निर्णय नं. ४१०७ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१०७ - सम्बन्ध विच्छेद भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४६/११/०८ २८३४ निर्णय नं. ४१०७ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ६७६ फैसला भएको मिति : २०४६।११।८।२ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. ३२ बस्ने नारायणनन्द वैद्य विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने मनेको रेइको फुजीवारा मुद्दा : सम्बन्ध विच्छेद (१) वादी प्रतिवादीको बयान कागज र प्रतिवादीको सम्पत्ति विवरण श्रोतबाट समेत बाबुको इज्जत आमद अनुसार नाबालकलाई खान लाउन शिक्षा र औषधि उपचार समेतको लागि रु. १५००।– दिलाएको रकम बेमनासिब भन्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. रुसबाट प्राप्त छात्रवृत्तिमा इतिहास विषयमा जापानबाट छानिई १९६५ मा म अध्ययन गर्न जाँदा विपक्षी इन्जीनीयरीड्डमा अध्ययन गर्नु हुँदै रहेछ । चीनजान पछि आत्मीयता बढ्दै गई १९७० मा विवाह भएको र दुबै टोकीयो गयौं । एक छोरी समेत जन्मीन । १९७२ मा अध्ययन पुरा भएकोले काठमाडौं आयौं । उहाँका अरु परिवार जातियताका कट्टर भएकोले अलगै रही विपक्षीले इन्जीनीयरीङ क्याम्पसमा अध्ययन गर्नु भएको र मैले कालिकास्थानमा कटेज एरोरा नामक होटल खोली बसेका थियौं । मैले बीच बीचमा २ पटकसम्म अध्ययनार्थ विपक्षीलाई जापान मेरो सर्वश्व राखी पठाएको थिएँ । पछि म प्रति दुव्र्यवहार बढ्न थाल्यो । एकपटक झण्डै ज्यानसम्म गुमाउनु परेको थियो । यस्तैमा टोकियो निवासी सुश्री किकोटा सुजुकीको २४ मार्च १९८२ को पत्र पाई विपक्षीलाई सोद्धा निज किकोरासंग अनुचित सम्बन्धबाट बच्चा जन्मने स्थिति भएको भनी लेखिएको रहेछ । सोही जरियाबाट समेत भनाभन भई विपक्षीले मलाई निलडाम पर्ने गरी कुटी अप्रिल १९८२ मा घरबाट निकाला गरी दिएकोले डेरा गरी बस्ने आएकोमा माडा नामक जापानी महिलासंग शरणमा गएँ । परिवार समाज देश समेतलाई त्यागी विपक्षी भनी नेपाल आएको र विपक्षी बाहेक अरु यहाँ कोही नभएकोमा विपक्षीबाट म प्रति असल व्यवहार भएन । लोग्ने स्वास्नीको सम्बन्ध कायमै राखी रहँदा म भयभित र त्रासित भएर बस्नु पर्यो । छोरी मिचीलाई म आफैं राख्न चाहन्छु । लोग्ने स्वास्नीको दफा ३(५) अनुसार छोरीलाई आवश्यक खर्च भराई, विपक्षीको कब्जामा रहेको मेरो सम्पत्ति दिलाई लोग्ने स्वास्नीको १(२) अनुसार वैवाहिक सम्बन्ध विच्छेद गरिपाउँ भन्ने समेत रेइको फुजि बारा वैद्यको २०३९।१।१६ मा काठमाडौं जिल्ला अदालतमा परेको निवेदन । ३. म मेरो परिवार प्रति विपक्षीले गरेको घृणा र बेइजज्त निवेदन समेतबाट खुल्न आएकै छ । कटेज आरोरा मेरो पैसाले खोलेको भन्ने झुठ्ठा हो । सुश्री किकोरा सुजुकीको पत्र सम्बन्धमा मलाई केही थाहा छैन । १७ मार्च १९८२ का दिन मे १, १९८२ देखि सम्बन्ध विच्छेद गर्ने औपचारिक रही भएपछि कटेज अरोरा मलाई सुम्पिएकी हुन् लगानी मेरो र मेरो परिवारको मात्र भएको हो, विपक्षीको भएको होइन । कटेज आरोरा सम्बन्ध विच्छेद सम्बन्धी समस्याले छोडेको कुरा जापानको अशाही सिकुन नामक पत्रिकामा समेत ७ मे १९८२ मा प्रकाशित गर्नु भएको छ । विपक्षीसंग सम्बन्ध विच्छेद गर्न पाउँ भन्ने समेत नारायण नन्द वैद्यको प्रतिउत्तरपत्र । ४.