निर्णय नं. ४१०१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१०१ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०१/३१ २६३४ निर्णय नं. ४१०१ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रि.नं. १९०४ आदेश भएको मिति : २०४७।१।३१।१ मा निवेदक : ल.पु.न.पं. वा.न. ५ बस्ने धु्रवराज जोशी विरुद्ध विपक्षी/प्रत्यर्थी : नेपाल खाद्य संस्थान के.का. काठमाडौंसमेत विषय : उत्प्रेषण (१) कानुनी प्रावधानको व्यवस्थाबाट चाहेमा पुनः पुनरावेदन दिन सक्ने व्यवस्था भएकोले त्यस्तोलाई अनिवार्य उपचारको बाटो भन्न नमिल्ने । (प्रकरण नं. १२) (२) दिनु नदिनु पक्षको इच्छाधीन हुँदा त्यस्तो पक्षको इच्छाको कुरालाई लिएर पुनरावेदन दिनै पर्ने बाध्यता पक्षलाई भएको मान्न नमिल्ने । (प्रकरण नं. १२) (३) नेपाल खाद्य संस्थान विनियम, २०३१ को दफा १.२.५ मा संचालक समितिले गरेको निर्णयहरु कार्यान्वयन गर्ने काम महाप्रबन्धकको भएकोले संचालक समितिले गरेको निर्णयलाई महाप्रबन्धकले कार्यान्वयन गर्ने हुँदा निज महाप्रबन्धकले स्पष्टीकरण माग गरेको हो भन्ने निवेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताको बहस भएकोमा संचालक समितिले चार्ज फ्रेम गरी यो यस्तो अभियोगमा निवेदकसंग स्पष्टीकरण माग गर्ने निर्णय नै गरेको छैन, यस्तोमा नेपाल खाद्य संस्थान विनियम, २०३१ को दफा १.२.५ को आधारमा महाप्रबन्धकले स्पष्टीकरण माग गरेको भन्न नमिल्ने । (प्रकरण नं. १२) (४) नेपाल खाद्य संस्थान विनियम, २०३१ को दफा २.६.७ मा नियुक्ति गर्ने अधिकारीले स्पष्टीकरण माग गर्नु पर्ने कानुनी प्रावधान भएकोले कानुनी प्रावधानको विपरीत नियुक्ति गर्ने अधिकारी बाहेकका अन्य अधिकारी महाप्रबन्धकबाट माग गरेको पहिलो स्पष्टीकरण र दोश्रो स्पष्टीकरण समेत कानुनी छ भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजीर : रि.नं. १२२३ निवेदक चन्द्रबहादुर विरुद्ध श्री ५ को सरकार, विषय उत्प्रेषणमा मिति २०२९।१२।१९।५ मा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म निवेदकले नेपाल खाद्य संस्थानको सेवामा प्रवेश गरी वफादारी एवं कुशलतापूर्वक कार्य गरी पदोन्नति हुँदै संस्थानको अञ्चल कार्यालय धनगढीको अञ्चल प्रमुख भई संस्थानको हित चिताई आफ्नो बुद्धि विवेकको सही प्रयोग गरी इमान्दारीपूर्वक सेवा गरी आएको थिएँ । निवेदकलाई संस्थानको शाखा कार्यालय सत्ती, जुन निवेदक अञ्चल प्रमुख भएको अञ्चल कार्यालय धनगढी अन्तर्गत पर्दछ मोडर्न राइस मिल र दुर्गा राइस मिल सत्ती लगायत विभिन्न मिलहरुबाट चामल खरीद गर्दा गुणस्तरभित्रको चामल खरीद नगरी कम गुणस्तरको चामल खरीद गरेको, चामलको चिस्यानमा गुणस्तर भन्दा बढी चिस्यान भएको र उक्त चामल खरीद गराउन आफ्ना मातहतका कर्मचारीहरु माथि राम्रो निगरानी पुर्‍याउन नसक्नुको साथै मिलवालाहरुसंग मिली गैरकानुनी रकम समेत लिने खाने गरेको, चामल खरीद गर्दा मिलहरुबाट प्रति क्वीन्टल ५।६ के.जी. सम्म पनि बढी लिई आफूलाई गैरकानुनी फाइदा पुर्‍याएको, सत्ती क्षेत्रको चामल तौल हुनासाथ मीलबाट सोझै नेपालगंज, भैरहवा, धनगढी पठाउने गरेको, उक्त चामल बुझेको हप्तादिन भित्रै गुणस्तरमा कमी तथा तौलमा नपुग हुने गरेको बढी चिस्यान