निर्णय नं. ७९२७ - फैसला नामसारी दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९२७ - फैसला नामसारी दर्ता बदर भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/११/१९ ३६९८ निर्णय नं.७९२७ ने.का.प. २०६५ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ संवत् २०६० सालको दे.पु.नं.....९२४९ फैसला मितिः२०६४।११।१९।१ मुद्दा :– फैसला नामसारी दर्ता बदर । पुनरावेदक/वादीः ताप्लेजुङ जिल्ला, फूङलिङ गा.वि.स.वडा नं ४ घर भई हाल झापा जिल्ला भद्रपुर न.पा. वडा नं. ६ बस्ने लक्ष्मी देवी चापागाई विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ताप्लेजुङ जिल्ला, फूङलिङ गा.वि.स.वडा नं.४ बस्ने नारायण सिं मादेन समेत शुरु निर्णय गर्नेः जि.न्या.श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन निर्णय गर्नेः— मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती § अ.वं. ८६ नं. को सहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्ष नभई कुनै तेश्रो पक्ष रहेको हुनुपर्ने तत्वलाई सो कानूनी व्यवस्थाले मूल रुपमा अंगिकार गरेको देखिने । § कुनै दुई पक्ष मिली तेश्रो पक्षको हक जाने गरी फैसला समेत गराएको अवस्थामा प्रभावित पक्षलाई थाहा नहुने भएको कारण आफूले थाहा पाएपछि आफ्नो गुमेको हक कायम गराउन अदालत प्रवेश गर्न पाउने कानूनी व्यवस्था स्वयंमा बोधगम्य र स्पष्ट हुँदा त्यसमा अलमल गरिरहनु नपर्ने । (प्रकरण नं.७) § एकासगोलमा रहेकी आमा उपर परेको मुद्दा हारजित भई फैसला भएपछि सगोलमा रहकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं. को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भई मुद्दाको अन्तिम हुने सिद्धान्तको प्रतिकूल हुने हुँदा घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आर्कषित नहुने । (प्रकरण नं.८) § एकासगोलको पति प्रतिवादी भई चलेको मुद्दामा अ.वं. ११० नं. विपरीत म्याद तामेल भई प्रतिवाद गर्न नपाएकोले फैसला बदर गरिपाऊँ भनी अ.वं. २०८ नं.को कानुनी व्यवस्थालाई परित्याग गरी अ.वं. ८६ नं. अंगाली आएको मुद्दाको फिराद खारेज गर्नुपर्ने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प.२०५८, अंक ७, ८, निर्णय नं. ७०२२, पृष्ठ ४४० फैसला न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत इलामको मिति २०६०।५।२५ को फैसला उपर चित्त नबुझाई पुनरावेदक वादीको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– यसमा १९५० साल जाँचमा थुम ताप्लेजुङ्ग मेल्लुङ्गका राइ सु. श्याम्राहाङ लिम्बुको नाउँमा किपटीया तिरामा दाखेल दर्ता भएको जग्गामध्ये मेरै वारी साँधदेखि पूर्व भनेको दाता हर्षप्रसादको साँधदेखि पूर्व, सावोकपा देखि तोक्मा आउने जाने बाटोदेखि पश्चिम, ठाडो डाँडा उत्तर, कृष्णप्रसादको साँधदेखि दक्षिण यति (चार) ४ किल्ला भित्रको फुङलिङ गा.वि.स.वार्ड नं. ४ मा पर्ने लुते आहाल माथिका आइतवारे पाखो वारी नामले चिन्ने किपट गोश्वारी जग्गा दर्तावालाले भोगी आउँदैमा निजका छोरा नाति समेत मरी प्रतिवादी नारायण सिंहका पिता हर्षप्रसादमा एकलौटी जग्गाको हक आई भूमि सम्बन्धी ऐन, २०२१ अनुसार १।७।१४ नं. लगत क्रम संख्या १८ मा भरेको उक्त जग्गा जग्गाधनी हर्षप्रसादले आजैका मितिदेखि बकस जानी खानु भनी मेरा पति देवीप्रसादलाई २०४०।१२।२९ गते प्रतिवादी नारायण सिंह समेत अन्तर साक्