निर्णय नं. ७९३९ - निर्णय दर्ता बदर गरी दर्ता गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९३९ - निर्णय दर्ता बदर गरी दर्ता गरिपाऊँ भाग: ५० साल: २०६५ महिना: असार अंक: ३ फैसला मिति :२०६५/०३/१९ १०६०० निर्णय नं.७९३९ ने.का.प. २०६५ अङ्क ३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत २०६१ सालको दे.पु.ई.नं............३० आदेश मितिः २०६५।३।१९।५ मुद्दाः निर्णय दर्ता वदर गरी दर्ता गरिपाऊँ । पुनरावेदक प्रतिवादी जिल्ला धनुषा जनकपुर न.पा.वडा नं. ८ विहारकुण्ड वस्ने रामदुलारी शरण वैष्णव विरुद्ध विपक्षी वादीः जिल्ला धनुषा जनकपुर न.पा.वडा नं. ८ वस्ने शालिग्राम शरण वैष्णव समेत शुरुमा फैसला गर्नेः मा.न्या.श्री भरतप्रसाद अधिकारी पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री केशवप्रसाद मैनाली मा.न्या. श्री चोलेन्द्र शम्सेर ज.व.रा. § जग्गाको वास्तबिक स्वामी अर्थात बैध स्वामित्ववाला (Legal Title) बाहेकको ब्यक्तिले सो जग्गा आफ्नो हकको हैसियतमा खुलारुपमा भोग गर्दछ र त्यस्तो भोगको जानकारी बैध स्वामित्ववालालाई हुँदाहुँदै पनि भोगलाई मौन स्वीकृति प्रदान गरेको अवस्थालाई प्रतिकूल भोगको अवस्था भनी बुझ्नु पर्ने । (प्रकरण नं.४) § कसैले कुनै सम्पत्ति आफ्नो भन्ने हैसियतमा निरन्तररुपमा भोग गरिरहेको हुन्छ र त्यस उपर वास्तविक र बैध स्वामित्ववालाले थाहा पाएर पनि भोगलाई मौन स्वीकृति प्रदान गर्दछ भने त्यसबाट भोगकर्ताको भोगाधिकारको सिर्जना हुन सक्छ । तर चोरी, बलपूर्वक वा जवरजस्ती रुपबाट गरिएको कब्जा र बैध स्वामित्ववालाको अधिकारमा आघात नपर्ने गरी अस्थायी प्रयोगको निमित्त मागिएको वा त्यस्तो अनुरोधका आधारमा गरिएको भोगले भोगाधिकारको हैसियत सिर्जना गर्न नसक्ने । § आफ्नो जग्गा अर्काको जग्गाभित्र घुसेको भन्ने थाहा पाएर पनि लामो समय सम्म भोग गर्न दिइरहनु, अरुको जग्गामा कसैले आफ्नो हो भनी घर निर्माण गरी वा अन्य प्रकारबाट भोग गरेको कुरा थाहा पाएर पनि वास्तविक बैध स्वामित्ववालाले लामो समयसम्म भोगलाई स्वीकार गरी बस्नुलाई प्रतिकूल भोगको रुपमा लिइने । § प्रतिकूल भोग (Adverse Possession) हुनको लागि बैध स्वामित्ववालाले लामो समय सम्म भोगलाई आफ्नो ब्यवहारबाट अनुमोदन वा स्वीकार गरेको निर्बिवादरुपमा स्थापित हुनुपर्ने । § बैध स्वामित्ववालाको भोग रहेको अवस्थामा प्रतिकूल भोगको कुरा उठ्दैन । प्रतिकूल भोग बास्तबिक धनीबाट निजको सम्पति माथिको भोगाधिकार पृथक गरिने असामान्य कार्य हो । प्रतिकूल भोग दाबीको निमित्त भोगकर्ताले वास्तबिक स्वामित्ववालाको हकलाई स्वीकार नगरी आफ्नो हैसियतमा निरन्तर भोग गरेको प्रमाणित गर्नुपर्ने र भौतिकरुपमा सम्पत्तिमा भोग रहनु अनिवार्य हुने । § भोग बैध स्वामित्ववाला सहित सबैले देख्ने गरी खुला रुपमा गरेको हुनुपर्दछ र बैध स्वामित्ववालाले लामो समयसम्म प्रत्यक्ष वा परोक्षरुपमा भोगलाई स्वीकार गरिरहेको अवस्था हुनुपर्छ । भोगमा विवाद परेको वा बैध स्वामित्ववालाले आपत्ति जनाएको र निरन्तरता टुटेको अवस्था हुन नहुने । (प्रकरण नं.५) § बैध स्वामित्ववाला ब्यक्ति नै जग्गाको वास्तविक मालिक रहने हाम्रो कानुनको ब्यवस्था रहेको छ । यस्तो ब्यक्तिलाई आफ्नो सम्पत्ति बेचविखन गर्ने देखि लिएर जुनसुकै व्यहोराले आफ्नो हक स्वामित्व हस्तान्तरण गर्ने अधिकार हुन्छ भने प्रतिकूल भोगाधिकार रहेको ब्यक्तिको भोगसम्मको अधिकार हुने । § जग्गाको दर्त