निर्णय नं. ७६१९ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६१९ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/२५ ३३७५ निर्णय नं.७६१९ ने.का.प. २०६२ अङ्क ११ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्बत् २०६२ सालको रिट नं. ....५५ आदेश मितिः २०६२।११।२५।५ बिषयः– उत्प्रेषण परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाऊँ । निवेदकः महोत्तरी जिल्ला वथनाहा गा.वि.स. वडा नं. ३ बस्ने वर्ष ४२ को बिजयकुमार झा समेत विरुद्ध विपक्षीः स्वास्थ्य मन्त्रालय समेत § विधायिकाद्वारा प्रत्यायोजन गरिएको अधिकार प्रयोग गरी वनेको नियमावली वा सो मा भएको संशोधनवाट कुनै व्यक्ति वा व्यक्ति समूहलाई केही कुराबाट प्रभाव परेको कारणबाट मात्र संशोधित कार्य संबिधान प्रतिकूल रहेको भन्ने अर्थ गर्न नमिल्ने । § विवादित संशोधित व्यवस्था लागु भए उप्रान्त निवेदक जस्ता सवै कर्मचारीहरुलाई समान रुपले लागु हुने हुंदा निवेदकहरुले जिकिर लिएजस्तो असमान व्यवहार गरिएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिने । (प्रकरण नं.७) § कुन पदमा कुन कुन तह रहने वा कुन कुन तहमा कुन कुन पद रहने भन्ने कुराको निर्धारण कुनै व्यक्ति विशेषको इच्छा र चाहना अनुरुप हुने होइन । त्यो विद्यमान कानूनी व्यवस्थाद्वारा निर्देशित र नियन्त्रित हुने । (प्रकरण नं.८) § संशोधित व्यवस्थाले नयाँ अवस्थाको श्रृजना गरी सकेको अवस्थामा पूरानै कानूनी व्यवस्था अनुसार हुनुपर्ने भन्ने दावी कानूनसम्मत नदेखिने । (प्रकरण नं.९) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रामकृष्ण भण्डारी विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजीरः आदेश न्या.वद्रीकुमार वस्नेतः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यस प्रकार छ : – २. हामी निवेदकहरु निजामती सेवा ऐन, २०४९ को दफा ३ र ४ वमोजिम राजपत्र अनंकित द्धितीय श्रेणी (प्रा) अ.हेव.पदमा कार्यरत रही आएको व्यक्ति हौं । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू भएपछि नेपाल स्वास्थ्य सेवाका जुन जुन समूह उपसमूहमा कार्यरत रही आएको हो त्यसमा परिवतित भएका थियौं । सो ऐनको दफा ९०(क)(५) मा ३ बर्ष भन्दा कम सेवा अवधीभएका द्धितीय श्रेणीलाई सहायक चौथो तहमा तथा ९०(क)(६) मा ३ वर्ष सेवा अवधी पूरा भएका द्धितीय श्रेणीका कर्मचारीलाई सहायक पाँचौ तहमा श्रेणी र तह मिलान गर्ने व्यवस्था भएअनुसार निवेदकहरुको ३ बर्ष सेवा अवधी पूरा भएकोमा स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७ र ८१ संग सम्बन्धित अनुसूची ३ हेल्थ इन्सपेक्सन समूहको सहायक पाँचौ तह सि.अ.हे.व. पदमा श्रेणी र तह मिलान गरिएन । हामी निवेदकहरुको स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६ ले तोकेको योग्यता तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ८,१५ वमोमिजको न्यूनतम् योग्यता पूरा भएको हुंदा सि.अ.हे.व. पदमा मिलान नगरिएको नियमावलीको व्यवस्था विपरीत छ । हामी निवेदक सरहका समान योग्यता पुगेका समान प्रकृतिका वीच समान कानूनको प्रयोग नभई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) ले प्रदत्त समानताको हकवाट वन्चित हुन पुगेको छ । ३. त्यसै गरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९० (क( (६) ले तोकेको अवधी पुगेका सम्पूर्ण कर्मचारीलाई श्रेणी र तह मिलान गर्ने गरी मिति २०५४।२।१४ देखि लागू हुने भनी गरेको नि