निर्णय नं. ४०९८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०९८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/१०/०५ २३९७ निर्णय नं. ४०९८ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको नि.नं. ११०७ आदेश भएको मिति: २०४७।१०।५।५ मा निवेदिका: का.न.पं. वा.नं. २५ बस्ने न्हुच्छेमाया महर्जननी विरुद्ध विपक्षी : का.न.पं. वा.नं. १३ बस्ने मुकुन्दभक्त श्रेष्ठसमेत विषय : उत्प्रेषण (१) विवादको जग्गामा निवेदिकाको नाउँमा मोही नामसारी हुने नहुने के हो ? सो तर्फ भू.सु.का. को निर्णय भएपछि मात्र विवादको जग्गामा घर बनाउन नक्शा पास हुने नहुने सोको निर्णय गर्नु पर्ने । (प्रकरण नं. १४) (२) नक्शा पास हुनुभन्दा अगावै नक्शा पास हुनु नपर्ने आधार देखाई नक्शा पास नहोस् भन्ने निवेदन दिएपछि मोही नामसारी मुद्दा भू.सु.का. मा चलेको छ छैन सो तर्फ बुझी उचित निकायबाट चलेको मोहियानी नामसारी मुद्दाको कारवाही निर्णय पछि कानुन बमोजिम नक्शापासको ठहर गर्नुपर्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. म निवेदिकाको पति हिरामान महर्जन मोही भएको विपक्षीको का.जि.का.न.पं. वडा नं. ३(ख) कि.नं. ४२ को क्षेत्रफल २–१०–० जग्गा निजको ०२५ सालमा मृत्यु भएपछि पत्नी म र छोरी मात्र रहेकोले सो जग्गामा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम स्वतः म मोही हुने भई मोहियानी नामसारी गर्न भू.सु. मा कारवाही चल्दैछ । विवादित जग्गा मध्ये ०–२–१–२ जग्गा सोल्टी बाटो विस्तार गर्दा अधीग्रहणमा परी विपक्षीले सो जग्गाको जग्गा धनीको भाग मुआब्जा लिई मोही हक बापतको मुआब्जा नलिएको तथ्यले मेरो भाग मुआब्जा बाँकी रहेको कुरामा विवाद छैन । ३. उल्लेखित जग्गामा विपक्षी मुकुन्द श्रेष्ठले घर बनाउनको लागि मिति २०४५।१।२२ मा नक्शा पासको लागि का.न.पं. मा निवेदन दिएका रहेछन जसमा जग्गा धनी प्रमाण पुर्जाको सक्कल पेश नगरी सोको फोटोकपी पेश गरेका र मोहीको नाम खाली राखी प्रमाणित गराएको थाहा पाई मिति २०४२।२।१७ मा जग्गाको प्रमाणपत्रको फोटोकपी प्रमाणित गरी सो नक्शा पास रोक्का गरिपाउँ भनी निवेदन दिएका थिएँ । विपक्षी न.पं. ले मेरा निवेदनलाई वास्तै नगरी मिति २०४५।२।१८ गते विपक्षी मुकुन्दभक्त श्रेष्ठले नक्शा पास गर्ने निवेदन साथ संलग्न गरेको लालपूर्जाको फोटोकपी प्रमाणित गर्न नापी विभागका शाखा अधिकृत चन्द्रमान श्रेष्ठको निजलाई झुक्याई मुकुन्दभक्त श्रेष्ठले जग्गा धनीको प्रमाणपत्रको फोटोकपीमा मोहीको नाम नराखी प्रमाणित गराएको चाल पाई सो रद्द गरिपाउँ भनी निवेदन परेको थियो । ४. विवादित जग्गामा घर बनाउन लागेको थाहा पाई हाम्रो निवेदन परेपछि न.पं. का प्र.पं. को तोक आदेश बमोजिम विपक्षीलाई जग्गा धनी प्रमाण पुर्जाको सक्कलै र पास भएको नक्शा समेत लिई ७ दिन भित्र का.न.पं. मा हाजिर हुन आउनु र निवेदनको टुंगो नलागेसम्म पारित नक्शा बमोजिमको कुनै कार्य नगर्नु भन्ने समेत पत्र गएकोमा सो बमोजिम विपक्षीले कार्य नगरेको र न.पं. बाट मिति २०४५।६।२ मा उल्टै मलाई हराई का.न.पं. ले म्याद भित्र उजूरी नपरेको, न्हुच्छेमायाले आफ्नो हक भएको निस्सा पेश गर्न नसकेको, नक्शा फाँटले जग्गाधनी प्रमाणपत्रको सक्कल नहेरी नक्शा