निर्णय नं. ४१०४ - अपहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१०४ - अपहेलना भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/१७ ३२५० निर्णय नं. ४१०४ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको फौ.पू.नं. २८३ फैसला भएको मिति : २०४७।२।१७।५ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा डोटीमा थुनामा रहेको कैलाशकुमार हमाल विरुद्ध प्रत्यर्थी/वादी : सु.प.क्षे.अ. मुद्दा : अपहेलना (१) न्यायाधीश अदालतकै अंग हो र सम्बन्धित अदालतमा भएको न्यायाधीशको हैसियतले निजले फैसला निर्णय गरेको हुन्छ, न्यायाधीशबाट भएको फैसला निर्णयको सन्दर्भमा चरित्रमा कलुषित भावना लिई आक्षेप लगाइन्छ भने सोबाट अदालतको मर्यादामा धक्का लाग्ने हुँदा अदालतको अवहेलना भएको हुने । (प्रकरण नं. १०) (२) अवहेलना मुद्दामा अदालतको हैसियतले न्यायाधीशले कारवाही चलाउन र निर्णय फैसला गर्न सक्ने हुँदा यो अवहेलनाको मुद्दाको दावी लाग्न सक्दैन भन्ने प्रतिवादी पुनरावेदकको जिकिर खम्बीर नदेखिने । (प्रकरण नं. १०) (३) दुई बेग्लै वारदात एवं अभियोगलाई लिएर दुई बेग्ला बेग्लै फैसला भएको अवस्थामा एउटै अपराध भन्न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.त्रिलोकप्रताप राणा १. सु.प.क्षे.अ. को मिति २०४६।४।१ को फैसला उपर चित्त नबुझाई यस अदालत समक्ष पुनरावेदन दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. सम्मानीत अदालतको प.सं. २०४५।४६ च.नं. २६३७ मिति २०४६।३।९।६ को पत्रबाट गोपी नेपालीको जाहेरीले वादी सु.प.क्षे.अ. प्रतिवादी डोटी दिपायल न.पं. वा.नं. ४ सिलगढी बस्ने वर्ष ४२ को कैलाशकुमार हमाल भएको अदालतको अवहेलना मुद्दामा प्र.कैलाशकुमार हमाललाई ६ महीना कैद र रु. १,०००।– जरिवाना हुने ठहरी फैसला कार्यान्वयनको लागि यस अदालतमा लगत पठाए अनुसार निज प्रतिवादी कैलाशकुमार हमाललाई पक्राउ गरी यस अदालतमा उपस्थित गराएकोमा निजलाई यस अदालतबाट २०४६।३।९।६ मा कैदी पुर्जी बुझाउँदा निजले उक्त भर्पाईमा सु.प.क्षे.अ. का भ्रष्ट मुख्य न्यायाधीश श्री जनार्दनलाल मल्लिक र सोही अदालतका अन्य भ्रष्ट मा.न्यायाधीश श्री केशवप्रसाद मुडभरीले म माथि गरेको अन्यायपूर्ण फैसला अनुसार तैयार पारिएको यो पत्र बुझी लिएँ भन्ने व्यहोरा लेखी कैलाशकुमार हमाल भु.पु. सचिव नेपाल किसान संगठन के.स. मिति २०४७।३।९।६।३ बजेर १५ मिनेट जाँदा भन्ने लेखी दस्तखत गरी कैदी पुर्जी बुझेको हुँदा सो भएको व्यहोरा जानकारीको लागि जाहेर गरिएको छ, भन्ने मिति २०४६।३।२२ प.सं. २०४५।४६ च.नं. १२३१ को डोटी जिल्ला अदालतको पत्र । ३. सु.प.क्षे. अदालत, डोटी के, डोटी जि.अ. को प.सं. २०४५।०४६ च.नं. १२३१ मिति २०४६।३।२२ को पत्र र यस अदालतको टिप्पणी समेत पेश भयो, यसमा कैलाशकुमार हमाललाई डो.जि.अ. ले २०४६।३।९।६ मा बुझाएको कैदी पुर्जीमा सु.प.क्षे.अ. को अपहेलना हुने अपशब्दहरु निजले स्वहस्ताले लेखेको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा ११ बमोजिम निज कैलाशकुमार हमाल उपर अदालतको अपहेलना सम्बन्धी मुद्दा चलाउन मुद्दाको विविध ठाडो दायरीमा दर्ता गरी सु.प.क्षे.अ. को अपहेलना हुने अपशब्दहरु निजले भर्पाईमा लेखेको हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा ११ बमोजिम तपाईलाई सजायँ गर्न किन कारवाही गर्न नपर्ने हो सोको लिखितजवाफ यस अदालतमा ३ द