निर्णय नं. ७९३७ - उत्प्रेषणको आदेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९३७ - उत्प्रेषणको आदेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ । भाग: ७९३७ साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/०२/२८ ४६१५ निर्णय नं.७९३७ ने.का.प. २०६५ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत् २०५७ सालको रिट नं.– ३५९५ आदेश मितिः २०६५।२।२८।३ विषय :– उत्प्रेषणको आदेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ । निवेदकः भक्तपुर जिल्ला सिवाडोल गा.वि.स. वडा नं. ८ बस्ने सरिता बस्नेत विरुद्ध विपक्षीः शाही नेपाल बायुसेवा निगम, कान्तीपथ, काठमाडौं समेत § अभियोगबाट सफाई पाउनु र सजाय नहुनु भन्ने फरक फरक कुरा हुन् । फौजदारी कानूनका विभिन्न उद्देश्यहरु मध्ये एउटा उद्देश्य भनेको अपराधीलाई सजाय गरी त्यस अपराधी स्वयंलाई पुनः अपराध गर्नबाट रोक्नुका साथै त्यो सजायको भय देखाएर अरु व्यक्तिलाई पनि अपराधमूलक कार्य गर्नबाट रोक्नु रहेको हुन्छ । सजाय प्रदान गरेर सजायको भयबाट अपराध रोक्ने काम अपराधी जीवित रहेको अवस्थामा मात्र सम्भव हुन्छ । अपराध गर्ने व्यक्तिको मृत्यु भएको अवस्थामा भने अपराधीलाई कारागारमा राखी सजाय कार्यान्वयन गर्न नसकिने भै फौजदारी कानूनको उद्देश्य पूर्ति नहुने भएकोले अपराधीलाई सजायबाट मुक्त गरिन्छ । नेपालको कानूनी प्रणालीले यस कुरालाई अपराधीसंगै अपराध पनि मर्छ भन्ने सिद्धान्तको रुपमा अवलम्बन गरेको पाइने । § फौज्दारी मुद्दा लागेको मानिसको मुद्दा फैसला भइसके पछि निजको मृत्यु भएमा निजलाई लागेको जरिवाना, कैद वा बिशौंद माफी हुने कुराको व्यवस्था मुलुकी ऐन दण्ड सजायको ३ नं. मा पाईन्छ भने मुद्दा चल्दा चल्दैको अवस्थामा मृत्यु भएको अवस्थामा के हुने भन्ने कुरा मुलुकी ऐन अदालती बन्दोबस्तको १७६ नं. मा गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुदै मर्यो भने सो मर्नेलाई खतबात लाग्दैन । सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहर्याउन नहुने भन्ने पाइदा अभियोग लागेको मानिसको मृत्यु भएमा निजलाई सो अपराध गरे वापत हुन सक्ने कैद जरिवाना नलाग्ने तथा निजको मुद्दा सकार गर्ने व्यक्तिलाई अपराधी ठहर गर्न नमिल्ने । § अभियोग लागेको मानिसको नाउँमा निजको मृत्यु भइसकेको हुनाले दण्ड जरिवानाको लगत सम्म नकसिने हो । अपराधको कारणबाट सिर्जित देवानी दायित्वबाट भने निज मृतक वा निजको हकदार उम्किन पाउने अवस्था नरहने । § अभियोगबाट सफाई पाएको भन्ने नदेखिएको अवस्थामा निवेदकका पतिको निलम्बन फुकुवा हुने अवस्था नरहेकोले सुविधा पाउन नसक्ने । (प्रकरण नं.३) निवेदक तर्फवाटः विद्वान अधिवक्ता सिताराम तिवारी विपक्षी तर्फवाटः विद्वान अधिवक्ताद्वय पूर्णमान शाक्य र निरन्जन पाण्डे अवलम्वित नजीरः फैसला न्या.गौरी ढकालः तत्कालिन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ अन्र्तगत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मेरो पति जनकराज बस्नेत विपक्षी कार्यालयको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पियन (लोडर) पदमा कार्यरत रहनु हुँदा लागु औषध चरेस निकासी समतेको कारोबार गरेको भन्ने अर्को अभियुक्तले गरेको पोल परी पक्राउ भई मुद्दा चली पुर्पक्षको लागि थुनामा रहँदाको क्रममा मिति २०५५।१।२१ देखि विपक्षी निगमको सेवाबाट स्वतः निलम्बनमा रहनु भएकोमा निजको मिति २०५७।१।१ मा कारागारमा मृत्यु भएको थियो । मेरो पति समेतलाई प्रतिवादी बनाई चलाइएको उक