निर्णय नं. ७६२८ - भ्रष्टाचार ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६२८ - भ्रष्टाचार । भाग: ४७ साल: २०६२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६२/१२/१० ४६०८ निर्णय नं.७६२८ ने.का.प.२०६२ अङ्क १२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०५९ सालको निस्सा प्रदान नं......... २६, २७ फैसला मितिः २०६२।१२।१०।५ मुद्दा :– भ्रष्टाचार । निवेदक/प्रतिवादी नुवाकोट जिल्ला थानसिङ गा.वि.स.वडा नं. ३ थानसिङ बस्ने वैकुण्ठप्रसाद भण्डारी विरुद्ध विपक्षी / वादी श्री ५ को सरकार, विशेष प्रहरी विभाग निवेदक / प्रतिवादी का.जि.का.म.न. पा.वडा नं. ५ मालिगाउं बस्ने धर्ममान स्थापित विरुद्ध विपक्षी / वादीः श्री ५ को सरकार, विशेष प्रहरी विभाग § निस्सा प्रदान गर्दा कुन न्यायिक तथ्य वा नजीरको आधारमा मुद्दामा छलफल खुला गर्नु परेको हो भन्ने कुरामा बढी सचेत हुनु जरुरी हुन्छ । वस्तुतः पुनरावलोकन गरी हेर्ने भनी दिइएको निस्सा प्रदानको आदेश नै यथार्थमा मुद्दा पुनरावलोकन गरी हेर्ने कार्यादेश (Term of Reference) हुनाले पुनरावलोकन गरी हेर्ने निस्सा दिने इजलासले विशेष जवाफदेहीका साथ निस्सा दिनुपर्ने । § निस्साको आदेश र सोसंग सम्वद्ध विषयको परिधिलाई औचित्यपूर्ण ढंगले प्रयोग गरिनु पर्दछ र तदनुरुप प्रयोग भएको छ वा छैन ? भनी निरन्तर प्रमाणित समेत गरिरहनु पर्ने। § पुनरावलोकनको आधारमा विचार गर्दा पुनरावलोकनको निस्सामा उल्लेख गरिएको मूल आधार कै औचित्य हेरिएपछि मात्र सम्बद्ध अन्य तथ्यमा प्रवेश गरी पूर्ण न्याय गर्न सकिने । § निस्सा दिंदाको मूल आधार नै मुद्दामा तात्विक महत्व राख्ने नभई सान्दर्भिक देखिन नआएमा तत्पश्चात् सम्वद्ध अन्य तथ्यहरु के थिए ? भनी हेरिरहनुको कुनै औचित्य रहन नसक्ने। (प्रकरण नं.४४) निवेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल, श्री शम्भु थापा तथा श्री कृष्ण सापकोटा निवेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त विपक्षी वादी तर्फवाटः विद्वान सहन्याधिवक्ता श्री सरोजप्रसाद गौतम अवलम्वित नजीरःने.का.प. २०५८, नि.नं. ६९८८, पृष्ठ १५५ फैसला न्या.कल्याण श्रेष्ठः यस अदालतको संयुक्त इजलासबाट मिति २०५६।६।११ मा भएको फैसला पुनरावलोकन गरिपाऊँ भनी प्रतिवादीहरुको तर्फबाट निवेदन पर्न आएकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६ को उपनियम (१) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :– २. मिति २०४२।१२।२८ गतेका दिन थाई एयरवेजको विमानबाट बैंकक जाने यात्रुहरुको सामान जाँचको सिलसिलामा शंकास्पद देखिएको एउटा सुटकेश खोली हेर्दा मुचुल्कामा उल्लेखित विदेशी मुद्रा, ट्राभल्स चेक, मनि अडर फेला परेकोले प्रारम्भिक कारवाहिमा उक्त सुटकेश यस महाशाखाका ना.सु. लेखापाल धर्ममान स्थापितले बुझि लिई निज समेत भई उक्त बन्दि सुटकेश नेपाल राष्ट्र बैंकमा बुझाउने, नबुझे जति फिर्ता ल्याई राख्ने तोक आदेश भएकोमा भारतीय रुपैयाँ सहितको विदेशी मुद्राहरु पनि नेपाल राष्ट्र बैंकमा बुझाएको ट्राभल्स चेकहरु फिर्ता ल्याई राखिएको, ०४३।१।३ का दिन त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रतिनिधि ना.सु. कृष्णप्रसाद समेतको रोहवरमा उक्त ट्राभल्स चेकहरु गन्ती गर्दा मुचुल्कामा उल्लेखित भन्दा ११ हजार नपुग भयो भनियो । पछि ९ हजार बढी भयो भनियो । त्यसमा