निर्णय नं. ४०९४ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०९४ - सवारी ज्यान भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०३/२९ २४९१ निर्णय नं. ४०९४ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४७ सालको फौ.पु.नं. ३९२ ” ” फौ.सा.नं. ८० फैसला भएको मिति : २०४७।३।२९।५ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी रहेको पूर्णबहादुर आले विरुद्ध विपक्षी/वादी : प्र.ज.भविश्वरको जाहेरीले श्री ५ को सरकार मुद्दा : सवारी ज्यान (१) अनुमति प्राप्त चालक हुन् भन्ने कुरा पुष्टि हुन सकेको पाइँदैन, सवारी जस्तो जोखिमी पूर्ण साधन अनुमति बिना चलाउनु नै कानुन बर्जित कार्य मानिने । (प्रकरण नं. १८) (२) मार्न पर्ने इवी र नियोजित नियतको अभावमा अपराध कानुनतः दण्डनीय नै भए पनि सो बमोजिम सजायँको भागिदार बनाइनु न्यायसंगत हुने नहुँदा निज पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ को सजायँको राय प्रस्तावित गरी साधक निकासा पठाएको क्षे.अ. को इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादी : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादी पूर्णबहादुरको पुनरावेदन परी र साधक निकाशा समेतको लागि प्राप्त हुन आई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. मिति २०४३।११।१५ गते सीतापुर गा.पं. को भवानी पाटा सुमाखोला सम्मको वस्तुस्थिति बुझी आउनु भनी खटाई पठाएको अं. १४.०० बजे सुपाखोलामा आइपुग्दा चुना वेशीबाट पत्थरकोट तर्फ आएको टे«क्टर सुपाखोलामा पल्टी टे«क्टरमा बसेकी लुरी विश्वकर्मा इन्जिन मुनी च्यापी मरेको अवस्थामा छ भनी थाहा पाई जाँदा लुरी मरेको अवस्थामा देखिएको चालक फेला नपरेकोले कानुनी कारवाही हुन प्रतिवेदन गरेको छु भन्ने समेतको २०४५।११।१६ को प्र.ज. भविश्वरको प्रतिवेदन । ३. २०४३।११।१५ गते म, सुमती नेपाली, लुरी विश्वकर्मा समेत पत्थरकोटतर्फ जान भनी लु.अं. अ.नं. ४७ को टे«क्टरमा गएको अवस्थामा अं. १४.०० बजे सो टे«क्टर ढुंगामा ठक्कर खाई अगाडिको दुवै पांग्रा फुत्किएको कारणबाट टे«क्टर पल्टी लुरी कुच्चिएर मरेकी हुन । चालक पूर्णबहादुर पनि घाइते भएका हुन । म र सुमतीलाई केही चोट लागेन । चालकको लापरवाही छैन, ब्रेकफेल भएबाट लुरी मरेकी हुन् भन्ने समेत करिब एकै मिलानको कल्पना नेपाली र सुमती नेपालीले प्रहरीमा गरेको बयान कागज । ४. २०४३।११।१५ गते अं. १ बजेको समयमा चुत्रा बेसीबाट सामान लिन पत्थरकोट जान लागेको अवस्था गच्छे खोला पुग्दा मैले नचिनेका ३ जना केटी टे«क्टरमा चढे, घुम्तीमा १ जना केटा समेत आई ट्रालीमा बस्यो । सुपाखोला ओरालोमा पुग्दा ब्रेकफेल भई दुर्घटना भयो । लुरी उछिट्टिई टे«क्टर मुनी परी मरेकी हुन । मैले मादक पदार्थ सेवन गरेको थिइन । गाडी चलाउने अनुमति पत्र २०४१ साल ज्येष्ठमा लिएको हुँ भन्ने समेत व्यहोराको चालक पूर्णबहादुर आलेले प्रहरीमा गरेको बयान । ५. छोरा बालकृष्ण उक्त दुर्घटनामा घाइते भई उपचारार्थ बुटवल अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको हो । चालकलाई चिन्दिन, कुनै रिसइवी पनि छैन भन्ने समेत व्यहोराको मृतक बालकृष्ण पाण्डेको बाबु लोमाकान्तले प्रहरीमा गरेको बयान । ६. लु.अं. थ.नं. ४७ को टे«क्टर मेरो बाबु करिम मियाँको नाउँमा छ, तर पनि मेरो जिम्मामा थियो । २०४३।११।१४ गते सम्ममा आफैंले चलाई आएको थिएँ । वन डडेलो लागेको ठ