निर्णय नं. ७६२३ - नकवजनी चोरी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६२३ - नकवजनी चोरी । भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/०३ ५३०१ निर्णय नं.७६२३ ने.का.प. २०६२ अङ्क ११ सर्वोच्च अदालत, संयूक्त इजलास माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत २०५९ सालको स.फौ.पु.नं. २८९६ मुद्दा मितिः २०६२।११।३ मुद्दाः नकवजनी चोरी । पुनरावेदक र वादीः सीताराम गिरीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी र प्रतिवादीः चितवन जिल्ला, वछ्यौंली गा.वि.स. वार्ड नं. ३ ओन्द्रा वस्ने सुन्तले भन्ने टिका गिरी § एक किसिमको चोरीमा जतिपटक कसुर गरेपनि कसुरको मात्रामा बृद्धि गर्नु नपर्ने र अर्को किसिममा मात्रै पटकै पिच्छे बृद्धि गर्नु पर्ने व्यवस्था गरिएको होला भनी तर्क गर्न मिल्ने कुनै आधार नदेखिने । § साधारण चोरीमा पटक अनुसार सजायँ बृद्धि गर्दे लैजाने र सो भन्दा गम्भिर नकवजनी चोरीमा पनि पटक वापतको सजायँ थपिन्न भन्ने कुनै तर्क गर्ने हो भने सो स्वयंममा हास्यास्पद हुन जाने । § चोरीको ११ नं. ले स्पष्ट रुपमा पटके चोरीका कुरालाई बढी सजायँका साथ रोक्ने उद्देश्य अभिव्यक्त गरेको अवस्थामा त्यसपछिको चोरीको १२, १३ र १४ नं. को समेत समग्रमा अध्ययन गरी चोरीको ११ नं. को उद्देश्यलाई कर्यान्वित गर्ने हिसावले सुसंगत (Harmonious) व्याख्या गर्नुपर्ने । § चोरीको १२ नं. को मात्र एकांङ्गी अध्ययन गरी साधारण चोरी र डाँकामा मात्रै पटक थपि सजायँ हुने उद्देश्य गरी विधायिकाले व्यवस्था गरेको भनि अर्थ गर्ने हो भने चोरीको ११ नं. फौज्दारी न्यायको उद्देश्य प्रतिकूल व्याख्या गरेको भन्नु पर्ने । § एक पटक नकवजनी चोरी गरेको ठहर भैसकेको प्रतिवादीलाई प्रस्तुत मुद्दामा नकवजनी चोरी गरेको ठहर गर्दा दोश्रो पटक कायम गरी सजाय निर्धारण गर्नुपर्नेमा त्यस्तो कानूनी व्यवस्था छैन भनि पटक कायम नगर्ने व्याख्यासंग सहमत हुन नसकिने । (प्रकरण नं.२१) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत हेटौडाको २०५८।११।१ को फैसला उपर वादीको तर्फवाट मुद्दा दोहोर्‍याई पाउन परेको निवेदनमा निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २. मिति २०५८।२।११ गते राती जंगल लजवाट माल सामानहरु चोरी भएको हुँदा कानून बमोजिम गरिपाऊँ भन्ने जंगल लजमा कार्यरत सीताराम गिरीको निवेदन । ३. जंगल लजको डायनिङ हलको ढोकाको चुकुल तोडिएको झ्यालको सिसाहरु फुटेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का । ४. सुन्तले भन्ने टिका गिरीको घरवाट सेभन डिस थान–२, ढुंगा डिस थान–८, राई स्पीन–१५ थान, चक्कु–५ थान, काँटा–१७ थान, सिसाको गिलास–६ थान, रक्सी नाप्ने भाँडो–१, जाम–१, टेवलपोस–४, क्लथ र्‍याप्कीन, ग्याम कट्टु, ग्यास लाईटर, जग–१, ग्याँस चुलो, प्रेसर कुकर, टेवल पंखा, आईरन–१, क्याण्डल स्टेन–१, समेत बरामद भएको भन्ने बरामदी मुचुल्का । ५. मिति २०५८।२।११ गते १:०० बजेको समयमा सुन्तले भन्ने टिका गिरीले म कार्यरत जि.चि.गा.वि.स. वछ्यौंली वडा नं. २ स्थित जंगल लजवाट मूल्य रु. २२,२९८।– विगो वरावरको चोरी गरेको हुँदा कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको सिताराम गिरीको जाहेरी दर्खास्त । ६. मैले मिति २०५८।२।११ गते रातको १:०० बजेको समयमा सिताराम गिरी कार्यरत जंगल लजवाट जाहेरी दर्खास्तमा उल्लेख भए अनुसारको मुल्य रु. २२,२९८।– विगो वरावरको मालसामान