नं.११ स्थित नेपाल चर्खा प्रचारक गांधी स्मारक महागुठी समेत पुनरावेदक/प्रतिवादी काठमाडौं जि.का.म.न.पा.वडा नं.११ स्थित नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीको तर्फवाट मुद्दा गर्ने अख्तियार प्राप्त ऐ.का उपाध्यक्ष दिर्घराज कोइराला विरुद्ध प्रत्यर्थी/वादी जिल्ला ललितपुर ललितपुर उपमहानगरपालिका वडा नं.५ मानभवन स्थित तुलसीमेहर युनेस्को क्लबको अध्यक्ष रुद्रलाल मुल्मी § वादीले पाउने गरी पठाइएको रकममा कानूनी हक अधिकार विना विपक्षीले कव्जा गरेको हुंदा सो रकममा हककायम गराई दिलाईभराई पाउँ भन्ने वादी दावी लेनदेन व्यवहारको महल अन्तरगतको विषय नहुंदा ऐ महलको ४० नं को हदम्याद आकर्षित हुने भन्न नमिल्ने । (प्रकरण नं. २१) § वादी मातृसंस्थाबाट हटेपनि निजले दावी गरेको रकम खर्च गरिने संस्थाको लक्ष्य पनि मातृसंस्थाकै समान देखिएको अवस्थामा वादी कुन हैसियतले जापान गएका थिए भन्ने कुराले मात्र सम्पादित काम निश्चित नहुने तथा कार्य परिणाम र प्रकृतिवाटै सम्बन्धित तथ्यको निरोपण र निष्कर्ष निकाल्नुपर्ने हुंदा पुनरावेदक वादीको उक्त रकममा हक नलाग्ने भन्न नमिल्ने । § रकम पठाउदाको समयमानै दाताको इरादा के हो ? सोअनुसार अर्थ निकाल्नु पर्दछ । पछिको व्यवहार र पत्राचारले खास अर्थ राख्न हुँदैन । एउटै विषयका सम्बन्धमा पहिले एउटा कुरा र पछि अर्को कुरा भन्दा तथ्यमा अनिश्चितता र अप्ठ्यारो स्थिती सिर्जना हुनजान्छ । यसकारणवाट आश्रमको खातामा आएको रकममा महिला आश्रमको समेत हक नलाग्ने भन्न नमिल्ने । § सम्झौता गर्दा वादी रुद्रलाल मुल्मी पक्ष रहेको र रकम पठाउदा महिला आश्रम रुद्रलाल मुल्मी समेत उल्लेखभै उक्त रकम आश्रमको खातामा जम्मा भएको देखिएको र रकम पठाउदा दुवैको नाम उल्लेख गरिएको अवस्थामा वादीदावीको रु.८६,७१,७२१।९४ मा वादीको मात्र हक लाग्ने भन्न नमिल्ने । (प्रकरण नं.२४) § वादी प्रतिवादीवीच व्याज लिनेदिने गरी लिखतभै लेनदेन नभएको र दाताले सहयोगस्वरुप प्रदान गरिएको रकममा विवाद उठी हककायम हुनेसम्मको कुरामात्र हुंदा व्याजतर्फको वादीदावी पुग्न नसक्ने भनी पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म मिलेकै देखिने । (प्रकरण नं. २७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताहरु शुसिल पन्त, हरिहर दाहाल र प्रचण्ड प्रधान प्रत्यर्थी वादी तर्फवाटिःविद्धान वरिष्ठ अधिवक्ताहरु विपुलेन्द्र चक्रवर्ती र विश्वकान्त मैनाली तथा विद्धान अधिवक्ताहरु शम्भु थापा र रामजी मैनाली अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः शुरु फैसला उल्टी हुने ठहरी भए