निर्णय नं. ७६२२ - दुषित निर्णय बदर सार्वजनिक जग्गा दर्ता बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६२२ - दुषित निर्णय बदर सार्वजनिक जग्गा दर्ता बदर । भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/२१ ४४५२ निर्णय नं.७६२२ ने.का.प. २०६२ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी संवत् २०६० सालको दे.पु.नं.– ९४२० फैसला मितिः २०६२।११।२१।१ मुद्दाः– दुषित निर्णय बदर सार्वजनिक जग्गा दर्ता बदर । पुनरावेदक/वादीः चितवन जि.जगतपुर गा.बि.स.वडा नं.७ बस्ने शेरबहादुर थिङ समेत बिरुद्घ प्रत्यर्थी / प्रतिवादीः चितवन जिल्ला जगतपुर गा.बि.स.वडा नं.७ बस्ने प्रमे दोर्जे लामा § मालपोत ऐन, २०३४ को दफा २४(१) ले सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाउँमा दर्ता वा आवाद गर्न गराउन नभै दफा २४(३) मा कसैले यो दफा प्रारम्भ हुनु भन्दा अघि वा पछि कुनै सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाउँमा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुने । § सुकुम्बासी समस्या सामाधान आयोगलाई बिवादित प्रकृतीको जग्गा सुकुम्बासीलाई बितरण गर्न पाउने अधिकार प्रत्यायोजन भएको समेत नदेखिएको अवस्थामा सो आयोगले बितरण गर्न नपाउने किसिमको बिवादित सार्वजनिक जग्गालाई पनि अधिकार नै नपाएको अधिकार ग्रहण गरी बितरण गरेको मिलेको नदेखिने । (प्रकरण नं.१६) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.शारदाप्रसाद पण्डितः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्र्तगत यसै अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. म फिरादी समेतका मानिसहरुले चितवन जिल्ला जगतपुर गा.बि.स.वडा नं.६ मा पर्नेपश्चिम मुल बाटो उत्तर मुल बाटो, पूर्व शिव मन्दिरको जग्गा र दक्षिण केरुङ्ग खोला समेत ४ किल्ला भित्रको अं.क्षेत्रफल ४–०–० चार बिगाहा भन्दा बढी जग्गा आलमघाट चिहान डाँडामा लगेर लाशको दाह संस्कार सतगत गर्दै आएको छौं । राप्ती दुन जग्गा बिक्रि बितरण कमिशनले जग्गा दिई बस्ती बसाल्दाको समय ०१७।०१८ सालदेखि नै उक्त जग्गा मसानघाट चिहानघाट प्रयोग गरिदै आएको हो । उक्त जग्गा २०५२ सालमा नापनक्सा गर्दा चितवन जिल्ला जगतपुर गा.बि.स.वडा नं.६(ग) को नक्सामा पर्न गई कि.नं.२३७ कायम भई क्षेत्रफल ४–४–१३ रहेको छ । सार्वजनिक मसानघाट चिहानघाट प्रयोग गर्दै आएको उक्त कि.नं.२३७ को जग्गालाई कित्ताकाट गरी हाल कायम रहेको कि.नं.२४० को क्षेत्रफल ०–०–१० हर्कबहादुर लोहो, कि.नं.२४६ को क्षेत्रफल ०–१–० रत्नकुमार श्रेष्ठको, कि.नं.२४७ को क्षेत्रफल ०–०–१० श्यामसुन्दर श्रेष्ठ र कि.नं.२४८ को क्षेत्रफल ०–१–०, डिलबहादुर र मोक्तान समेतका नाउँमा दर्ता गर्न गराउन बिपक्षी जगतपुर गा.बि.स.र श्री सिद्धार्थ निम्न माध्यमिक विद्यालयले सिफारिस गरेको र बिपक्षी सुकुम्बासी समस्या सामाधान आयोग, चितवनले मिति २०५५।५।१४ मा उक्त जग्गालाई दर्ता गर्ने निर्णय गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा दिई सकेको कुरा उक्त आयोगबाट मिति २०५५।७।२६ मा निर्णयको नक्कल लिंदा थाहा हुन आई सार्वजनिक हित प्रतिकूल भएकाले मुलुकी ऐन अ.बं.१० नं.वमोजिम अदालतको अनुमति लिई प्रस्तुत फिराद गर्न आएको छु । सो जग्गा दर्ता गर्ने गरेको मिति २०५५।५।१४ को सुकुम्बासी समस्या सामाधान आयोग चितवनको निर्णय, सो आधारमा भएको उक्त दर्ता दुषित एवं गैरकानूनी भएकोले उक्त जग्गाहरुको हदसम्मको उक्त निर्णय र उपरोक्त उल्लिखित जग्गाको दर्ता बदर गरिपाऊँ भन्ने व्यहोराको फिराद दावी । ३. म