निर्णय नं. ७६२५ - उत्प्रेषण, परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६२५ - उत्प्रेषण, परमादेश । भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/१० ४०८९ निर्णय नं.७६२५ ने.का.प.२०६२ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्बत् २०६१ सालको रिट नं.३५५७ आदेश मितिः २०६२।११।१०।४ विषय : उत्प्रेषण, परमादेश । निवेदकः ललितपुर ईमाडोल गा.वि.स.वडा नं.७ बस्ने रमेशकुमार महर्जन समेत बिरुद्ध विपक्षीः श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुकाम ववरमहल, काठमाडौं समेत अनियमित नियुक्तिमा नातावाद र कृपावाद (Favorism and Nepotism) हुन्छ जुन धारा ११ र कानूनी राज्यको सिद्धान्त विपरीत हुने । गैह्रकानूनी नियुक्ति हुनुमा नियुक्तिकर्ताको हात हुने हो वा नियुक्ति पाउने निवेदकहरुको हात हुने हो त्यो छुट्टिन आवश्यक पर्ने । निर्णयकर्ताले गलत र कानून विपरीत निर्णय गरेको कारणले नै निवेदकहरु नियुक्ति पाउन सफल भए होलान तर यस्तोमा जसको हातमा अधिकार छ उसले अधिकारको दुरुपयोग गर्छ भने सजाय उसैलाई हुनुपर्ने । (प्रकरण नं. १७) निवेदक तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री शंम्भु थापा र श्री चन्द्रकान्त ज्ञवाली विपक्षी तर्फवाटः विद्धान उपन्यायाधिवक्ता श्री सुरेन्द्र थापा, अधिवक्ता श्री सुरेशकुमार थापा र रमेशकुमार रोका अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. प्रत्यर्थी ललितपुर उपमहानगरपालिकाबाट मिति २०५४।८।२८ को गोरखापत्रमा पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशित गरेको र विज्ञापनमा उल्लेख भएका योग्यताहरु आफुहरुमा निहित रहे बमोजिम प्रतियोगितामा प्रतिस्पर्धा गरेकोमा लिखित परीक्षा तथा अन्तर्वार्ता समेतबाट छनौट भई हामी निवेदकहरुलाई अस्थायी नियुक्ति गरी काममा लगाएकोमा अह्राए खटाए अनुसार पदीय कार्यहरु इमान्दारी र लगनशील भई सम्पन्न गरी आएका थियौं । हामीलाई अस्थायी नियुक्ति गर्दा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम २१३ को प्रक्रिया लगायत अवलम्वन गरिएको, लिखित परीक्षा तथा अन्तर्वार्ता समेत लिई निवेदकहरुको सम्पूर्ण योग्यता परीक्षण गरिएको, तथा निवेदकहरुको सेवा प्रत्यर्थी उपमहानगरपालिकालाई अपरिहार्य भएको समेत कारणबाट यसरी अस्थायी भई कार्य गरी आएका सबै निवेदकहरुलाई पदअनुसारको तालिम प्रशिक्षणहरु समेत दिई योग्यता, क्षमता र दक्षताको अभिवृद्धि गरी अस्थायी नियुक्ति भएका पदहरुमा नै एक वर्षको परीक्षणकालमा रहने गरी मिति २०५७।२।२ को पत्रबाट स्थायी नियुक्ति गरिएकोमा मिति २०५८।२।१ मा सबै निवेदकहरुको परीक्षणकाल समेत समाप्त भइसकेको छ । परीक्षणकाल समेत कुशलतापूर्वक सम्पन्न गरी लगाए अह्राए अनुसार पदीय दायित्व निर्वाह गरी कार्य गरी आई रहकै अवस्थामा प्रत्यर्थी उपमहानगरपालिकाको मिति २०६१।१।८ को “यस ललितपुर उपमहानगरपालिकाको मिति २०५६।१२।२९ को बोर्ड बैठकबाट निर्णय गरी मिति २०५७।१।४मा सम्पन्न नगरपरिषद्‌वाट अनुमोदन गराई यस उपमहागनरपालिकामा अस्थायी रुपमा कार्यरत तपाई समेत नगर प्रहरीका व्यक्तिहरुलाई अनियमित किसिमले स्थायी नियुक्ति दिएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको सम्बन्धमा छानविनबाट सो कार्य नियमानुसार निर्धारित प्रक्रिया नै नपुर्‍याई गरेको देखि पेश हुँदा कानूनसम्मत ढंगले नियुक्ति नभएका व्यक्तिहरुलाई खारेज गरी पुनः कानूनसम्मत ढंगले पदपूर्ति गर्न अख्तियार दुरु