निर्णय नं. ७६२० - छुट जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६२० - छुट जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाउँ । भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/०२/१८ ७४०५ निर्णय नं.७६२० ने.का.प. २०६२ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्वत २०५५ सालको फौ.पु.नं.४२८७ फैसला मितिः २०६२।२।१८।४ मुद्दाः— छुट जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाउँ । पुनरावेदक/प्रतिवादीः जिल्ला वन कार्यालय, सुनसरीको पत्रले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी /वादीः मोरङ्ग जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं.२ बस्ने भैरवप्रसाद दंगाल § मालपोत कार्यालय सुनसरीले निवेदकको मागबमोजिम छुट दर्ता गर्न नमिल्ने भई निवेदन खारेज गर्दाको अवस्थामा त्यस्तो निर्णय उपरको पुनरावेदन दर्ता गरी सम्वन्धित बिवादमा प्रमणको मुल्याङ्कन गरी पक्ष बिपक्षको बिवादको बिषयमा बिवादको निरुपण गर्न पुनरावेदन अदालतलाई सारभूत रुपमा क्षेत्राधिकार प्राप्त भएको नदेखिने । § पुनरावेदन सुन्ने अधिकार नै नभएकोमा अधिकार क्षेत्र ग्रहण गरी निवेदकको पुनरावेदन सुनि सो अनुसार उकास जग्गा दर्ता गर्ने गरी गरेको पुनरावेदन अदालत, पाटनको निर्णय अधिकार क्षेत्रात्मक रुपमा त्रुटि हुने भन्ने परिप्रेक्ष्यमा पुनरावेदन सुन्ने अधिकार नै नभएको अवस्थामा पुनरावेदनको क्षेत्राधिकार ग्रहण गरी निवेदकको माग दावी बमोजिम बिवादित जग्गाहरू निवेदकका नाममा दर्ता समेत हुने ठहर्याएको पुनरावेदन अदालतको निर्णय कानूनसम्मत मान्न नसकिने । (प्रकरण नं.२०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री खिलनाथ रेग्मी प्रत्यर्थी वादी तर्फवाटः उपस्थित विद्वान अधिवक्ता श्री भेषराज न्यौपाने अवलम्वित नजीरः ने.का.प.२०५३, नि.नं.६२२५, पृ.५४७ फैसला न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, विराटनगरको फैसला उपर यस अदालतमा पर्न आएको पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुंदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- २. हाम्रो साविक लालकोट संगमहल मौजामा रै.नं.९ मा तेज कृष्ण दंगालका नाउँमा साविक नम्बरी हाल बराह क्षेत्र गा.बि.स.वडा नं.१ म पर्ने चतरा गा.बि.स.साविक वडा नं.२ मा पर्ने चतरा गा.बि.स.साविक वडा नं.२(ख) कि.नं.६५,६३ नं.मा नापी हुँदा उपस्थित हुन नसकि सही छाप छुट भएको र ज.ध.प्र.पुर्जा लिन बाँकी हुँदा ७ नं.नापी गोश्वारा ३ नै नापी टोलीमा कारवाही चलाएकोमा भु.प्र.का.मा गै कारवाही गरी लिनु भनि ०२८।१।२२।४ मा सूचना दिएकोमा हालसम्म केही कारवाही नभएकोले २०२६ सालको २ नं.रसिद र हाल बराहक्षेत्र गा.बि.स.को सिफारिस ७ नं.नापी गोश्वारा र ३ नं.नापी टोलीको ०२८।१।२२ को सूचना समेत यसै साथ पेश गरेको छु । तेजकृष्णको मृत्यु भएकोले हाम्रो हक लाग्ने हुँदा हाम्रो नाउँमा नामसारी दर्ता गरी ज.ध.प्र.पुर्जा पाउँ भनि समेत व्यहोराको मालपोत कार्यालय, सुनसरीमा दिएको द.नं.१९९३ मिति २०३८।१०।१३ को तेज कृष्ण दंगालको भाई भैरवप्रसाद दंगाल र छोरा दिनेश, वादल, दिपक दंगाल समेतको वा परशुराम दंगालको निवेदन दावी । ३. सम्वन्धित पक्षले श्री ५ माहाराजाधिराजका जुनाफमा चढाएको बिन्तिपत्र सम्माननीय प्रधान मन्त्रीज्यू समेत समक्ष परशुराम दंगालले दिनु भएको निवेदनमा भै रहेको प्रचलित ऐन कानून एवं निति निदेृशन अनुसार कारवाही गरी दिने भनि बिन्ति पत्र तथा निवेदनहरू प्राप्त भै मिसिल संलग्न रहेको । ४. उक्त चतरा गा.बि.स.वडा नं.२(ख) को कि.नं.६५ मध्