निर्णय नं. ७९३५ - रूपैयाँ फिर्ता गराई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९३५ - रूपैयाँ फिर्ता गराई पाऊँ भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/११/०८ ५२९१ निर्णय नं.७९३५ ने.का.प. २०६५ अङ्क २ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत् २०६१ सालको दे.पु.नं. ९०३६, ९४९२ फैसला मितिः २०६४।११।८।४ मुद्दाः रुपैयाँ फिर्ता गराई पाऊँ । पुनरावेदक वादीः काठमाडौ जिल्ला, काठमाडौ नगरपालिका वडा नं. ३० ठमेल कर्मचारी संचयकोष भवन स्थित हिमालयन बैंङ्क लि.का तर्फबाट अधिकार प्राप्त कम्पनी सचिव, शुशील जोशी बिरुद्ध प्रत्यर्थी प्रतिवादी का.जि.का.म.न.पा. वडा नं. २९ ठमेल बस्ने दुर्गादेवी डङ्गोल समेत एवं पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २९ बस्ने श्रीमती दुर्गादेवी डङ्गोल समेत बिरुद्ध प्रत्यर्थी वादीः का.जि.का.म.न.पा. वडा नं. ३० ठमेल कर्मचारी संचयकोष स्थित हिमालयन बैंक लि. का तर्फबाट अधिकार प्राप्त कम्पनी सचिव शुशील जोशी शुरु फैसला गर्नेः मा.जि.न्या.शम्भुबहादुर कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या. मधुसुदनलाल श्रेष्ठ मा.न्या. हरिबाबु भट्टराई § करार गर्ने पक्षहरुले आफ्नो सुविधा र करारको उद्देश्य पूर्तिका लागि प्रस्तावहरु राख्न र शर्तहरु निर्धारण गर्न स्वायत्त र स्वतन्त्र हुन्छन् त्यस्तो प्रस्ताव वा शर्त अर्को पक्षले स्वीकार गर्न वा इन्कार गर्न पनि स्वायत्त हुन्छ । शर्तहरुमा स्वीकृति दिई सहीछाप गरेको वा तदनुकुल आचरण र व्यवहार गरेको समेत अवस्थामा करार सम्पन्न हुने र करारका ती शर्तहरु पक्षहरु उपर कानून सरह बन्धनकारी हुने । § अदालतले करारका शर्तहरुको व्याख्या गर्दा करारका पक्षहरुको अभिप्राय (Intention) को आधारमा गर्नुपर्ने । § करारको ब्याख्यामा पनि कानूनको ब्याख्या सम्बन्धी नियमहरु नै आकर्षित हुने र करार वा अन्य कुनै लिखतको व्याख्या गर्दा सो करार वा लिखतको कुनै खास अंश मात्र नभई पूरै करार वा लिखतको अध्ययन गरी ब्याख्या गर्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र शैलेन्द्रकुमार दाहाल पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता हरिश्चन्द्रप्रसाद सुवेदी अवलम्वित नजीरः फैसला न्या.रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम प्रतिवादीको दोहोर्‍याई हेर्ने निवेदन परी यस अदालतबाट दोहोर्‍याई हेर्ने आदेश भै पेश हुन आएको प्रस्तुत पुनरावेदन यसै अदालतको क्षेत्राधिकार भित्रको भै संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- विदेशी मुद्रा विनिमय र क्रेडिट कार्डसँग सम्बन्धित व्यवसाय गर्नको निमित्त बिपक्षीहरुको संयुक्त तिरोमा रहेको का.जि.का.म.न.पा. वडा नं २९ मा रहेको घरको भुई तल्लाको २५४ स्क्वायर फिट र प्रथम तल्लाको ३३९ स्क्वायर फिट गरी जम्मा ५९४ स्क्वायर फिट फिरादी बैंकले वहालमा लिने गरी १० बर्षको लागी मासिक रु. ९०,०००।– दिने गरी ३१ अगष्ट २००० देखि सम्झौता भए अनुसार अग्रिम भाडा वापत रु. २१,६०,०००।– बैंकको चेक.नं. ००१०००७००५ मिति ६ सेप्टेम्वर २००० को मितिमा २ बर्षको अग्रिम भाडा भुक्तानी दिई लिएको घर फिरादी बैंकलाई आवश्यक नभएको हुँदा Lease Agreement को दफा ५ को देहाय (सी) बमोजिम बिपक्षीलाई एक महिनाको अग्रिम सूचना दिर्ई १४ सेप्टेम्वर २००१ मा लेखी पठाएकोमा बिपक्षी प्र. मध्येको राजुमान डंगोलले सूचना बुझी लिनु भएको र बहालमा लिएको घर समेत बिपक्षी प्रतिवादीहरुलाई नै उक्त मितिबाट जिम्मा दिएकोमा यसरी बिप