निर्णय नं. ७६१६ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६१६ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/०५/२८ २६५९ निर्णय नं.७६१६ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्वत २०५८ सालको रिट नि.नं. ३७२५ आदेश मितिः २०६२।५।२८।२ मुद्दा :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला सप्तरी पकली गा.वि.स. वडा नं. ९ घर भै प्रहरी सेवाको प्र.स.नि. पदबाट हटाइएका जगदीशप्रसाद यादव विरुद्ध प्रत्यर्थीः प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौं समेत § कानून पालना गर्ने र कानून उल्लंघन गर्न नदिनु प्रत्येक प्रहरी कर्मचारीको कानूनी कर्तव्य हुने । § विदेश पठाउँछु भनी रकम असुल गर्ने गैरकानूनी कार्य हुनुका साथै राष्ट्रसेवकको लागि पद अनुसारको आचरण विपरीतको फौजदारी अपराध समेत हुनसक्ने । § प्रहरीको काम नागरिकको रक्षा गर्ने हो । नागरिकहरुसंग प्रहरीको जस्तो कानूनी अधिकार हुदैन । नागरिकहरुको विरुद्ध कसैले अपराधिक काम गरेमा त्यसरी अपराधिक कार्य गर्नेलाई पक्रि कानूनवमोजिम सजाय गर्न अभियोजन लगाई मुद्दा चलाउने अधिकारले प्रहरी सम्पन्न हुने । § प्रहरीमा Enroll भएपछि प्रहरीले पाएको नियुक्तिपत्र सपथग्रहण र उर्दीको पोशाकले प्रहरीलाई ठूलो ताकत शक्ति र अधिकार सम्पन्न वनाउंछ । प्रहरीले पाएको त्यस्तो ताकत शक्ति र अधिकार साधारण नागरिकको संरक्षणको लागि हो । निवेदकले कानूनवमोजिम आफूले पाएको त्यस्तो अधिकार नागरिकको हक संरक्षणमा लगाउनुको वदला दुरुपयोग गरी नागरिकलाई हैरानी गर्ने निवेदकलाई पदमा वस्ने कुनै अधिकार नहुने । § निवेदकलाई कानूनमा तोकिएको अख्तियारवालाबाट स्पष्टीकरण माग गरी सोमा निवेदक सावित भएको आधारमा कानूनको रीत पुर्याई गरेको कारवाही मिलेकै देखिदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं.९) निवदेक तर्फवाटः प्रत्यर्थी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृत वस्नेत अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यसप्रकार छ :– २. म निवेदकसँग प्रहरी प्रधान कार्यालयको कानून शाखाको मिति ०५७।४।४ को प्रत्यर्थी नायब महानिरीक्षकज्यूद्वारा हस्ताक्षरित पत्रबाट तपाइले युरी कुमार राईलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रु. ७०,०००।– लिएको र समयमा रकम नदिएकोले दिलाई पाउँ भनी यस कार्यालयमा निवेदन दिए पश्चात आफूले लिएको साँवा चुक्ता गरेको, यसैगरी तपाइले नेपाल आँखा अस्पतालमा कार्यरत मञ्जु शाक्य समेतलाई अमेरिका जाने भिसा मिलाईदिन्छु भनी रकम लिएको भन्ने सम्बन्धमा तपाईलाई बुझ्दा तपाइले लिएको रकम फिर्ता गरेको पाइएकोले आफ्नो पद अनुसार जिम्मेवारी एवं दायित्व पूरा गर्नुभएको नपाइएकोले तपाईलाई प्रहरी नियमावली, २०४९ को नियम ८८(ङ) को कसूरमा ऐ. नियमावलीको नियम ८४(६) बमोजिम किन कारवाही नगर्ने ? स्पष्टीकरण पेश गर्नु भनी माग गरिएकोमा यथार्थ व्यहोरा खोली मिति ०५७।४।५ मा स्पष्टीकरण पेश गरेको थिएँ । घ.च.नं. १३ मिति ०५७।४।५ को बोधार्थ पत्रबाट प्र.स.नि. जगदीश प्रसाद यादवले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम लिएको भन्ने सम्बन्धमा कारवाही हुँदा प्रहरी नियमावली, २०४९ बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने भनी प्रहरी नायब महानिरीषकबाट मिति ०५७।४।५ मा निर्णय भएको उल्लेख रहेछ । उक्त