निर्णय नं. ४१०६ - लागू औषध अफिम बिक्री

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१०६ - लागू औषध अफिम बिक्री भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४६/११/२३ २५३६ निर्णय नं. ४१०६ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. ६०४ सम्वत् २०४६ सालको फौ.पु.नं. २५९ फैसला भएको मिति : २०४६।११।२३।३ मा पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : भ.पु.जि.ईटाछेमा गलैंचा उद्योग गर्ने विष्णुप्रसाद श्रेष्ठसमेत पुनरावेदक/प्रतिवादी : जि. कारागार शाखा भद्रगोलमा थुनामा रहेको विष्णुप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : लागू औषध अफिम बिक्री (१) स्वयं प्रतिवादीले अदालतमा स्वेच्छाले बयान गर्दा बरामद भएको वस्तु अफिम हो भनी स्वीकार गरेकोले सो अफिम बाहेक अन्य वस्तु हो भन्ने स्थिति नरहने । (प्रकरण नं. २०) (२) प्रतिवादीले नै विवाद नउठाएको कुरामा अदालतले विवाद उठाई रहनु नपर्ने । (प्रकरण नं. २०) (३) स्वयं प्रहरीमा भएको प्रतिवादीहरुबाट गराइएका कागज र बरामदी मुचुल्का बाझिएकोले त्यस्तो बरामदी मुचुल्काको आधारमा उक्त अफिम बिक्री वितरणको लागि लगिएको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फ : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डित पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सानु बाबु पोखरेल फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन यस अदालतमा दर्ता भई आएको मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. जि.का.काठमाडौंको मिति २०४३।१०।२७ को पत्रानुसार विष्णुप्रसाद श्रेष्ठ र दिलिपकुमार सुवालको खोजतलास गर्दै जाँदा वसन्तपुरमा भेटी दिलीपकुमार सुवालले बोकेको झोला भित्र टिनको डब्वामा राखेको १००० ग्राम लिक्वीड अफिम भेटिएको र बिक्री गर्न लिई हिंडेको भनी सावित समेत भएकाले निजलाई र बरामद भएको लागू औषध समेत कारवाहीको लागि पेश गरेको भन्ने समेतको प्र.नि. श्री भरतबहादुर जि.सी. समेतको मिति २०४३।१०।२८ को प्रतिवेदन । ३. विष्णुप्रसाद श्रेष्ठ र दिलीपकुमार सुवालको तलासी लिंदा विष्णुप्रसादले बोकेको झोलाबाट हामीहरुको रोहवरमा १००० ग्राम लिक्वीड भेटी बरामद भएको र निजहरुलाई प्रहरीले पक्राउ गरेको ठीक साँचो हो भन्ने समेत मिति २०४३।१०।२८ को बरामदी मुचुल्का । ४. भक्तपुर वागेश्वरी बस्ने विश्व लामिछानेले १ किलो अफिम बिक्री गर्न भनी मलाई दिनु भएको, मेरो गलैंचा कारखानामा काम गर्ने दिलीपकुमार सुवालले म बिक्री गर्न सक्छु भनी उक्त अफिम लिई गए । निजले बिक्री गर्न नसकेकोले ठमेलको एउटा केटीले किन्ने भनेको हुँदा दिलीपकुमारलाई अफिम बोकाई बसन्तपुर आई पुग्दा प्रहरीले पक्राउ गरी १ किलो अफिम समेत बरामद गरेका हुन् भन्ने समेतको विष्णुप्रसाद श्रेष्ठले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान । ५. विष्णुप्रसाद श्रेष्ठले १ किलो अफिम ल्याई बिक्री गर्न भनी मलाई दिएको हुँदा आफ्नो घरमा लगी राखेको थिएँ । मिति २०४३।१०।२८ का दिन निज विष्णुप्रसादले अफिम किन्ने मानिस मिलेको छ अफिम लिएर जाउ भनी भनेकाले लिई जाँदा बसन्तपुरमा पुग्दा प्रहरीले मैले बोकेको झोलाबाट उक्त १ किलो अफिम बरामद गरी मलाई र विष्णुप्रसादलाई पक्राउ गरेको हो भन्ने समेतको दिलीपकुमार सुवालले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान । ६. दिलीपकुमार र विष्णुप्रसादले अफिम बिक्री वितरण गर्