निर्णय नं. ४०९९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०९९ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०३/२८ ३११५ निर्णय नं. ४०९९ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रि.नं. ९४४ आदेश भएको मिति: २०४७।३।२८।२ मा निवेदक : प्रहरी कार्यालय दैलेखमा प्र.ना.नि.पदमा बहाल रही एकतह घटुवा भएको वासुदेव शर्मा पोखरेल विरुद्ध विपक्षी : श्री ५ को सरकार गृह मन्त्रालय, सिंहदरवारसमेत विषय : उत्प्रेषण (१) आरोप कुन कुरा र कारणमा आधारित छ सो नखुलेको त्यस्तो स्पष्टीकरण सम्बन्धी कारवाहीलाई कानुन अनुकूलको भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) पर्चा खडा गर्दा के कति कारणले सफाइको मौका दिन मनासिब नभएको हो सो पर्चामा खुलेको हुनुपर्ने । (प्रकरण नं. १९) (३) पर्चा खडा गर्दा कानुनले तोकेको विधि अनुसार नै हुनुपर्ने । (प्रकरण नं. १९) (४) निर्णय दिनेले नै प्रमाण र तथ्यको विवेचना गरी निर्णय दिनु पर्ने र त्यस्तो निर्णयमा न्यायिक मनको प्रयोग भएको हुनु पर्ने । (प्रकरण नं. १९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्य आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. निवेदक श्री ५ को सरकार प्रहरी सेवा अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी नायब निरीक्षक दर्जाको पदमा बहाल रही कार्यरत थिएँ । लागू औषध गाँजा सम्बन्धी मुद्दामा पक्राउ परेको अभियुक्त धनबहादुर बुढाको मुद्दा सम्बन्धी तहकिकात समाप्त नभएको हुँदा उक्त अभियुक्तलाई तहकिकात पूरा गर्ने सन्दर्भमा पहिलो पटक म्याद थप गर्न भेरी अञ्चल अदालत नेपालगञ्ज लानु पर्ने भई उक्त कार्यको निमित्त निवेदकलाई खटाएको थियो । निवेदकको सहायतार्थ प्र.ह.हरिप्रसाद शर्मा समेत हुनुहुन्थ्यो । जि.प्र.का. दैलेखले मिति २०४५।८।२६ को पत्र बमोजिम खटाइएको हुँदा निज अभियुक्तलाई लिई नेपालगञ्जतर्फ गएकोमा नेपालगञ्ज पुगी फर्की आउँदा गाइवान्ता भन्ने ठाउँमा आई पुगी अभियुक्तले दिशा गर्न माग गरेको र सोही समयमा प्र.ह.हरिप्रसाद शर्मा समेत दिशा गर्न लाग्दा निज अभियुक्त भीरबाट हामफाली ज्यानको कुनै प्रवाह नगरी भागेकोले निजको पिछा गर्दा पनि कुनै पत्ता लगाउन नसकेकोले भएको व्यहोरा सहितको मुचुल्कासाथ राखी जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रतिवेदन गरेको थिएँ । निज अभियुक्त दिसा बस्दा हामफाली भागेकोलाई लिएर जिल्ला प्रहरी कार्यालयले निवेदक उपर विभागीय कारवाही चलाएकोमा विपक्षी प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधन समेत, २०३३ को परिच्छेद ९ को नियम ९.४ को देहाय (६) को कसूर गरेको ठहरी नियम ८(१) को देहाय (६) अनुसार एक तह तल्लो पद प्र.स.नि. पदमा घटुवा गर्ने भनी मध्यपश्चिमाञ्चल प्रहरी कार्यालय नेपालगञ्जको मिति २०४५।११।१ को राय ठहरलाई प्रहरी प्रधान कार्यालयले मिति ०४५।११।१७ मा प्रहरी नियमावली संशोधन समेत नियम ९(१) को देहाय खण्ड ४(ग) ले दिएको अधिकार प्रयोग गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय नेपालगञ्जको राय ठहरलाई सदर गरी प्र.ना.नि. पदमा बहाल रहेको म निवेदकलाई प्र.स.नि. पदमा घटुवा गर्ने निर्णय गरिएको कुरा निर्णयको जानकारी दिएबाट अवगत भएको थिएँ । उक्त प्रहरी प्रधान कार्यालयको निर्णयमा चित्त नबुझेको हुँदा गृह मन्त्रालयमा पुनरावेदन प्रस्तुत गरेकोमा