निर्णय नं. ७९३६ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९३६ - ज्यान मार्ने उद्योग भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/०७/२६ ४६३२ निर्णय नं.७९३६ ने.का.प. २०६५ अङ्क २ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०६१ सालको फौ.पु.नं. –३३५८ फैसला मितिः २०६४।७।२६।२ मुद्दाः ज्यान मार्ने उद्योग । पुनरावेदक वादीः प्रेमबहादुर पौडेलको जाहेरीले नेपाल सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला इलाम, आमचोक गा.वि.स. वडा नं. ७ बस्ने रामबहादुर पौडेल शुरु फैसला गर्नेः मा.जि.न्या. श्री प्रेमराज ढकाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती § ज्यान मार्ने उद्योगको कसूर हुनका लागि पीडितलाई लागेको चोट वा घाउको मात्रा र परिमाण महत्वपूर्ण र निर्णायक तत्व हुने नभई ज्यान मार्ने मनसायले प्रहार गरिएको र ज्यान मर्न नपाएको वाधक तत्वको विद्यमानता थियो थिएन भन्ने नै महत्वपूर्ण हुन आउने । § प्रहारकर्ताको मनसाय र नियत छुट्याउने आधार उसको कार्य र अपराधिक क्रियावाट नै पत्ता लगाउनु पर्ने । § ज्यान सम्वन्धी महलको १५ नं. को अवस्था कार्य र अपराधिक क्रिया प्रतिवादीवाट देखिन आएको अवस्थामा प्रतिवादीको ज्यान मार्ने मनसाय थिएन भनी भन्न नसकिने साथै लागेको घाउको परिमाण र मात्रा सानो प्रकृति र मर्न नसक्ने प्रकृतिको छ भन्ने आधारमा प्रतिवादीको ज्यान मार्ने मनसायको तथा अवरोध पुर्याउने तेस्रो तत्वको विद्यमानतामा निजलाई कसूरवाट उन्मुक्ति दिन सकिने अवस्था नदेखिने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता ऋषिकेश वाग्ले प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता गोविन्दवहादुर आले मगर अवलम्वित नजीरः फैसला न्या.रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः– मिति २०५९।४।२९ गतेको दिन म छिमेकी काजी राईलाई साथमा लिई जेठा दाजुसंग ठेक्कामा लिएको जग्गामा रहेको अलैचीवारीमा हावापानीले लडाएको रुख काट्न गएको थिए । ऐ दिनको अ. ३० बजेको समयमा मेरो दाजु नाताका रामबहादुर पौडेल हातमा खुर्पा समेत वोकी आई मलाई ज्यानै लिने नियतबाट ढुंगा तथा खुर्पा समेतले प्रहार गरी मेरो टाउको समेतमा काटी चोट पुर्‍याएको काट्दै गर्दा गुहारको आवाज सुनी तत्काल घटनास्थलमा ठालुमान पौडेल आई प्रतिवादीको हातबाट खुर्पा समेत खोसी दिएको कारण मेरो ज्यान बच्न गएको हो भन्ने समेत ब्यहोराको जाहेरी दरखास्त । जिल्ला इलाम आमचोक गा.वि.स. वार्ड नं. ७ स्थित लुङ सुङ दाङ बस्ने ठालुमान पौडेलको अलैचीवारीबाट पश्चिम ऐ मा रहेको नैनबहादुर पौडेलका अलैचीवारीबाट पुर्व ऐमा रहेको नरबहादुर पौडेलको मकैवारीबाट दक्षिण, ऐ मा रहेको डम्बरबहादुर पौडेलको अलैचीवारीबाट उत्तर यति चार किल्ला बीचमा रहेको रहनबहादुर पौडेलको अलैचीवारीबाट बिचमा प्रतिवादीले जाहेरवालाको ज्यानै लिने गरी कुटपिट गरेको घटनास्थल प्रकृति मुचुल्का । जाहेरवालाले जाहेरीमा किटान गर्दा लेखाएका प्रतिवादी रामबहादुर पौडेलले आमालाई झुक्याई १५ रोपनी जग्गा पास गरी लिएको र सो थाहा पाई जाहेरवालाले सो जग्गा सबै भाइहरुलाई फिर्ता गराई दिएको समेत रीस इवीको कारण वारदातको अवस्थामा जाहेरवालाको ज्यान लिने नियतबाट खुर्पा समेत प्रहार गरी काटेको रहेछ । मौकामा ठालुमान पौडेल नपुगेको भए जाहेरवालाको ज्यान बच्ने उपाय थिए