निर्णय नं. ७६२६ - जवरजस्ती करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६२६ - जवरजस्ती करणी । भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/०८ ५२९० निर्णय नं.७६२६ ने.का.प. २०६२ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संबत् २०५८ सालको फौ.पु.नं. ....२५५१ फैसला मिति २०६२।११।८।२ मुद्दाः जवरजस्ती करणी । पुनरावेदक / वादीः टेकबहादुर खड्काको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी / प्रतिवादीः जिल्ला उदयपुर, त्रिवेणी गा.वि.स.वडा नं. ३ वस्ने स्वस्ती वराल § जुन बखत योनी परीक्षण गरिएको हो, त्यसबेला नै पीडितको योनीमा दाद, चिलाउने, कन्याउने इत्यादी रहे भएको भन्ने उल्लेख नगरी वकपत्रमा आएर उक्त कुरा उल्लेख गरेको देखिएबाट योनी परीक्षण प्रतिवेदन पेश गर्ने हेल्थ असिस्टेण्टको भनाईलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणयोग्य मान्न नमिल्ने । § घटनास्थलमा भेटिएका काँचका चुरा, रौ, घटनास्थल मडारिएको भन्ने तत्काल मौकाको कागज तथा सोलाई समर्थन गरी गरेको पीडित लगायतका मौकाका व्यक्तिको वकपत्र तथा स्वयं आफूले दिएको मौकाको परीक्षण प्रतिवेदनमा उल्लेखित व्यहोरालाई निष्प्रभावी बनाउन वा वास्तविक अपराधीलाई छुट्न सक्ने सम्मको अवस्था सिर्जना हुने र पहिले आफूले दिएको परीक्षण प्रतिवेदन विरुद्धको वकपत्रले प्रमाणको स्थान ग्रहण नगर्ने । (प्रकरण नं.२०) § अनुसन्धानको कमजोरी पक्षका वावजुद पीडितको योनीको स्थिति, अपराध गर्नेको वारदातस्थलमा उपस्थिती, अपराध गर्नेको पहिचान, नीजका विरुद्ध सर्जमिनका मानिसहरूको वकाई, मौकाको किटानी जाहेरी, पीडितको प्रहरी तथा अदालतमा भएको किटानी वकपत्र जस्ता मुद्दामा निर्णयका लागि महत्वपूर्ण तथ्यहरू (Material Facts) को अनुसन्धान कार्यबाट संकलन भएका प्रमाणहरूको समष्टि मुल्याकनले प्रतिवादीले पीडितलाई जवर्जस्ती करणी गरेको कुरा सिद्ध गरी रहेकाले पुनरावेदक पक्षका कानून व्यवसायीको वहस जिकिर मान्य हुन नसक्ने । (प्रकरण नं.२१) § एक दुई ठाउमा व्यक्त कुरा अर्को ठाउँमा हुवहु एकै हुनुपर्छ भन्न मिल्दैन, नत त्यस्तो हुन नै सक्छ । एउटा मानिसले एकपटक वोलेको उही कुरा एकछिन पछि हुवहु भन्न सक्दैन जबसम्म लेखेर वा घोकेर यस्तो गर्ने प्रयास गरिदैन । अतः पुनरावेदन तर्फका कानून व्यवसायीले भनेजस्तो विरोधाभाष नभएपछि साना मसिना कुरा वा व्यहोरा फरक पर्दैमा तथ्यमा विरोधाभाष रहेको भन्न नमिल्ने । (प्रकरण नं.२२) § वारदात समयमा वारदात स्थलमा नभएको भनी प्रतिवादीले लिएको जिकिर पुष्टि नभएको, प्रतिवादी उपरेको किटानी जाहेरी, पीडितको वयान तथा वकपत्र, मौकाका व्यक्तिहरूको वकपत्र र पीडितको स्वास्थ्य परीक्षणको सार समेतका प्रमाणबाट प्रतिवादी स्वस्ती वरालले पीडितलाई जवर्जस्ती करणी गरेको कसूर प्रमाणित भैरहेको स्थितिमा शुरु र पुनरावेदन अदालतले सफाइ दिएको फैसला मिलेको नदेखिने । (प्रकरण नं.२७) § अभियोगपत्रमा दावी लिदा नै पीडकको अंशियार वा पारिवारिक स्थिति, चल अचल सम्पत्तिको विवरण एकिन गरी तायादतीको रुपमा खोली पेश गरी यो यती अमुक चल अचल सम्पत्तिबाट यति परिमाणको सम्पत्ति पीडकबाट पीडितलाई दिलाई दिने आधार र कारण खुलाई दावी लिनु सरकारी वकिलको विशेष कर्तव्य भएकोमा प्रस्तुत मुद्दामा सो अनुसार पीडकको अंशियारको स्थिति सम्पत्तिको विवरण तायदातीको रुपमा पेश गरी पीडकलाई दिलाउने गरी अभियोग दावी नलिई केवल जवरजस्ती करणीको १० नं. अनुसार आधा अंश दिलाई पाउँ भनेर गोश्वारा दावी लिएको देखिन्छ । जिल्ला अदालतले पनि तदनुसार