निर्णय नं. ७९२६ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९२६ - उत्प्रेषण समेत भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/१२/१४ ३४३६ निर्णय नं.७९२६ ने.का.प. २०६५ अङ्क २ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायधीश श्री गौरी ढकाल सम्बत् २०६३ सालको रिट नं.: ०६३–WS–००४५ आदेश मितिः २०६४।१२।१४।५ विषयः– उत्प्रेषण समेत । निवेदकः काभ्रेपलाञ्चोक जिल्ला खरेलथोक गा.वि.स.वडा नं. ४ खरेलथोक वस्ने अधिवक्ता अच्युतप्रसाद खरेल विरुद्ध बिपक्षीः प्रधानमन्त्री तथा मत्रिपरिषद्को कार्यालय, सिहदरवार, काठमाडौं समेत § कुनै पनि कानूनको अर्थ र व्याख्या गर्दा सहज र स्वाभाविक अर्थवोध हुने गरी सकारात्मक रुपमा अर्थ लगाई व्याख्या गर्नुपर्ने । (प्रकरण नं.४) § समग्र कानूनी व्यवस्थामध्ये बीचबाट एक दुईवटा शब्द टिपेर समग्र कानूनी संरचना र कुनै दफाको गलत अर्थवोध र भाव दिने गरी गलत अर्थ र व्याख्या गर्न नहुने । § निवेदकले कुनै पनि कानूनी प्रश्नमा अदालतलाई सहयोग गर्नुपर्नेमा सम्बन्धित कानूनी व्यवस्थालाई समग्रतामा नहेरी त्यसभित्रको निश्चित अंश मात्र उद्धृत गरी त्यसको आफूखुशी अर्थ लगाई संविधान प्रतिकूल रहेको भनी अमान्य र वदर घोषितको माग गर्न नसक्ने । § वेरितसँग थुन्दाको ६ नं. ले यातनालाई दण्डनीय बनाएको र यातना दिनेवाट असूल भएको जरिवानाबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था गरेको हुँदा सो प्रावधान नेपालको अन्तरिम संविधान, २०६३ को धारा २६ द्वारा प्रदत्त यातना विरुद्धको हकका साथै नेपाल पक्ष रहेका नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र र यातना तथा अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा दण्ड विरुद्धको महासन्धि समेतको प्रतिकूल रहे भएको भन्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फवाटः विद्वान अधिवक्ता अच्यूतप्रसाद खरेल विपक्षी तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७(१) र (२) वमोजिम यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- मुलुकी ऐन, वेरितसँग थुन्दाको महलमा अन्नपानी बन्द गरी थुन्ने, थुन्दा नेल चमोट हाली वा ठिंगुरा ठोकी थुन्ने, हतकडी एवं गलफन्दी हाली थुन्ने जस्ता यातनापूर्ण, अमानवीय एवं क्रुर प्रकृतिको व्यवहारलाई फौजदारी कानूनको बिषय बनाई दण्डनीय गराइएको भएतापनि उक्त यातनापूर्ण तथा अमानवीय एवं क्रुर प्रकृतिको व्यवहारबाट पीडित भएको व्यक्तिले क्षतिपूर्ति पाउने कुराको उल्लेखै नगरी उक्त बेरितसँग थुन्दाको महलको ६ नं. मा थुन्नेवाट असुल भएको जरिवानाको अन्नपानी खान दिई थुनेको भए तीन खण्डको एक खण्ड र अन्नपानी खान नदिई थुनेको भए आधा थुनाई माग्नेलाई भराई दिनु पर्छ भनी एकातिर अन्नपानी खान नदिई थुन्ने जस्तो यातनापूर्ण, क्रुर एवं अमानवीय व्यवहारवाट पीडित भएको व्यक्तिले पीडकबाट अर्थात् यातनापूर्ण तवरले थुनामा राख्नेवाट क्षतिपूर्ति भराई लिन पाउने कुरालाई इन्कार गरेको छ भने अर्कोतिर सिद्धान्ततः पीडितले पीडकवाट क्षतिपूर्ति भराई लिन पाउने फौजदारी न्यायको मान्य सिद्धान्तलाई पूर्णतः इन्कार गर्दै थुन्नेवाट असुल भएको जरिवाना थुनाई माग्नेलाई भराई दिनु पर्छ भन्ने अचम्मको व्यवस्था गरेको छ । मुलुकी ऐन, वेरितसँग थुन्दाको ६ नं. को उक्त व्यवस्था नेपाल पक्ष भै नेपालको संसदवाट अनुमोदन भएको नागरिक तथा राजनीतिक अधिकार