निर्णय नं. ४१०५ - धर्मलोप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१०५ - धर्मलोप भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/१४ २६१० निर्णय नं. ४१०५ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६३२ फैसला भएको मिति : २०४७।२।१४।२ मा पुनरावेदक/वादी : जनकपुर न.पं. वा.नं. १ बस्ने रामचन्द्र साहु व्याहुत सुडी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने फुलगेन व्याहुत सुडी मुद्दा : धर्मलोप (१) जसले धर्म संस्थान एवं गुठी शर्त बन्देज बमोजिम पूर्ण रुपले चलाउन पाएको छैन भने त्यस्तो व्यक्तिले बन्देज पत्र विपरीत धर्मलोप गर्‍यो भन्ने कुरा न्यायसंगत नदेखिने । (प्रकरण नं. १५) (२) आफ्नो संयोजकत्व संचालन गर्न पाएजति सम्पत्तिबाट धर्म संस्थानको बन्देजपत्र अनुसार दैनिक कार्य समेतको संचालन भई नै रहेको कुरा साक्षीबाट समेत पुष्ट्याई भएको र धर्म संस्थानको बन्देज पत्र बमोजिम वार्षिक हिसाब रेकर्ड समेत ५ जना आफ्नो वर्गका मानिस राखी तैयार भई नै रहेको देखिँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मेरा पिता राम स्वरुप र कान्छा बाबु रामसागर २ भाइ भई २००१ साल चैत्र १० गतेका बन्देज पत्र अनुसार विभिन्न कार्यको लागि धर्म संस्था धर्म कार्य चलेको थियो । मेरो पिता २००८ सालमा व्यवहार त्यागी रत्न सागरमा बस्नु भएदेखि घरको मुख्य कान्छा बाबु रामसागर हुनु भई घरको जेठा छोरा फुलगेन साहुबाट उक्त संस्थान चलाई आएको थियो । विपक्षीहरुले बन्देज पत्र अनुसार धर्म संस्था नचलाउनु भएकोले मैले निजहरु उपर धर्मलोप मुद्दा दिएको थिएँ, उक्त मुद्दामा रामसागरले धर्मलोप गरेको ठहरी विपक्षी फुलगेनले धर्म संस्थानको काम चलाई आउनु भएकोमा शर्तनामा बमोजिम धर्म संस्थाको सम्पत्ति कायम राख्ने र बढाउने तर्फ हरेक सालको आयस्ताको चार आना हिस्सा बचत राख्नु पर्दछ । सो अनुसारको बचत समेतको साल सालै बासलात फाँटवारी बताई हामीलाई समेत जानकारी दिई संस्था चलाउनु पर्नेमा सो केही नगरी सबै जग्गा र आयस्ता समेत हिनामिना पारी दिएको हुनाले निजलाई धर्मलोप गरेमा गुठीबाट हटाई गुठी धर्म संस्थाको सुरक्षा समेत गरी पाउन मुलुकी ऐन गुठी महलको २।३।४।५।६।१६ र पारित बन्देजपत्र समेतको अधीनमा रही फिराद गर्न आएको छु । प्रमाण बुझी इन्साफ होस भन्ने समेत फिराद दावी । ३. धर्मलोप गर्‍यो भन्ने दावा पूर्णतः तथ्यहीन एवं मनगढन्त्य छ । ठूला बाबु राम स्वरुपले नै तुलसी महीजब्दी गुठी पञ्चायत अन्तर्गतको धर्मसंस्था अधीनस्थ जग्गा २०१६ साल फाल्गुण २३ गते जि.ध. मंगलपुरको जग्गा संग सट्टापट्टा गरेकोले सो अवधि पश्चात तुलसी माही जब्दी गुठी पञ्चायत अन्तर्गत जग्गा नै नभएको धर्मलोप मुद्दा लगाई मलाई हैरान गर्ने भावनाबाट प्रेरित भई नालेश दिएको कुरा फिरादपत्रको अनुहारले नै शंकारहित रुपमा प्रमाणित गरेको छ । जमुनी पुल २०३२ सालमै निर्माण पूरा भएको छ । जनकपुरधाममा तुलसी स्मारक भवनको निर्माण, जनकपुरधामस्थित गो सेवाश्रमको सालना खर्च बेहोर्ने सोह