निर्णय नं. ७९३२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९३२ - जालसाजी भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/१०/०८ ५५६८ निर्णय नं.७९३२ ने.का.प. २०६५ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत २०६३ सालको फौ.पु.न ०५३१ फैसला मितिः २०६४।१०।८।३ मुद्दाः – जालसाजी । पुनरावेदक प्रतिबादीः ललितपुर जिल्ला ललितपुर उप.म.न.पा.वडा नं. ९ घर भै हाल काठमाण्डौ जिल्ला सतुंगल गा.वि.स. वडा नं ४ वस्ने बिक्की महर्जन विरुद्ध प्रत्यर्थी वादीः काठमाण्डौ जिल्ला सतुंगल गा.वि.स.वडा न. ३ वस्ने राधा विसंख्ये शुरु फैसला गर्ने जिल्ला न्यायाधीश श्री शम्भु वहादुर कार्की पुनराबेदन अदालतमा फैसला गर्ने मा.न्या. श्री अलिअकवर मिकरानी मा.न्या. श्री जगदीश शर्मा पौडेल § सगोलको पैत्रिक सम्पत्तिमा बिक्री व्यबहार आदि जेसुकै हुने अवस्थामा उमेर पुगेको अंशियारको मंजुरी लिनु पर्ने अनिवार्य व्यवस्था लेनदेन व्यबहारको १० नं को कानूनले गरेको अवस्थामा अंश नभएको अंशियारले सगोलको सम्पत्ति बेच विखन गर्दा वा कुनै किसिमले हक छाडि दिंदा ऐनले आफुखुशी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा मन्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्ने । § आफ्नो पालामा आर्जेको सम्पत्ति निजी ठहर्ने अवस्था वाहेक सगै वसेको सम्पत्ति सगोलको आर्जनमा सवै अशियारको भाग लाग्ने । § लिखत बदर र जालसाज सम्वन्धमा पक्षले आफुलाई सहज पर्ने जुनसुकै बाटो अवलम्वन गर्न सक्ने नै हुँदा वादी लिखत वदरमा नआई जालसाजमा मात्र आएकोलाई अन्यथा भन्न नमिल्ने । § वादीको हक लाग्ने जग्गा निजको मन्जुरी वेगर बिक्री व्यबहार गरेको देखिएकोले किर्ते कागजको ३ नं अनुसार हक मेटने कार्य गरेको हुँदा जालसाज हुने अवस्थामा प्रतिवादीहरुले लेनदेन गरेको लिखत सम्पत्तिमा वादीको दाबी कायम रहन नसक्ने भन्न उपयुक्त नहुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र विद्वान अधिवक्ता चण्डेश्वरलाल श्रेष्ठ प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता खिमानन्द वन्जाडे, रुकु थापा के.सी. र भिमराज कडरिया अवलम्वित नजीरः ने.का.प. २०५४, निर्णय नं.६३०३, पृष्ठ १ फैसला न्या. राजेन्द्रप्रसाद कोइरालाः पुनराबेदन अदालत पाटनको मिति २०६३।२।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार दोहोर्याई निस्सा प्रदान भई पुनराबेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : – बिपक्षी पति सिहरामले आफ्नो पुख्र्योली सम्पत्तिबाट आफ्नो अंश हक जति लिई मिति २०५२।८।५ मा अंश वण्डापत्र भै सकेको छ । बिपक्षी पति सिहरामको अंश हक खानेमा पति सिंहराम, जेठी श्रीमती म फिरादी राधा, र बिपक्षी सौता कान्छी श्रीमती गमला गरी ३ जना मात्र छौ. । सम्पूर्ण सम्पत्ति बिपक्षी पति जिम्मा रहेकोमा म समेतको अंश हक लाग्ने बिपक्षी सिंहराम विसंख्ये सार्की नेपालीको नाउँमा दर्ता भएको का.जि. सतुंगल गा.वि.स.वडा न. ४(ख) कि.नं ५१ को क्षे.फ. ३–१०–०–० जग्गा पुरै बिपक्षी पति सिंहराम विसंख्ये सार्की नेपालीले दिने र बिपक्षी बिक्की महर्जनले लिने तथा बिपक्षी गमला विसंख्ये नेपाली साक्षी वसी मिति २०५७।१२।१५ मा र.नं. ४७२८ को लिखतबाट एक आपसमा मिलोमतो गरी जानी जानी जालसाजी पूर्ण क्रियाबाट मेरो अंश हक मेटाउने कार्य गरेको हुँदा उक्त लिखत मध्ये ३ खण्डको एक खण्ड लिखत किर्ते कागजको ३ नं बमोजिम जालस