निर्णय नं. ४०९५ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०९५ - लिखत बदर भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०३/३१ २०८४ निर्णय नं. ४०९५ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.विविध नं. ४६ फैसला भएको मिति : २०४७।३।३१।१ मा निवेदक/वादी : जि.काभ्रेपलाञ्चोक पाँचखाल गा.पं. वा.नं.५ बस्ने युद्धकुमारी गिरीसमेत विरुद्ध प्रतिवादी : ऐ.ऐ. बस्ने देवराज गिरीसमेत मुद्दा : लिखत बदर (१) आफ्ना पालामा आर्जेको सम्पत्ति व्यवहार चलाउन आफू खुस गर्न पाउने हो तर विवादित जग्गा हालैको बकसपत्र पारित गरी हक छाडेको देखिँदा यस्तो अवस्थामा निजले सो सम्पत्ति व्यवहार चलाउन आफू खूस गरेको भन्न मान्न कानुन र न्यायसंगत हुँदैन । (प्रकरण नं. १४) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर गरेको बिन्तिपत्रमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यस प्रकार छ । २. हामी समेतको हक लाग्ने कि.नं. ३९१ को ७–४–०३४ को जग्गा पिता पति देवराज दिने सावित्री, लिलामाया लिने गरी ०४०।१।२१ मा रु. ५०००। मा हा.व. पारित गरेको हामी मन्जूरी बेगर पारित भएको उक्त लिखत लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गरी पाउँ भन्ने समेत व्यहोराको संयुक्त फिराद दावी । ३. वादी दावीको जग्गा भविराज गिरी र एकराज भारतीले धनलक्ष्मीबाट ०३५ साल देखि कमाई आएका छन । देवराजले धनलक्ष्मीबाट रु. २०००।– मा ०३९।११।२९ मा राजीनामा गरी देवराजको एकलौटी हक हुन आएको जग्गा पैत्रिक सम्पत्ति होइन । झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको सावित्री गिरी लिलामायाको संयुक्त प्रतिउत्तरपत्र । ४. प्रतिवादी देवराज घरको कारणी देखिएको, निजले बकसपत्र लेखी दिएको जग्गा अंश बण्डाको १९ नं. ले आधीसम्म आफू खूस गर्न पाउने भएकोले, विवादित जग्गाको ५ भागको ४ भाग बकसपत्रको लिखत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको जिल्ला अदालतको फैसला । ५. वादी दावी अनुसार सम्पूर्ण लिखतको ५ भागको ४ भाग लिखत बदर गर्नु पर्नेमा आधाको ५ भागको ४ भाग मात्र बदर गर्ने गरेको जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ । वादी दावी अनुसार लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको वादीको र विवादित लिखतको जग्गा देवराजको एकलौटी हकको हुँदा लिखत बदर हुन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी तर्फबाट बा.अं.अ. समक्ष परेको पृथक पुनरावेदन । ६. लिखत मध्ये आधाको ५ भागको ४ भाग बदर गर्ने गरेको शुरुको इन्साफ बदर भई दावी नपुग्ने ठहर्छ, भन्ने समेत व्यहोराको बा.अं.अ. को फैसला । ७. विवादित जग्गा देवराजको निजी आर्जनको नहुँदा वादी दावी बमोजिम लिखत बदर हुनु पर्नेमा दावी नै नपुग्ने ठहराएको अञ्चल अदालतको अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदन । ८. न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अनुसार बा.अं.अ. को फैसला उपर पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको आदेश । ९. विवादित लिखतमा उल्लेखित जग्गा देवराजले धनलक्ष्मीबाट ०३७।११।१९ मा खरीद गरेकोमा विवाद नदेखिएको, वादीहरु प्रतिवादीको एकासगोलका स्वास्नी छोराहरु देखिएको, उक्त जग्गा देवराजले पैत्रिक सम्पत्तिबाट बढे बढाएको देखिन न