निर्णय नं. ४१०२ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१०२ - निषेधाज्ञा भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०३/०६ ४४५४ निर्णय नं. ४१०२ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ८९६ फैसला भएको मिति : २०४७।३।६।४ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. १० बस्ने रामकृष्ण पण्डित क्षेत्री विरुद्ध विपक्षी/वादी/निवेदक : ऐ.ऐ. बस्ने नानीमैंया पण्डित क्षेत्री मुद्दा : निषेधाज्ञा (१) साविक देखि आवत जावत गर्ने गरी साविकदेखि चलन चल्तीका बाटोको रुपमा उपभोग गरी आएको जग्गालाई कसैले थुनछेक गर्न कानुनसंगत नदेखिँदा निषेधाज्ञा जारी हुने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद शिवाकोटी विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई प्रतिवादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. तत्कालीन भिमसेनगोला वा.नं. ६ हाल का.न.पं. वडा नं. १० बानेश्वर स्थित कि.नं. ८ को मेरो साविक देखिको बसोवास रहेको घर जग्गामा जान देवकोटा मार्ग (बानेश्वर) को पीच सडकसंग जोडिएको विपक्षी रामकृष्ण पण्डित क्षेत्रीको साविक घरदेखि दक्षिण साविकमा ११२ हात चौडाईको गोरेटो बाटो सो गोरेटो बाटो देखि दक्षिणतर्फको साँधवाला सावित्री सिजापतीले २०२९ सालमा कम्पाउण्ड लगाउँदाका बखत १ फिट आफ्नो जग्गा छाडी गोरेटो बाटोलाई फराकिलो पारेको त्यस्तो साविक देखिको मेरो घर जग्गामा आवत जावत गर्ने एक मात्र उक्त बाटोलाई मिति २०४२।७।१६ गते विपक्षीले सावित्री देवी सिजापतिले ०२९ सालमा लगाएको पर्खाल भत्काई उक्त बाटो थुनछेक गर्ने नियतले काँडेतार काठको लठ्ठा राखी मेरो घर जग्गामा आवत जावत गर्ने बाटो थुनछेक गर्ने प्रबल आशंका भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा ३ र ६ द्वारा प्रदत्त नागरिक अधिकारमा आघात पार्ने आशंका भएकोले ऐ. ऐनको दफा १७(२) बमोजिम उक्त गोरेटो थुनछेक गर्ने काम नगर्नु भनी विपक्षीको नाउँमा निषेधाज्ञाको आदेश साथै अन्तरिम आदेश समेत जारी पाउँ भन्ने समेतको नानी मैया पण्डितको बा.अं.अ. मा परेको निवेदनपत्र । ३. विपक्षी अदालतमा स्वच्छ न्यायिक मन प्रयोग गरी नआई कलुषित भावनाबाट उत्प्रेरित भएको हुँदा निवेदन खारेजभागी छ । दावीको जग्गा बाटो नभई मेरो स्वामित्वको जग्गा हो वास्तवमा विवादित जग्गा आली मात्र भएको बाटो नभएको ठाउँमा जबरजस्ती बाटो कायम गर्नु घर बनाउनेको ३ नं. विपरीत छ । विपक्षीको हक अधिकार कुण्ठित नभएको हुँदा निवेदन खारेज गरी पाउँ भन्ने समेतको रामकृष्ण पण्डित क्षेत्रीको लिखितजवाफ । ४. निवेदक नानीमायाले कि.नं. ८ को बाँकी जग्गामा घर बनाउन मिति २०४१।३।१८ मा का.न.पं. मा नक्शा पासको लागि दर्खास्त दिंदा नयाँ बनिने घर जान उक्त गोरेटो बाटो नै कायम गरिएको र सोही बमोजिम का.न.पं. बाट जारी भएको १५ दिने सूचना मिति २०४१।८।५।३ मा विपक्षीका एकै सगोलका पिता कृष्णबहादुरले बुझी लिई सो कायम रहेको बाटोमा चित्त बुझाई बसेको देखिँदा बाटो साविक देखि नै चलन चल्तीमा रहेको प्रष्ट भएका साथै अदालतबाट भएको नक्शाबाट ४” ६” बाटो देखिएकोले आली नभई बाटै रहेको भन्ने कुरालाई प्रमाणित गरेकोले साविक देखि चलन चल्तीमा उपभोग गरी आएको बाटोलाई कसैले थुनछेक गर्नु कानुन एवं न्यायसंगत नहुँदा नि