निर्णय नं. ७६१५ - अंश दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६१५ - अंश दर्ता । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१०/०५ ३४३३ निर्णय नं.७६१५ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिजंग सिजापति माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्बत् २०५९ सालको दे.पु.नं. ....९०५३ फैसला मितिः २०६२।१०।५।४ मुद्दा :– अंश दर्ता । पुनरावेदक/वादीः वावुलाल पंजियारको मु.स. गर्ने पर्सा जिल्ला मधुवन मथौल वडा नं.४ वस्ने महेश पंजियार विरुद्ध प्रत्यर्थी/ प्रतिवादीः पर्सा जिल्ला पटेर्वा सुगौली वडा नं. ६ मा वस्ने वावुदत्त पंजियार समेत § वादी प्रतिवादीले आआफ्नो सम्पत्ति स्वतन्त्र रुपमा विक्री व्यवहार गरेको देखिएवाट निजहरु एकासंगोलमै रहेका र अंशवण्डा हुनुपर्ने अवस्था नदेखिने । (प्रकरण नं.१५) § मुल पूर्खादेखि नै वण्डा गर्नुपर्ने प्रकृतिको सम्पत्ति नदेखिएको अवस्थामा छुट्टाछुट्टै वसी छुट्टाछुट्टै भोग विक्री व्यवहारवाट प्राप्त सम्पत्तिलाई अवण्डा वा सगोलको मान्न नमिल्ने। (प्रकरण नं.१६) § वादी प्रतिवादीवाट पेश भएको तायदाती विवरण र दर्ता श्रेस्ता समेतवाट दुवैपक्षका नाउंमा जग्गाहरु दर्ता रहेको देखिंदा त्यसवाट समेत यिनीहरु सम्पत्तिविहिनको अवस्थामा रहेको भन्न नमिल्ने । (प्रकरण नं.१७) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्धान अधिवक्तात्रय श्री प्रकाश वस्ती, श्री शालिकराम पाण्डे र श्री नन्दप्रसाद अधिकारी अवलम्वित नजीरः आदेश न्या.हरिजंग सिजापतीः पुनरावेदन अदालत हेटौंडाबाट ०५६।२।२५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) वमोजिम वादीको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र यस अदालतको ठहर यसप्रकार रहेको छः– २. मुल पुर्खा कोलाई पंजियारको २ जना छोराहरुमा जेठो अनुप पंजियार र कान्छा मेरो वुवा महादेव पंजियार हुन् । जेठा वावु अनुप पंजियारको २ जना छोराहरुमा जेठा लक्ष्मी पंजियार हनु र कान्छा बिपक्षी वावुदत्त पंजियार हुन् । महादेव पंजियारको छोरा म वादी वावुलाल पंजियार हुँ । लक्ष्मी पंजियारको कुनै सन्तान छैनन् । बिपक्षी वावुदत्त पंजियारको एक मात्र छोरा बिपक्षी केशव पंजियार हुन् । बाजे कोलाई पंजियार, निजकी श्रीमती, जेठा वुवा, अनुप पंजियार र निजकी श्रीमती, लक्ष्मी पंजियार र मेरो वुवा महादेव पजियार र आमा सहौनी देवीको मृत्यू भै सकेको छ । पैत्रीक सम्पत्ति बिपक्षीहरुकै जिम्मामा छोडी म आफ्नो आमाको वुवाको घर जि.पर्सा गा.वि.स. मधुवन मथौल वडा नं. ४ औरोहामा वसोबास गर्दे आएको तथा समय समयमा आफ्नो गाउँ घरमा आई खेतीपातीको काम गर्दे आएको थिएँ । २०४२ साल आषाढ ५ गतेको दिन आफ्नो गाउँ घरमा आई बिपक्षीरुलाई जम्मा भेला गरी मेरो हुने अंश हक छुट्याई दिनुस् भनी बिपक्षीहरुलाई भन्दा बिपक्षीहरुले मेरो अंश हक दिन इन्कार गर्नु भएको हुँदा हाम्रो वीचमा चुलो मानो छुटेको कुनै लिखत प्रमाण नभएकोले फिराद परेको अघिल्लो दिनलाई चुलो मानो छुटेको मिति कायम गरी चल अचल श्रीसम्पत्तिको बिपक्षीहरुवाट तायदाती लिई २ खण्डको १ खण्ड मेरो अंश हक छुट्याई मेरो नाउंमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादी दावी वमोजिम बिपक्षीहरुले हामी संग अंश हक पाउनु पर्ने होइन, छैन । बिपक्षी वादी तथा म प्रतिावदी वावुदत्त पंजियारको छुट्टा छुट्टै १ नं. र ७ नं.फांटवारी भरिएको छ । बिपक