निर्णय नं. ८७४४ - रकम दिलाई भराई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७४४ - रकम दिलाई भराई पाऊँ भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०८/२२ ६६०० ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७४४ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश डा. श्री भरतबहादुर कार्की दे.पु.नं.२०६७–DF-०००१, ०००२, ०००३ फैसला मितिः २०६८।८।२२ मुद्दा :— रकम दिलाई भराई पाऊँ । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ नयाँ बानेश्वर स्थित नमस्ते ट्राभल्स प्रा.लि.का अध्यक्ष महेन्द्रमान श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा न १३ ताहाचल स्थित ए.सि. गार्मेन्ट पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ नयाँ बानेश्वर स्थित नमस्ते ट्राभल्स प्रा.लि. विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल स्थित ए.सि. गार्मेन्ट पुनरावेदक वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल स्थित ए.सी गार्मेण्टको तर्फबाट ऐ.का प्रोपराइटर अशोककुमार अग्रवाल विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ नयाँ बानेश्वर स्थित नमस्ते ट्राभल्स प्रा.लि. शुरु फैसला गर्नेः मा.जि.न्या.श्री वीरसिंह महरा पुनरावेदन फैसला गर्ने मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री जगदीश शर्मा पौडेल यस अदालतको संयुक्त इजलासः मा.न्या.श्री गौरी ढकाल मा.न्या.श्री ताहिर अली अन्सारी § हदम्यादको विषय मुद्दाको कुनै पक्षले आफ्नो इच्छाअनुकूल संकुचित वा विस्तार गर्ने विषय नभई यो विशुद्ध विधायिकी कानूनद्वारा निर्दिष्ट कानूनी हक भएकाले यस्तो हकलाई कुनै पक्षको अनुकूल वा प्रतिकूल हुने गरी व्याख्या गर्न नमिल्ने । § कानूनमा हदम्यादको विषय जे जुन रुपमा र जसरी प्रयुक्त भएको छ, अदालतले पनि सो सम्बन्धी कानूनी प्रावधानको व्याख्या कानूनी शब्दको अर्थ र उद्देश्यअनुरूप मात्रै गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा एवं विद्वान अधिवक्ताहरू तिलकविक्रम पाण्डे, शिव रिजाल, योगेन्द्र बस्नेत र डिल्लीराज भण्डारी पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय लोकभक्त राणा र श्यामकृष्ण श्रेष्ठ अवलम्बित नजीरः सम्बद्ध कानूनः § करार ऐन, २०२३ को दफा १८(२) को (ग) फैसला प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, पाटनको मिति २०६३।५।१९ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षबाट पुनरावेदन परी यस अदालतको संयुक्त इजलाससमक्ष पेश भै मिति २०६७।२।१ मा फैसला हुँदा सो इजलासका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः– फिरादी कम्पनीको कारोवारको सिलसिलामा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित एप्परल्स विंड नामक कम्पनीलाई यु.एस. डलर ४१८९५। बराबरको यस कम्पनीको उत्पादन विक्री गर्ने र यसरी विक्री गर्दा अन्तर्राष्ट्रिय व्यापारमा प्रचलित पद्धतिबमोजिम एल.सि.भङ्ग गर्न नसकिने प्रतीतपत्रको माध्यमबाट कारोवार गर्ने टुङ्गो भएको थियो । सो बमोजिम ACG-05, 06, 07, 08. 13197 का इन्भ्वाइसहरू अन्तरगतका सामानहरू विपक्षी नमस्ते ट्राभल्समार्फत् प्रेषित गर्ने उद्देश्य यस कम्पनीले विपक्षी कम्पनीमा बुझाई सो कम्पनीबाट रीतपूर्वकको Freight cargo receipt प्राप्त गरेको थियो । ज