निर्णय नं. ४०९६ - नापी दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०९६ - नापी दर्ता बदर भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/२८ २१८२ निर्णय नं. ४०९६ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ७१७ फैसला भएको मिति: २०४७।२।२८।२ मा पुनरावेदक/वादी : जि.बाग्लुङ कालिका आ.गा.पं. वा.नं.४ बस्ने लालजंग राजभण्डारी विरुद्ध प्रतिवादी : ऐ.ऐ. बस्ने सूर्यकुमार राजभण्डारीसमेत मुद्दा : नापी दर्ता बदर (१) एकाको हकको जग्गा कहीं कसैले धरौट राखी दिएको स्थिति अवस्थामा नै वास्तविक हकको स्रोत समाप्त हुन्छ भन्ने कानुनले मिल्दैन । (प्रकरण नं. १७) (२) जग्गामा हकको सम्बन्धमा प्रश्न चिन्ह उभिएको खण्डमा सो को निराकरण गर्नु गराउनु पर्ने दायित्व सम्बन्धित पक्षको हुने । (प्रकरण नं. १७) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. न्याय प्रशासन सुधार ऐन (संशोधन सहित) २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. स्व.पिताजी भमरजंगका नाउँमा ९९ सालको ३ महलमा दर्ता भएको जि.मु. टिकाबहादुर खड्का मार्फत बाग्लुङ मालमा तिरो दाखिल हुने पूर्व जनकमानको घर विदवाड, वृषमान समेतको साँध, पश्चिम काजी रोशनको घर पिछवाड, उत्तर पर्खाल, दक्षिण शहर बाटो यति ४ किल्ला भित्रको खेत मुरी ।४ १० मध्ये नौबिसे खेत मुरी ।१।१० को तिरो रु. ६७।२ लागेको खेत जग्गा ०३६ सालमा अंशबण्डा हुँदा मेरो भागमा परी तिरोभरो गरी अवछिन्न रुपले भोग चलन गरी आएको उक्त जग्गा बाग्लुङ जि.का. आ.गा.पं. वडा नं. ४ मा नापी हुँदा कि.नं. ११८ कायम हुँदा सो जग्गामा विपक्षीले अनाधिकार दावी गरी खिचोला गरेकाले सूचना प्रकाशित भएको ७ दिन भित्रै दर्खास्त गरी उक्त जग्गा मेरो भएको व्यहोराको बयान गरी प्रमाण समेत पेश गरी आएकोमा उक्त जग्गा विपक्षीहरुका नाउँमा सगोलमा अस्थायी दर्ता गरी दिने ०३९।३।२ मा ८ नं. नापी गोश्वारा बाग्लुङबाट निर्णय भएकोले उक्त नापी दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरी हक कायम गरी पाउँ भन्ने समेत फिराद दावी । ३. ०३८।९।२३ मा जग्गा नाप जाँच हुँदाको अवस्था देखि खिचोला गरेको भनी ०३९।४।१९ मा दायर भएको प्रस्तुत फिराद ज.मि. को १८ नं. को म्याद भित्रको नहुँदा दायर रहन सक्ने होइन । विपक्षीको भाइहरुमा बण्डापत्र हुँदा मेरो हकको जग्गा घुसाएको भए तापनि त्यतिकैमा मेरो हक मेटिने होइन । विपक्षको बण्डापत्र समेतका प्रमाण कागज अ.बं. ७८ नं. बमोजिम देख्न सुन्न पाएमा कानुन बमोजिम गरी माग्ने छु । एकै दर्ता खलो भित्रको जग्गालाई भाइबण्डा गर्दा टुक्रा टाक्री पारेर २।३ कित्ता हुन गएर विपक्षले झुठ्ठा उजूर गरेका मात्र हुन् अ.बं. १८० नं. बमोजिम फिराद दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी सूर्यकुमार राजभण्डारीको प्रतिउत्तर जिकिर । ४. प्रतिवादीहरु मध्येका कर्णजंग राजभण्डारीले ०३९।४।१ मा तामेल भएको इतलायनामाको म्यादै गुजारी प्रतिउत्तरै नदिई बसेको । ५. प्रतिवादी कर्णजंगले कारागार शाखामा धितो राखेको समेतका मिसिल प्रमाणहरुबाट विवादको कि.नं. ११८ को जग्गा प्रतिवादी कै देखिन आएको हुँदा कि.नं. ११८ को उक्त जग्गा प्रतिवादीका नाउँमा अस्थायी दर्ता गर्ने गरी नापी गोश्वाराबाट भएको निर्णय बदर हुनुपर्ने कारण र अवस्था नदेखिएको हुनाले वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरु बाग्लुङ जिल्ला अदालत