निर्णय नं. ८७४५ - परमादेशसमेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७४५ - परमादेशसमेत । भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०९/०७ ४३३२ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७४५ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट रिट नं. २०६७–WS–००२७ आदेश मितिः २०६८।९।७।५ विषय :- परमादेशसमेत । निवेदकः नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का महासचिव तथा संविधानसभा दलका नेता चन्द्रप्रकाश (सि.पी.) मैनाली विरुद्ध विपक्षीः संविधानसभाका अध्यक्ष एवं व्यवस्थापिका–संसदका सम्माननीय सभामुख सुभाषचन्द्र नेम्वाङ्ग समेत § नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६७(घ) मा कानूनमा व्यवस्था भएबमोजिम दल त्याग गरेको देखिएको अवस्थामा संविधानसभाको सदस्यता रिक्त हुने व्यवस्था रहेको र दल त्याग गरेको मानिने वा नमानिने अवस्थाहरू निर्धारण गर्ने विधायिकी अधिकारलाई उक्त संवैधानिक व्यवस्थाले सीमित गरेको अवस्था नदेखिएको हुँदा दल त्याग ऐन, २०५४ ले सो सम्बन्धमा आवश्यक व्यवस्था गर्नसक्ने । § अन्तरिम संविधानको धारा ६७(घ) ले तोक्दै नतोकेको शर्त वा सीमाको परिकल्पना गरेका कारण दल त्याग ऐन, २०५४ को दफा ५(१)(घ) को व्यवस्था अन्तरिम संविधानको धारा ६७(घ) सँग बाझिएको छ भन्न नमिल्ने । (प्रकरण नं.११) निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा विद्वान अधिवक्ताद्वय डा.भीमार्जुन आचार्य र सुवास आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी तथा विद्वान अधिवक्ताद्वय बोर्णबहादुर कार्की र हरिन्द्र राई अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधानको धारा ६३, ६५, ६६, ६७ (घ) § दल त्याग ऐन, २०५४ दफा ३, ५(१) को खण्ड (ग) § संविधानसभा नियमावली, २०६५ नियम १३९ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(१)(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा नेकपा (माले) ले तीनवटै निर्वाचन प्रणालीमा भाग लिई केन्द्रीय कमिटीको निर्णयबाट छनौट गरी समानुपातिक निर्वाचनबाट पार्टीले प्राप्त गरेको मतका आधारमा स्वीकृत बन्दसूचीभित्रबाट पठाइएको ८ जना उम्मेदवारको नामावलीअनुसार निर्वाचन आयोगले मिति २०६५।१।२६ मा संविधानसभा सदस्य निर्वाचन ऐनको दफा ७(६) अनुसार नेकपा (माले) का ८ जना सभासद निर्वाचित भएको घोषणा गरेको हो । उक्त आठजना माननीय सदस्यहरू चन्द्रप्रकाश (सी.पी.) मैनाली, नीलम के.सी. (खड्का), जनककुमारी चालिसे, यदुवंश झा, तिलकबहादुर थापा मगर, दामोदर चौधरी, पार्वती महतो (कुमाल) र शारदा नेपालीमध्ये मिति २०६७।१।१६ मा माननीय दामोदर चौधरीको निधन भएकोले निजको रिक्त स्थानमा संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ८(२) बमोजिम पार्टीबाट छनौट भएका गणेशप्रसाद चौधरीलाई निर्वाचन आयोगबाट मिति २०६७।२।९ मा सभासद घोषित गरिएको हो । नेकपा (माले) को केन्द्रीय कमिटीको निर्णय एवं छनौटको आधारमा निर्वाचन आयोगद्वारा सभासद घोषित उपरोक्त ८ जनामध्ये विपक्षी यदुवंश झा, तिलकबहादुर थापा मगर, शारदा नेपाली र गणेशप्रसाद चौधरी एवं नेकपा (माले) का पोलिटव्युरो सदस्य जगतबहादुर बोगटी र केन्द्रीय सदस्य विष्णुराज अर्याल समेत भई मिति २०६७।४।२१ मा नेपाल कम्युनिष्ट पार्टी (माले समाजवादी) नामको नयाँ दल खोली संविधानसभा एवं व्यवस्थापिका संसद सचिवालयमा दल विभाजन भएको भनी उक्त नयाँ दलसमेत दर्त