निर्णय नं. ४१०३ - जग्गा निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१०३ - जग्गा निखनाई पाउँ भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/३१ ३१७० निर्णय नं. ४१०३ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ८०६ फैसला भएको मिति : २०४७।२।३१।५ मा पुनरावेदक/प्रतिवादी : धनकुटा न.पं. वा.नं. ५ बस्ने महेशभक्त श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी : जि.झापा राजगढ गा.पं. वा.नं. ८ बस्ने दलबहादुर पौडेल मुद्दा : जग्गा निखनाई पाउँ (१) कानुनमा प्रयोग भएका शब्दबाट स्वभाविक एवं सरल रुपमा जे अर्थ निक्लन्छ सोही अर्थ निकाल्नु पर्ने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजीर : नि.नं. १४९० निवेदक पिताम्बर भुसाल समेत विरुद्ध वादी कृष्णराज उपाध्याय भएको हक सफा मुद्दामा वृहद फुलबेञ्च (पूर्ण इजलास) बाट प्रतिपादित सिद्धान्त फैसला न्या.त्रिलोकप्रताप राणा १. पू.क्षे.अ. को इन्साफमा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. झापा जिल्ला राजगढ गा.पं. वार्ड नं. ८ मा महेशभक्त श्रेष्ठका नाउँमा दर्ता भएको जग्गा मध्ये कि.नं. २१३ को ज.वि. ३–०–१० जग्गाको म मोही भएको र सो बाहेकको कि.नं. ०५८ को ज.वि. १–१३–१० कि.नं. ०५९ को ज.वि. ३–६–५ समेत जम्मा ८–०–५ को मूल्य रु. ६७,०००।– मा विपक्ष महेशभक्त श्रेष्ठले हिरण्येप्रसाद, भक्ति बीलास समेतलाई मिति ०४१।१२।८ मा संयुक्त राजीनामा पास गरी लिनु दिनु गरेको कुरा ०४२।४।२४ मा नक्कल सार्दा थाहा पाई । मेरो मोही जग्गामा नाम नराखेको र मूल्य कायम गर्दा मेरो मोहियानीको जग्गा कि.नं. २१३ को मोल ६०,०००।– बढी मूल्य र अरुमा घटी राखी मेरो हक समाप्त गर्ने उद्देश्यले लिनु दिनु गरेकोले मोहीको हैसियतले दामासाहीले हुने मूल्य रु. २५,२८८।१५ धरौट राखी फिराद गर्न आएको छु । जग्गा निखनाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. कि.नं. ०५८, ०५९ को जग्गा नराम्रा र कि.नं. २१३ को जग्गा राम्रो भएकोले बढी मूल्य हाली दिएका होइन । जति मूल्यमा हामीले खरीद गरेको हो त्यति त्यति नै मोल राजीनामामा उल्लेख भएको छ । विभिन्न मूल्यका विभिन्न कित्ताका जग्गाहरुको मोल समान हुन पर्दछ भन्ने वादीको भनाई झुठ्ठा हो । २०२१ सालको सर्भेमा वादी र निजकी एकासगोलकी पत्नीका नाउँमा जग्गावालाको हैसियतले वादीले ६ बिगहा भन्दा बढी नै जग्गा राखेको हुँदा वादीलाई हाम्रो कि.नं. २१३ को जग्गामा मोही हक नरहने कुरा प्रष्ट छ । उक्त जग्गाको मूल्य रु. ६०,०००।– मा रजिष्ट्रेशन भए पछि सो थैली र त्यसको रजिष्ट्रेशन दस्तूर समेत धरौट नराखी रजिष्ट्रेशन गर्ने अड्डामा दर्खास्त नगरी कम थैली धरौट राखी वादीले गरेको फिराद खारेज हुनु पर्ने भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. मेरा नाउँ दर्ताको कि.नं. ०५८।०५९ र कि.नं. २१३ को जग्गा राजीनामाबाट पास गरी दिएको छु । उक्त जग्गा मध्ये कि.नं. ५८, ५९ को जग्गा बलौटे कम उब्जा हुने र कि.नं. २१३ को जग्गा राम्रा हुँदा जग्गाको दाममा फरक भएको हो । जग्गाको मूल्यलाई घटबढ गरिएको होइन । लिनु दिनु भएकै मूल्य उल्लेख भएको हो । वादी कानुनी मोही होइन । जग्गा निखन्ने कुरामा मोही हक प्रमाण बेगर र मालपोत कार्यालयमा निखन्ने दर्खास्त पनि नगरी कूत र थैली धरौट स