निर्णय नं. ७९३८ - मोही लगत कट्टा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९३८ - मोही लगत कट्टा भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/०३/३१ ३३५७ निर्णय नं.७९३८ ने.का.प. २०६५ अङ्क २ सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी माननीय न्यायाधीश श्री राजेन्द्र्रप्रसाद कोइराला सम्वत २०६३ सालको दे.पु.नं. –८९७६ फैसला मितिः २०६५।२।३१।६ मुद्दाः– मोही लगत कट्टा । पुनरावेदक प्रतिवादीः मोरङ जिल्ला गोविन्दपुर गा.वि.स. वडा नं. ३ घर भई हाल ऐ. कसेनी गा.वि.स.वडा नं.६ बस्ने वलवहादुर वुढाथोकी बिरुद्ध प्रत्यर्थी वादीः मोरङ जिल्ला डांगीहाट गा.वि.स. वडा नं. ५ बस्ने मचिन्द्र वहादुर लिम्बु शुरु निर्णय गर्ने भूमिसुधार अधिकारी श्याम भण्डारी पुनरावेदन निर्णय गर्नेः मा.न्या. गोविन्द कुमार श्रेष्ठ मा.न्या. राघवलाल वैद्य § विशेष अदालत ऐन वा अन्य कुनै विशेष कानूनमा पुनरावेदनको म्याद थाम्ने थमाउने स्पष्ट व्यवस्था नभएको अबस्थामा सामान्य ऐनको रुपमा रहेको मुलुकी ऐन, अदालती वन्दोबस्तको ५९ नं. आकर्षित हुँदैन भन्नु न्यायसंगत नभएकोले पुनरावेदनको म्याद गुज्रेमा अ.वं. ५९ नं. अनुसार थाम्न पाउने सुविधा प्राप्त हुने । (प्रकरण नं.५) § भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५५(१) बमोजिमको पुनरावेदनको म्याद ३५ दिन र अ. वं. ५९ नं. बमोजिम थाम्न पाउने म्याद ३० दिन गरी ६५ दिन भित्र पुनरावेदन अदालतमा प्रस्तुत पुनरावेदन दर्ता गरेको अबस्थामा कानूनले तोकेको हदम्याद भित्रै परेको पुनरावेदनलाई हदम्याद नघाई दायर भएको भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता भीमवहादुर ढकाल प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता मोतिराज गौतम अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत विराटनगरको फैसला उपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनमा यस अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भै पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– मेरा नाम दर्ताको जिल्ला मोरङ कसेनी गा. वि. स. वडा नं. ६(ख) को कि. नं. ३५२ को ज. वि. ०–७–५ ऐ. ऐ. को कि. नं. ७२ को ज. वि. ०–१०–१५ ऐ. वडा नं. ६(घ) को कि. नं. ८१ को ज. वि. ०–१–१८ À ऐ. ऐ. को कि. नं. ८३ को ०–१२–१० ऐ. ऐ. को कि. नं. ७४ को ०–१६–५ ऐ. ऐ. को कि. नं. ४५ को ०–२–१० ऐ. ऐ. को कि. नं. ७१ को ०–१२–० समेत जग्गाको मोही महलमा प्रतिवादी विपक्षी वल वहादुर वुढाथोकीको नाम उल्लेख भएको र निजले उल्लेखित जग्गा ३०।३४ बर्ष अगाडि देखि नै मोहीमा जोत आवाद गर्न छाडी अन्यत्रै गएको हुँदा उक्त जग्गा म जग्गा धनी आँफैले जोत–आवाद गरी आएको हुँदा भु. सं. ऐन, २०२१ को दफा २६(१)(ग) अनुसार मोहीको लगत कट्टा गरिपाऊँ भन्ने वादीको उजुरी निवेदन । प्रतिवादीका नाममा कार्यालयवाट जारी भएको म्याद मिति २०५७।१।१० मा तामेल भई प्रतिवाद नपरी शुरु म्याद नै समाप्त भएको हुँदा शुरु कार्यालयवाट मिति २०५७।२।५ गते स्थलगत सर्जमिन हुँदा उल्लेखित जग्गा ३२।३३ बर्ष अगाडि देखि मोहीले जोत आवाद गर्न छाडी अन्यत्रै गएको हुँदा उक्त जग्गा ज. ध. आफैले जोत कमोद गरी आएको भन्ने एकै व्यहोराको मुचुल्का समेतका आधारमा यस कार्यालयवाट मिति २०५७।२।९ मा मोहीको लगत कट्टा हुने गरी निर्णय भै श्रेस्ता पुर्जामा समेत मोहीको नाम कट्टा भै गएकोमा उक्त निर्णय मैले मिति २०५७।४।११ मा नक्कल सारी लिंदा थाहा हुन गएको हुँदा थाहा पाएको मितिले ६ महिना ३५ दिन भित्र आफुलाई